२०८२ माघ १८

खेलकुद

आरसी ३२ बन्यो कर्णालीबाट सी डिभिजनमा छनोट हुने पहिलो क्लब

आरसी ३२ बन्यो कर्णालीबाट सी डिभिजनमा छनोट हुने पहिलो क्लब

खेलकुद
सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी 'रारा रेन्जर्स' सी डिभिजनमा छनोट भएको छ। आइतबार भएको सहिद स्मारक सी डिभिजन लिग छनोटको आफ्नो अन्तिम खेलमा जित हात पार्दै आरसी ३२ सी डिभिजनमा छनोट भएको हो। Advertisement आरसी ३२ एकेडेमी नेपाली राष्ट्रिय टिमका खेलाडी रोहित चन्द र उनका दाई रविन्द्र चन्दले सुर्खेतमा सञ्चालन गर्दै आइरहेको फुटबल एकेडेमी हो। सी डिभिजनमा पुग्ने कर्णालीको पहिलो क्लब बनेको आरसी ३२ ले नकआउट चरणको आफ्नो पोलको अन्तिम खेलमा झापाको समाज सेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्न सफल भयो। आरसी ३२ का सबै पाँच खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरेका थिए। समाज सेवीका खेलाडीको चौथो पेनाल्टीलाई आरसी ३२ का खेलाडीले रोकेका थिए।  त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकियो। खेलको १२ मिनेटमा बबिन बोहराको गोलबाट आरसी...
विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

खेलकुद
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले सहज जित हात पारेको छ। इंग्ल्यान्डले अन्डोरालाई ५-० गोलले हरायो। Advertisement इंग्ल्यान्डका चिलवेलले १७, साकाले ४०, अब्राहमले ५९, वार्ड प्रोसले ७९ र ग्रेलिसले ८६ मिनेटमा गोल गरेका थिए। जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ७ खेलबाट १९ अंक जोडेको छ। दोस्रो स्थानको अल्बानियाको १५ अंक छ।  पोल्यान्ड १४ अंक जोडेर तेस्रो स्थानमा छ। पोल्यान्डले शनिबार राति भएको खेलमा सान मारियोलाई ५-० गोलले हरायो। यता समूह ‘एफ’ को खेलमा डेनमार्कले माल्डोभालाई ४-० गोलले पराजित गरेको छ। जितसँगै समूहको शीर्ष स्थानमा रहेको डेनमार्कले २१ अंक जोडेको छ।  यो समूहमा स्कटल्यान्ड १४ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्यान्डले शनिबार इजरायललाई ३-२ गोलले हरायो।  ...
विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

विश्वकप छनोट : इंग्ल्यान्ड, पोल्यान्ड र डेनमार्कको फराकिलो जित

खेलकुद
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले सहज जित हात पारेको छ। इंग्ल्यान्डले अन्डोरालाई ५-० गोलले हरायो। इंग्ल्यान्डका चिलवेलले १७, साकाले ४०, अब्राहमले ५९, वार्ड प्रोसले ७९ र ग्रेलिसले ८६ मिनेटमा गोल गरेका थिए। Advertisement जितसँगै समूह ‘आई’ को शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ७ खेलबाट १९ अंक जोडेको छ। दोस्रो स्थानको अल्बानियाको १५ अंक छ। पोल्यान्ड १४ अंक जोडेर तेस्रो स्थानमा छ। पोल्यान्डले शनिबार राति भएको खेलमा सान मारियोलाई ५-० गोलले हरायो। यता समूह ‘एफ’ को खेलमा डेनमार्कले माल्डोभालाई ४-० गोलले पराजित गरेको छ। जितसँगै समूहको शीर्ष स्थानमा रहेको डेनमार्कले २१ अंक जोडेको छ।  यो समूहमा स्कटल्यान्ड १४ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्यान्डले शनिबार इजरायललाई ३-२ गोलले हरायो।  ...
नेपाल क्रिकेट संघको निर्णय विधानविपरित भएको भन्दै पाँच केन्द्रीय सदस्यको ‘नोट अफ डिसेन्ट’

नेपाल क्रिकेट संघको निर्णय विधानविपरित भएको भन्दै पाँच केन्द्रीय सदस्यको ‘नोट अफ डिसेन्ट’

खेलकुद
विधानविपरित निर्णय गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) का पाँच जना केन्द्रीय सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन्। क्यानको बिहीबार विहान सम्पन्न बोर्ड बैठकले रिक्त रहेको सचिव पदमा केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई कार्यवहाक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो। यो निर्णय क्यानको विधान विपरित रहेको भन्दै क्यानका केन्द्रीय सदस्यहरू संजयराज सिंह, अमितवीर पाण्डे, ऋषिराम गौतम, दाउद अन्सारी र करण महतरा क्षेत्रीले विरोध गरेका छन्। उनीहरूले बोर्ड बैठकमै विरोध गर्दै नोट अफ डिसेन्ट लेख्ने बताएका थिए। Advertisement यसअघि नेपाल क्रिकेट संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्‍यालले गत असोज १३ गते राजीनामा दिएका थिए।  त्यसपछि यो विषयमा क्यानको बोर्ड बैठकमा छलफल भएको थियो। बैठकमा केन्द्रीय सदस्यहरूले श्रेष्ठ...
साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित

साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित

खेलकुद
साफ च्याम्पियनसिप २०२१ मा माल्दिभ्सले पहिलो जित हात पारेको छ। Advertisement बिहीबार राति भएको खेलमा आयोजक माल्दिभ्सले बंगलादेशलाई २-० गोलले पराजित गरेको हो। माल्दिभ्सका लागि हाज्मा मोमहदले ५५ मिनेटमा पहिलो गोल गरे। ७४ मिनेटमा अली अस्फाकले माल्दिभ्सको अग्रता दोब्बर पारे। अस्फाकले पेनाल्टीमार्फत गोल गरेका हुन्। साफको अंक तालिकामा लगातार दुई जित निकालेको नेपाल ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको बंगलादेशको ३ खेलबाट ४ अंक छ। आयोजक माल्दिभ्स २ खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा छ। भारत २ अंकसहित चौथो र पुछारको श्रीलंका १ अंक छ। ...
बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स पुग्यो फाइनलमा

बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स पुग्यो फाइनलमा

खेलकुद
युइएफए नेशन्स लिगअन्तर्गत बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा फ्रान्सले २-० गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमलाई ३-२ गोलले पराजित गर्‍यो। Advertisement खेलको ३७ मिनेटमा कारास्को र ४० मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जिमयले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। फ्रान्सका लागि बेन्जिमाले ६२ मिनेटमा गोल फर्काए। ६९ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। हर्नान्डेजले ९० मिनेटमा गोल गरेपछि फ्रान्सले ३-२ को रोमाञ्चक जित हात पार्‍यो। अब उपाधिका लागि स्पेन र फ्रान्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।  ...
भलिबल क्लब च्याम्पियनसिप : चार टिमको अन्तिम आठमा स्थान पक्का

भलिबल क्लब च्याम्पियनसिप : चार टिमको अन्तिम आठमा स्थान पक्का

खेलकुद
एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा पुरुषतर्फ समूह 'ए'बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन्। Advertisement यस्तै समूह 'बी' बाट नेपाल पुलिस क्लब र गण्डकीले अन्तिम आठको यात्रा तय गरेका छन्। मंगलबारको खेलमा गण्डकी प्रदेश अंक बाड्न बाध्य भएको छ। मंगलबार भएको प्रतिस्पर्धामा गण्डकीले मणिमुकुन्द क्लबसँग अंक बाडेको हो। निकै नै प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले पहिलो सेट २६–२४ र दोश्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो। तर चौथो सेट मणिमुकुन्दलाई १८–२५ ले र चौथो सेट २५–२७ ले सुम्पन पुग्यो। अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो। जित निकालेता पनि गण्डकीले अंक बाड्दै आफ्नो खातामा २ अंक जोड्न बाध्य भयो। यस खेल...
आइपिएलमा हैदरावादको दोस्रो जित

आइपिएलमा हैदरावादको दोस्रो जित

खेलकुद
आइपिएल अंक तालिकाको पुछारमा रहेको सनराइजर्स हैदरावादले दोस्रो जित हात पारेको छ। हैदरावादले सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो। Advertisement पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेटको क्षतिमा १६४ रन जोडेको थियो। उसका लागि कप्तान सन्जु सामसनले ८२ रन जोडे। उनले  ५७ बलमा ७ चौका र ३ छक्का हिर्काए। बलिङमा हैदरावादका सिद्धान्त कौलले २ विकेट लिए। १६५ रनको लक्ष्य हैदरावादले १८.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। हैदरावादका लागि जासन रोएले ६० रन जोडे। केन विलियमसनले नटआउट ५१ रन जोडे। उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरे। अभिषेक शर्माले नटआउट २१ रनको योगदान दिए। अंक तालिकाको पुछारमा रहेको हैदरावादले १० खेलबाट ४ अंक जोडेको छ। छैटौ स्थानको राजस्थानको ८ अंक छ।  ...
सेल्टा भिगोको कठिन जित

सेल्टा भिगोको कठिन जित

खेलकुद
सेल्टा भिगोले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा सेल्टा भिगोले ग्रानाडालाई १–० गोलले हरायो। Advertisement प्रतिस्पर्धात्मक खेलमा सेल्टा भिगोको जितमा डेनिस स्वारेज नायक बने। मिडफिल्डर स्वारेजले दोस्रो हाफको इन्जुरी समयमा सान्ति मिनाको पासमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। यसअघि ७३औं मिनेटमा इयागो आसपासले पेनाल्टी मिस गरेपछि सेल्टा भिगो तनाबमा देखिएको थियो। जितसँगै सेल्टा भिगो १३औं स्थानमा उक्लिएको छ। सात खेल सकेको सेल्टा भिगोको सात नै अंक छ। पराजित ग्रानाडा तीन अंक सहित १८औं स्थानमा छ। लिगको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको सात खेलबाट १७ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ अंक छ। तेस्रो स्थानमा रहेको सेभियाले ६ खेलबाट १४ अंक बनाएको छ । सेभियाले समान १४ अंक बनाएको साव...
हर्शल पटेलको ह्याट्रिक, बेंग्लोरले मुम्बईलाई हरायो

हर्शल पटेलको ह्याट्रिक, बेंग्लोरले मुम्बईलाई हरायो

खेलकुद
आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरका बलर हर्शल पटेलले ह्याट्रिक विकेट लिएका छन्। Advertisement उनले १७औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन्। उनले पहिलो बलमा मुम्बईका हार्दिक पाण्ड्यालाई कप्तान विराट कोहलीबाट क्याच गराए। दोस्रो बलमा केइरन पोलार्डलाई बोल्ड गर्दा तेस्रो बलमा राहुल चाहरलाई एलबिडब्लूको धरापमा पारे। उनले ३.१ ओभरमा चार विकेट लिदा १७ रन खर्चिए। https://twitter.com/IPL/status/1442185089207742465?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1442185089207742465%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fsports%2Fcricket%2F250018 पटेलले ह्याट्रिक गरेको खेलमा बेंग्लोरले मुम्बईलाई ५४ रनले पराजित गरेको छ। बेंग्लोरले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई १८.१ ओभरमा ...