२०८३ आश्विन १६

खेलकुद

टी-२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

टी-२० विश्वकपमा श्रीलंकाको विजयी सुरुवात

खेलकुद
टी-२० विश्वकप २०२१ मा श्रीलंकाले विजयी सुरुवात गरेको छ। Advertisement श्रीलंकाले सोमबार राति सकिएको खेलमा नामिबियालाई ७ विकेटले हरायो। पहिले ब्याटिङ गरेको नामिबिया ३ बल खेल्न बाँकी छदा ९६ रनमा अलआउट भयो। उसका लागि क्राग विलयम्सले सबैभन्दा बढि २९ रन जोडे। बलिङमा श्रीलंकाका महीन थीक्षणाले ३ विकेट लिए। ९७ रनको लक्ष्य श्रीलंकाले १३.३ औभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि अभिस्का फर्नान्डोले नटआउट ३० रन र भानुका राजापाक्षाले नटआउट ४२ रन जोडे।  ...
पाँचौ पटक एएफसी यू-२३ एसियन कप छनोट खेल्दै नेपाल

पाँचौ पटक एएफसी यू-२३ एसियन कप छनोट खेल्दै नेपाल

खेलकुद
एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम भोलि ताजकिस्तान प्रस्थान गर्दैछ।  सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टिमले बलिया टिमसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ।  Advertisement उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना प्रतियोगिताको छनोटका लागि सिनियर राष्ट्रिय टिममा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन्।  फिफा वरीयतामा नेपाल भन्दा माथि रहेका टिमसँग नेपालले छनोट खेल्दै छ। प्रशिक्षक बालगोपाल महर्जनले छोटो तयारीका बावजुत पनि नेपालले बलिया टिमसँग राम्रो नतिजाका लागि खेल्ने बताए। प्रशिक्षक महर्जनले भनेजस्तै नेपाली टिमका गोलकिपर अपर्ण कार्कीले युवा खेलाडीमा जोश भएकाले बलिया देशविरु...
स्वदेश फर्किएपछि कप्तान किरणले भने- यो टिमले भविष्यमा राम्रो नतिजा दिन सक्छ

स्वदेश फर्किएपछि कप्तान किरणले भने- यो टिमले भविष्यमा राम्रो नतिजा दिन सक्छ

खेलकुद
साफ च्याम्पियनसिप २०२१ खेलेर नेपाली राष्ट्रिय फुटबल टिम सोमबार स्वदेश फर्किएको छ। माल्दिभ्समा भएको साफमा नेपाली टिम उपविजेता बनेको थियो।  गत शनिबार भएको फाइनलमा भारतसँग ३-० गोलले पराजित हुँदा नेपाल उपविजेतामा सीमित हुनु परेको थियो। स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले नेपाली टिमको प्रदर्शनमा सन्तुष्टि  प्रकट गरे।  'पहिलो खेलदेखि नै फरक फरक खेलाडीले गोल गरे। फरवार्डले नै स्कोर गर्नु पर्छ भन्ने होइन। जसले पनि गोल गर्न सक्ने सम्भावना देखिएको छ,' उनले भने। Advertisement 'खेलाडीहरूले व्यक्तिगत क्षमता देखाएका छन्। टिम राम्रो हुँदा पनि फाइनल खेलको दोस्रो हाफको पाँच मिनेटले गर्दा हामीले खेल हार्न पुग्यौं। अन्जन विष्ट फाइनलमा नहुँदा मिस भएको थियो। उसलाई पनि फाइनल खेल्ने इच्छा थियो। प्रशिक्षक अलमुइरी र अन्जन नहुँदा पनि...
भारत भन्छ : नेपाल बलियो प्रतिद्वन्द्वी

भारत भन्छ : नेपाल बलियो प्रतिद्वन्द्वी

खेलकुद
माले, माल्दिभ्स — साफ च्याम्पियनसिप २०२१ को फाइनलमा नेपालले शनिबार कीर्तिमान सात पल्टको विजेता भारतको सामना गर्नेछ । त्यस अगाडि भारतीय सहायक प्रशिक्षक सन्मुघम वेंकटेशले उपाधि भीडन्तमा भारतका लागि नेपाल बलियो प्रतिद्वन्द्वी रहेको स्विकारेका छन् । उनले भनेका छन्, ‘नेपालविरुद्ध खेल्न सजिलो हुने छैन ।’ त्यस अगाडि भारतले राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको अन्तिम लिग खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको थियो । फाइनल पुग्नका लागि त्यस खेलमा भारतलाई निश्चित जित आवश्यक थियो र यसक्रममा भारतले नेसनल स्टेडियममा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । Advertisement भारतका लागि कप्तान सुनील क्षेत्रीले दुई गोल गरे । यससँगै सुनिलले भारतका लागि १ सय २४ खेलमा गरेको गोल संख्या ७९ पुगेको छ । भारतले मनवीर सिंहको गोलले अग्रता लिएपछि माल्दिभ्सका तर्फबाट कप...
आईपीएलको उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

आईपीएलको उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

खेलकुद
काठमाडौँ — कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग २०२१ को फाइनलमा पुगेको छ । Advertisement बुधबार दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता यस संस्करणको फाइनलमा पुगेको हो । दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । फाइनलमा कोलकाताले चेन्नई सुपर किंग्सको सामना गर्ने भएको छ । यसअघि दिल्लीलाई नै हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई आईपीएलको फाइनलमा पुगिसकेको छ । फाइनल खेल दुबईमा शुक्रबार साँझ ७:४५ मा सुरु हुनेछ । ...
पारस खड्काको तालिम केन्द्रलाई श्रद्धेश आचार्यले सहयोग गर्ने घोषणा

पारस खड्काको तालिम केन्द्रलाई श्रद्धेश आचार्यले सहयोग गर्ने घोषणा

कर्पोरेट, खेलकुद, देश, समाचार
ए.एफ.टी.आई कर्पोरेशनका सिइओ तथा समूह अध्यक्ष श्रद्धेश आचार्यले नेपाली क्रिकेट टोलीका पूर्व तथा सफल कप्तान पारस खड्काले सुरु गर्नगइरहेको क्रिकेट एक्सेलेन्स सेन्टर "सी ई सी" लाई सहयोग गर्ने घोषणा गरेका छन्। श्रद्धेश भन्दछन्, "मैले स्कूल लेवल सम्म निक्कै क्लब क्रिकेट खेले। वीरगन्जमा जन्मिने ९९% बच्चाले खेल्ने र रुचाउने पहिलो खेल्न क्रिकेट नै हो। म पनि कुनै पृथक थिइन। अहिले आएर खुट्टाको लिगामेन्टको चोट र व्यस्त दिन्चरियले क्रिकेट खेल्न त सम्भव छैन। खेल्न नसकेपनि मेरो क्रिकेट प्रतिको प्रेम सधैं रहिरह्यो। त्यही प्रेमभाव लाई निरन्तरता दिँदै यो सहयोग गर्ने घोषणा गरेको हुँ।" Advertisement श्रदेशले एक वर्ष मा तीन खेलाडीलाई काम लाग्ने क्रिकेट किट प्रदान गर्ने वाचा गरेका छन्। भावी दिनमा संख्या बढाउँदै थप जेहेन्दार क्रिकेटर युवालाई सहयोग गर्ने प्रतिबद्धता आचार्...
आरसी ३२ बन्यो कर्णालीबाट सी डिभिजनमा छनोट हुने पहिलो क्लब

आरसी ३२ बन्यो कर्णालीबाट सी डिभिजनमा छनोट हुने पहिलो क्लब

खेलकुद
सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी 'रारा रेन्जर्स' सी डिभिजनमा छनोट भएको छ। आइतबार भएको सहिद स्मारक सी डिभिजन लिग छनोटको आफ्नो अन्तिम खेलमा जित हात पार्दै आरसी ३२ सी डिभिजनमा छनोट भएको हो। Advertisement आरसी ३२ एकेडेमी नेपाली राष्ट्रिय टिमका खेलाडी रोहित चन्द र उनका दाई रविन्द्र चन्दले सुर्खेतमा सञ्चालन गर्दै आइरहेको फुटबल एकेडेमी हो। सी डिभिजनमा पुग्ने कर्णालीको पहिलो क्लब बनेको आरसी ३२ ले नकआउट चरणको आफ्नो पोलको अन्तिम खेलमा झापाको समाज सेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्न सफल भयो। आरसी ३२ का सबै पाँच खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरेका थिए। समाज सेवीका खेलाडीको चौथो पेनाल्टीलाई आरसी ३२ का खेलाडीले रोकेका थिए।  त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकियो। खेलको १२ मिनेटमा बबिन बोहराको गोलबाट आरसी...
विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

खेलकुद
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले सहज जित हात पारेको छ। इंग्ल्यान्डले अन्डोरालाई ५-० गोलले हरायो। Advertisement इंग्ल्यान्डका चिलवेलले १७, साकाले ४०, अब्राहमले ५९, वार्ड प्रोसले ७९ र ग्रेलिसले ८६ मिनेटमा गोल गरेका थिए। जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ७ खेलबाट १९ अंक जोडेको छ। दोस्रो स्थानको अल्बानियाको १५ अंक छ।  पोल्यान्ड १४ अंक जोडेर तेस्रो स्थानमा छ। पोल्यान्डले शनिबार राति भएको खेलमा सान मारियोलाई ५-० गोलले हरायो। यता समूह ‘एफ’ को खेलमा डेनमार्कले माल्डोभालाई ४-० गोलले पराजित गरेको छ। जितसँगै समूहको शीर्ष स्थानमा रहेको डेनमार्कले २१ अंक जोडेको छ।  यो समूहमा स्कटल्यान्ड १४ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्यान्डले शनिबार इजरायललाई ३-२ गोलले हरायो।  ...
विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

खेलकुद
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले सहज जित हात पारेको छ। इंग्ल्यान्डले अन्डोरालाई ५-० गोलले हरायो। इंग्ल्यान्डका चिलवेलले १७, साकाले ४०, अब्राहमले ५९, वार्ड प्रोसले ७९ र ग्रेलिसले ८६ मिनेटमा गोल गरेका थिए। Advertisement जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ७ खेलबाट १९ अंक जोडेको छ। दोस्रो स्थानको अल्बानियाको १५ अंक छ। पोल्यान्ड १४ अंक जोडेर तेस्रो स्थानमा छ। पोल्यान्डले शनिबार राति भएको खेलमा सान मारियोलाई ५-० गोलले हरायो। यता समूह ‘एफ’ को खेलमा डेनमार्कले माल्डोभालाई ४-० गोलले पराजित गरेको छ। जितसँगै समूहको शीर्ष स्थानमा रहेको डेनमार्कले २१ अंक जोडेको छ।  यो समूहमा स्कटल्यान्ड १४ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्यान्डले शनिबार इजरायललाई ३-२ गोलले हरायो।  ...
नेपाल क्रिकेट संघको निर्णय विधानविपरित भएको भन्दै पाँच केन्द्रीय सदस्यको ‘नोट अफ डिसेन्ट’

नेपाल क्रिकेट संघको निर्णय विधानविपरित भएको भन्दै पाँच केन्द्रीय सदस्यको ‘नोट अफ डिसेन्ट’

खेलकुद
विधानविपरित निर्णय गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) का पाँच जना केन्द्रीय सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन्। क्यानको बिहीबार विहान सम्पन्न बोर्ड बैठकले रिक्त रहेको सचिव पदमा केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई कार्यवहाक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो। यो निर्णय क्यानको विधान विपरित रहेको भन्दै क्यानका केन्द्रीय सदस्यहरू संजयराज सिंह, अमितवीर पाण्डे, ऋषिराम गौतम, दाउद अन्सारी र करण महतरा क्षेत्रीले विरोध गरेका छन्। उनीहरूले बोर्ड बैठकमै विरोध गर्दै नोट अफ डिसेन्ट लेख्ने बताएका थिए। Advertisement यसअघि नेपाल क्रिकेट संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले गत असोज १३ गते राजीनामा दिएका थिए।  त्यसपछि यो विषयमा क्यानको बोर्ड बैठकमा छलफल भएको थियो। बैठकमा केन्द्रीय सदस्यहरूले श्रेष्ठ...