२०८२ माघ १८

खेलकुद

एएफसी यु–२३ एसियन कप छनोटमा नेपालको यात्रा समूहचरणमै टुङ्गियो

एएफसी यु–२३ एसियन कप छनोटमा नेपालको यात्रा समूहचरणमै टुङ्गियो

खेलकुद
घरेलु टोली ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूहचरणमा सीमित बनेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो।  Advertisement खेलको सुरुआतबाटै ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो।  समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो। यता नेपालमाथिको जितपछि ताजिकिस्तानले शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ।  दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ। नेपाल र...
रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

खेलकुद
रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति भएको खेलमा सेल्टा भिगोलाई उसैको मैदानमा २–० गोलले हराउँदै सोसिडाडले पुनः शीर्ष स्थानमा उक्लिएको हो। सोसिडाडलाई जिताउन अलेक्जेन्डर इसाक र आरिट्ज इलुस्टोन्डोले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो। खेलको ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडलाई सुरूवाती अग्रता दिलाए। ७९औं मिनेटमा इलुस्टोन्डोले माइकल मेरिनोको पासमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए । Advertisement घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएको सेल्टा भिगोले गोल गर्न भने सकेन। ५७ प्रतिशल बल पोसेसन राखेको सेल्टा भिगोले १४ वटा पोस्ट प्रहार गरेको थियो । सेल्टा भिगोको लगातार प्रयासमा सोसिडाडका गोलरक्षक म्याथ्यु रायन बाधक बने। ४३ प्रतिशत बल पोसेसन राखे पनि सोसिडाड महत्वपूर्ण जित निकाल्न सफल भयो। सोसिडाडका गोलरक्षक म्या...
क्विन्टन डिककले माफी माग्दै भने- कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन

क्विन्टन डिककले माफी माग्दै भने- कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन

खेलकुद
युएईमा जारी सातौं संस्करणको टि-ट्वान्टी विश्वकप क्रिकेटमा ‘ब्ल्याक लाइभ म्याटर’ अन्तर्गत घुँडा टेक्न अस्वीकार गरेका दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीककले माफी मागेका छन्।  ‘ब्ल्याक लाइभ म्याटर’मा सहभागी नभएकै कारण वेस्टइन्डिज विरूद्धको खेल नखेलेका डिककले बिहिबार एक विज्ञप्ति जारि गरि समर्थक र टिमसँग माफी माग्दै प्रतियोगिताको बाँकी खेलमा घुँडा टेकेर अभियानमा साथ दिने बताएका छन्। आफूले घुँडा टेक्दा अरूका लागि शिक्षा दिन सहयोग हुन्छ र मानिसहरूको जीवन सुधार हुने भए आफू खुसीसाथ यस्तो काम गर्न तयार रहेको उनले बताएका छन्। ‘यदि मैले घुँडा टेक्दा अरूलाई शिक्षा दिन सहयोग हुन्छ र मानिसहरुको जीवन सुधार हुन्छ भने म खुसी साथ यो काम गर्न तयार छु,’ डीककले  भनेका छन्। Advertisement दक्षिण अफ्रिकी क्रिकेट बोर्डसँग छलफल पछि डीककले यो अ...
टी-२० महिला विश्वकप छनौट खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

टी-२० महिला विश्वकप छनौट खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

खेलकुद
आइसिसी वुमन्स टी-२० विश्वकप प्रतियोगिताका लागि एसियाली छनौट खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा भएको छ। अर्को महिना युएईमा हुने छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम बनाएको हो। Advertisement टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ। दशैंलगत्तै भएको बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरूबाट राष्ट्रिय टोली घोषणा गरिएको हो।   मंसिर ४ देखि १० सम्म हुने आइसिसी वुमन्स टी-२० विश्वकपको एसियाली छनौटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ, मलेसियासँग प्रतिष्पर्धा गर्नेछ। ...
विश्वकपमा पाकिस्तानले अर्को खेल जितिसक्यो, भारतमा हारको तरंग कायमै!

विश्वकपमा पाकिस्तानले अर्को खेल जितिसक्यो, भारतमा हारको तरंग कायमै!

खेलकुद
आइतबारको खेलपछि पाकिस्तानका खेलाडीलाई बधाई दिँदै भारतीय कप्तान विराट कोहली। युएईमा जारी आइसिसी टी-२० पुरुष विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो। यसअघि आइतबार भएको यसपालिको विश्वकपको पहिलो खेलमा पाकिस्तानले चीर प्रतिद्वन्द्वी भारतसँग १० विकेटको रवाफिलो जित निकालेको थियो। Advertisement राजनीतिक रूपमा कटुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीच यसअघि विश्वकपमा भएका सबै १२ खेलमा भारत हावी भएको थियो। विश्वकपमा पहिलो पटक पाकिस्तानसँग पराजित भएको भारतमा अहिलेसम्म पनि त्यसको तरंग बाँकी छ। भारतीय कप्तान विराट कोहलीले खेल सकिनासाथ पाकिस्तानी खेलाडीलाई अँगालो हालेर बधाई दिँदै खेल भावना देखाएका थिए। खेलमा हारजित भएपछि त्यो कुरा त्यहीँ सकिनु पर्ने हो। तर सोही खेलका कारण भारतमा अहिले...
एएफसी यू२३ छनोटमा नेपाल इरानसँग ४-० ले पराजित

एएफसी यू२३ छनोटमा नेपाल इरानसँग ४-० ले पराजित

खेलकुद
नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ।  ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा ४ गोल खाँदा टोली ४-० ले पराजित हुन पुग्यो। इरानका लागि मेहदी, होसेन र यासिनले गोल गरे।  Advertisement दोस्रो हाफको सुरूआतमै नेपालले गोल खाएको थियो। खेलको ४७ औं मिनेटमा मेहदीले गोल गर्दै सुरूआती अग्रता दिलाए। त्यसअघि इरानले पहिलो हाफमा पेनाल्टी चुकाएका थियो। इरानका लागि होसेनले खेलको ७७ औं र ७९ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए । यासिनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए । नेपालले अब विहिबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ। आज हुने ...
टि-ट्वान्टी विश्वकपमा आज अफगानिस्तान र स्कटल्याण्ड भिड्ने

टि-ट्वान्टी विश्वकपमा आज अफगानिस्तान र स्कटल्याण्ड भिड्ने

खेलकुद
युएईमा जारी सातौं संस्करणको टी-ट्वान्टी विश्वकपको अन्तर्गत सोमबार समूह ‘२’ का अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।  खेल शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा राति ७:४५ बजेबाट सुरू हुने छ। समूह चरणमा अपराजित रहेको स्कटल्याण्डले सुपर १२ मा पनि त्यहीँ लय समात्ने कोशिशमा हुनेछ। उसले तीनवटै खेलमा जित दर्ता गर्ने क्रममा बंगलादेशलाई ६ रनले, पपुवा न्युगिनीलाई १७ रनले तथा ओमानलाई ८ विकेटले पराजित गरेको थियो।  Advertisement स्कटल्याण्डका रिची बेरिंगटन, म्याथु क्रस तथा बलिङमा पेसर जोश डेभि राम्रो लयमा छन्।  स्कटल्याण्डको जितको लय अफगानिस्तान विरूद्ध कायम गर्न सहज भने हुनेछैन।  यस पटक अफगानी टिमका लागि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने मुख्य चुनौती छ। पछिल्लो केही महिनायता मुलुक आन्तरिक राजनीतिमा अल्झिएको छ। गत अगष्टमा अफगानिस्तानमाथि...
ला लिगा : बिल्बाओको प्रतिस्पर्धात्मक जित

ला लिगा : बिल्बाओको प्रतिस्पर्धात्मक जित

खेलकुद
एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बिल्बाओले भिल्लारियललाई २–१ गोलले हरायो। Advertisement बिल्बाओलाई जिताउन राउल गार्सिया र इकर मुनियनले गोल गरे। भिल्लारियलका फ्रान्सिस कोक्वेलिनको गोल सान्त्वना बनेको थियो। प्रतिस्पर्धात्मक खेलमा राउलले १४औं मिनेटमा गोल गरे। उनले इनाकी विलियम्सको पासमा गोल गरेका थिए। त्यसपछि ३२औं मिनेटमा कोक्वेलिनले अर्नउट डान्जुमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दोस्रो हाफमा बिल्बाओले सानदार प्रदर्शन गरेको थियो। ७७औं मिनेटमा मुनियनले पेनाल्टी गोल गर्दै बिल्बाओलाई महत्वपूर्ण जित दिलाए। भिल्लारियलका अल्बर्टो मोरेनोले फल खेलेपछि रेफ्रीले भिएआरको सहायतामा बिल्बाओलाई पेनाल्टीको अवसर दिएका थिए। बिल्बाओले ८२औं मिनेट...
आज राति क्रिकेट र फुटबलमा हुँदैछन् यी पाँच महाभिडन्त

आज राति क्रिकेट र फुटबलमा हुँदैछन् यी पाँच महाभिडन्त

खेलकुद
युएई र ओमानमा जारी आइसिसी टी-२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएका छन्।  सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन्।  Advertisement भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ। टी-२० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।  आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे युनाइटेडको मैदानमा हुनेछ। प्रिमियर लिगको अंक तालिकामा लिभरपुल १८ अंकसहित तेस्रो स्थानमा  र युनाइटेड १४ अंक जोडेर छैटौं स्थानमा छन्।  आइतबार राति नै सिजनक...
इन्डोनेसियासँग नेपाल पराजित

इन्डोनेसियासँग नेपाल पराजित

खेलकुद
नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ । Advertisement शुक्रबार ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले इन्डोनेसियासँग २–० को हार बेहोरेको हो । पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ५५ औँ मिनेटमा हनिस सागरले इन्डोनेसियालाई अग्रता दिलाएका थिए। १-० ले पछि परेको नेपालले गोल फर्काउने केही राम्रा अवसर खेर फालेको थियो। अन्त्यमा इन्जुरी समयमा सुलेमनले गोल गर्दै इन्डोनेसियालाई  सहज जित दिलाए । एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । छनोटको समूह ‘बी’ मा नेपालसहित ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले छनोटको पहिलो खेल इरानसँग २५ अक्टोबरमा खेल्नेछ । नेपालले दोस्रो खेल ताजिकिस्तानसँग २८ अक्टोबरमा र अन्तिम खेल लेब...