२०८३ आश्विन १६

खेलकुद

एएफसी यू–२३ : लेवनानसँग भिड्दै नेपाल

एएफसी यू–२३ : लेवनानसँग भिड्दै नेपाल

खेलकुद
एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमले आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ।  Advertisement खेल तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा ४:४५ बजे सुरु हुनेछ।  नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो।  लगातार दुई हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको थियो। समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।  ...
हाइ अल्टिच्युडमा राष्ट्रिय रिङ रेस्लिङ : चट्टान बने च्याम्पियन

हाइ अल्टिच्युडमा राष्ट्रिय रिङ रेस्लिङ : चट्टान बने च्याम्पियन

खेलकुद
पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेवी वेटतर्फको उपाधि चट्टानले जितेका छन्। दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन्। आरडब्लूको हेवी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे। बेल्ट सहित उनले १ लाख ५० हजार रुपैयाँ हात पारे। Advertisement प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन्। खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले रेस्लिङको आयोजना गरिएको हो।  प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते। उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे। ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने। उपाधि सहि...
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टरको जित, लिभरपुर बराबरीमा, सिटी हार्‍यो

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टरको जित, लिभरपुर बराबरीमा, सिटी हार्‍यो

खेलकुद
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई ३-० गोलले पराजित गरेको छ। शनिबार राति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा अर्को गोलका लागि पास मिलाइदिए। Advertisement रोनाल्डोले ३९ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। ६४ मिनेटमा रोनाल्डोको पासमा काभानीले टिमको अग्रता दोब्बर पारे। युनाइटेडका लगि रास्फोर्डले ८६ मिनेटमा तेस्रो गोल गरेका थिए। अर्को खेलमा लिभरपुललाई ब्राइटनले २-२ को बराबरीमा रोकेको छ। खेलको चौथो मिनेटमा हेन्डर्सन र २४ मिनेटमा मानेले गोल गर्दै लिभरपुरलाई २-० ले अघि बढाएका थिए। ब्राइटनका लगि एमवेपुले ४१ र ट्रोस्सार्डले ६५ मिनेटमा गोल गरे।  म्यानचेस्टर सिटीलाई क्रिस्टल प्यालेसले २-० ले हरायो। प्यालेसको जितमा जाहाले छैटौं र गालाघेरले ८८ मिनेटमा गोल गरे। त्यसअघि पहिलो हाफको इन्जुरी ...
फ्रेन्च लिग वान फुटबलमा पीएसजीको १० अंकको अग्रता

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको १० अंकको अग्रता

खेलकुद
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १० अंकको अग्रता बनाएको छ। शुक्रबार राति लिललाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले लिगमा १० अंकको अग्रता बनाएको हो। Advertisement १२ औं खेलमा १० जित निकाल्ने क्रममा पीएसजीले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो। खेलको ३१ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० गोलले पछि परेको पीएसजीका लागि ७४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलमा अन्तिम २ मिनेट बाँकी हुँदा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को सानदार जित दिलाए । यस जितसँगै पीएसजीले १२ खेलमा ३१ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको लेन्स १ खेल कम खेल्दै २१ अंक पुर्‍याएको छ। पीएसजीसँग गएराति पराजित लिल १५ अंक जोडेर तालिकाको ११ औं...
विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ५ विकेटले पराजित

विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ५ विकेटले पराजित

खेलकुद
युएईमा जारी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ। प्रतियोगिता अन्तर्गत शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले ३ खेलबाट ६ अंक जोड्दै अन्तिम चार नजिक पुगेको हो। अफगानिस्तानले दिएको १ सय ४८ रनको मध्यम लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । Advertisement उसका लागि आसिफ अलीले आक्रामक पारी खेल्दै ७ बलमा चार छक्कासहित अविजित २५ रन बनाए। त्यस्तै, कप्तान बाबर आजमले ५१, फखर जमानले ३०, शोयब मलिकले १९, मोहम्मद अफीजले १० र मोहम्मद रिजवानले ८ रन बनाए। बलिङमा अफगानिस्तानका लागि राशिद खानले दुई तथा मुजीबउर रहमान, नवीन उलहक र मोहम्मद नाबीले समान एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । ...
विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित, श्रीलंका ७ विकेटले पराजित

खेलकुद
श्रीलंकालाई ७ विकेटले  हराउँदै अस्ट्रेलियाले टि-२० विश्वकपको सुपर-१२ चरणमा लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरूआत गरेको अस्ट्रेलियाले आफ्नो दोस्रो खेलमा बिहिबार राति श्रीलंकालाई हराएको हो। Advertisement दुबई अन्तर्राष्ट्रिय स्टेडियममा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेट गुमाएर १७ ओभरमा भेट्टायो। अस्ट्रेलियाको लागि डेभिड वार्नरले सर्वाधिक ६५ रन बनाए। ४२ बल खेलेका उनले १० चौका प्रहार गरे। कप्तान आरोन फिन्चले २३ बलमा ५ चौका र २ छक्का मद्दतले ३७ रन बनाए। यस्तै स्टिभ स्मिथले अविजित २८ तथा मार्कस स्टोइनिसले ७ बलमा अविजित १६ रन बनाए। ग्लेन म्याक्सवेल ६ बलमा ५ रन बनाएर आउट भए। श्रीलंकाको बलिङमा वानिन्दु हसंरगाले २ तथा दासुन शनाकाले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्...
एएफसी यु–२३ एसियन कप छनोटमा नेपालको यात्रा समूहचरणमै टुङ्गियो

एएफसी यु–२३ एसियन कप छनोटमा नेपालको यात्रा समूहचरणमै टुङ्गियो

खेलकुद
घरेलु टोली ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूहचरणमा सीमित बनेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो।  Advertisement खेलको सुरुआतबाटै ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो।  समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो। यता नेपालमाथिको जितपछि ताजिकिस्तानले शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ।  दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ। नेपाल र...
रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

खेलकुद
रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति भएको खेलमा सेल्टा भिगोलाई उसैको मैदानमा २–० गोलले हराउँदै सोसिडाडले पुनः शीर्ष स्थानमा उक्लिएको हो। सोसिडाडलाई जिताउन अलेक्जेन्डर इसाक र आरिट्ज इलुस्टोन्डोले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो। खेलको ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडलाई सुरूवाती अग्रता दिलाए। ७९औं मिनेटमा इलुस्टोन्डोले माइकल मेरिनोको पासमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए । Advertisement घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएको सेल्टा भिगोले गोल गर्न भने सकेन। ५७ प्रतिशल बल पोसेसन राखेको सेल्टा भिगोले १४ वटा पोस्ट प्रहार गरेको थियो । सेल्टा भिगोको लगातार प्रयासमा सोसिडाडका गोलरक्षक म्याथ्यु रायन बाधक बने। ४३ प्रतिशत बल पोसेसन राखे पनि सोसिडाड महत्वपूर्ण जित निकाल्न सफल भयो। सोसिडाडका गोलरक्षक म्या...
क्विन्टन डिककले माफी माग्दै भने- कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन

क्विन्टन डिककले माफी माग्दै भने- कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन

खेलकुद
युएईमा जारी सातौं संस्करणको टि-ट्वान्टी विश्वकप क्रिकेटमा ‘ब्ल्याक लाइभ म्याटर’ अन्तर्गत घुँडा टेक्न अस्वीकार गरेका दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीककले माफी मागेका छन्।  ‘ब्ल्याक लाइभ म्याटर’मा सहभागी नभएकै कारण वेस्टइन्डिज विरूद्धको खेल नखेलेका डिककले बिहिबार एक विज्ञप्ति जारि गरि समर्थक र टिमसँग माफी माग्दै प्रतियोगिताको बाँकी खेलमा घुँडा टेकेर अभियानमा साथ दिने बताएका छन्। आफूले घुँडा टेक्दा अरूका लागि शिक्षा दिन सहयोग हुन्छ र मानिसहरूको जीवन सुधार हुने भए आफू खुसीसाथ यस्तो काम गर्न तयार रहेको उनले बताएका छन्। ‘यदि मैले घुँडा टेक्दा अरूलाई शिक्षा दिन सहयोग हुन्छ र मानिसहरुको जीवन सुधार हुन्छ भने म खुसी साथ यो काम गर्न तयार छु,’ डीककले  भनेका छन्। Advertisement दक्षिण अफ्रिकी क्रिकेट बोर्डसँग छलफल पछि डीककले यो अ...
टी-२० महिला विश्वकप छनौट खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

टी-२० महिला विश्वकप छनौट खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

खेलकुद
आइसिसी वुमन्स टी-२० विश्वकप प्रतियोगिताका लागि एसियाली छनौट खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा भएको छ। अर्को महिना युएईमा हुने छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम बनाएको हो। Advertisement टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ। दशैंलगत्तै भएको बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरूबाट राष्ट्रिय टोली घोषणा गरिएको हो।   मंसिर ४ देखि १० सम्म हुने आइसिसी वुमन्स टी-२० विश्वकपको एसियाली छनौटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ, मलेसियासँग प्रतिष्पर्धा गर्नेछ। ...