२०८२ मंसिर २८

खेलकुद

यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने

यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने

खेलकुद
एसिसी यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। युएईमा आगामी डिसेम्बर २३ देखि हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ। Advertisement प्रतियोगिताका लागि अहिले २० सदस्यीय नेपाली टिम बन्द प्रशिक्षणमा छ। नेपाल रहेको समूह 'बी' मा बंगलादेश, श्रीलंका र कुवेत छन्। समूह 'ए' मा भारत, आफगानिस्तान, आयोजक युएई र पाकिस्तान छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ। फाइनल डिसेम्बर ३१ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। नेपालको खेल नेपाल भर्सेस बंगलादेश - २३ डिसेम्बर - शारजाहश्रीलंका भर्सेस नेपाल -  २६ डिसेम्बर - शारजाहनेपाल भर्सेस कुवेत - २८ डिसेम्बर - आइसिसी एकेडेमी दुबई खेल तालिका ...
वर्गीकरणमा असन्तुष्टि जनाउने कप्तान मल्लसहित चार क्रिकेटरलाई कारबाहीको त्रास

वर्गीकरणमा असन्तुष्टि जनाउने कप्तान मल्लसहित चार क्रिकेटरलाई कारबाहीको त्रास

खेलकुद
नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेको छानविन समितिले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीलाई कारबाही गर्नुपर्ने निश्कर्ष निकालेको छ।  गत महिना खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई छानविन समितले सुरूमा स्पष्टीकरण सोधेको थियो।  पहिलो स्पष्टीकरणमा खेलाडीहरूले वर्गीकरण गलत भएकोले अन्तर्वार्ता दिएको भन्दै जवाफ पठाएका थिए। तर यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै छानविन समितिले दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। दोस्रो पटक पनि खेलाडीले आफ्नो भनाइ परिवर्नत गरेनन्। Advertisement त्यसपछि छानविन समितिले कारबाही गर्नु पर्ने निश्कर्ष निकालेको हो। समितिले कस्तो कारबाही गर्ने विषयमा भने केही ...
एम्बाप्पेको दुई गोलमा पिएसजीको सहज जित

एम्बाप्पेको दुई गोलमा पिएसजीको सहज जित

खेलकुद
केलिएन एम्बाप्पेले दुई गोल गरेको खेलमा  पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिग वानमा मोनाकोलाई हसजै हराएको छ।आइतबार राति भएको खेलमा पिएसजीले मोनाकोमाथि २-० ले जित निकालेको हो। Advertisement घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले दुवै गोल पहिलो हाफमा गरेका थिए। खेलको १२औं मिनेटमा गोल गर्दै सुरूआती अग्रता दिलाएका उनले इन्जुरी समयमा दोस्रो गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे। उनले लिओनल मेसीको पासमा दोस्रो गोल गरेका थिए। पहिलो गोल एमबाप्पेले पेनाल्टीमार्फत गरेका थिए। प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोलका अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा एमबाप्पेको पहिलो हाफको दुई गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । योसँगै एम्बाप्पेले फ्रेन्च लिग वानमा पीएसजीका लागि आफ्नो एक सयौं गोल पूरा गरेका छन् । ...
हिमालयन शेर्पालाई पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लियो

हिमालयन शेर्पालाई पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लियो

खेलकुद
साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। Advertisement शनिबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० गोलले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा पुगेको हो। मछिन्द्रका लागि सुनील बलले खेलको २९ मिनेटमा पहिलो गोल गरे। पहिलो हाफमा १-० गोलले अघि रहेको मछिन्द्रले ६८ मिनेटमा अग्रता दोब्बर पारे। अजरबैजानका फरवार्ड नोर्लान जाहिदले मछिन्द्रका लागि दोस्रो गोल गरे। मनाङले दोस्रो हाफको इन्जुरी टाइममा तेस्रो गोल गर्‍यो। ७३ मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका विमल घर्तीमगरले तेस्रो गोल गरेका थिए। मछिन्द्रले ४ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको पनि १० अंक नै छ। ...
दुबईमा चोरी भएको म्याराडोनाको घडी असममा बरामद

दुबईमा चोरी भएको म्याराडोनाको घडी असममा बरामद

खेलकुद
अर्जेन्टिनी फुटबलर डिएगो म्यारोडोनाको दुबईमा हराएको घडी भारतको असाममा फेला परेको छ। करिब १३ हजार २ सय डलर मुल्य बराबरको हबलट घडी दुबईबाट हराएको थियो।  प्रहरीले म्याराडोनाको घडी शनिबार बिहान असमको शिवसागरमा फेला पारेको हो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३७ वर्षीय वाजिद हुसेनलाई पक्राउ गरेको छ। Advertisement घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालैमात्र दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिएका छन् ।  ‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ। दोषीमाथि कानुनी कारबाही अगाडि बढाइएको छ,’ शर्माले भनेका छन् ।  https://twitter.com/himantabiswa/status/1469519162938519552?ref_src=...
होबार्टले पहिलो जित निकाल्दा सन्दीप विकेटविहिन

होबार्टले पहिलो जित निकाल्दा सन्दीप विकेटविहिन

खेलकुद
बिग ब्यास लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा होबार्टले पहिलो जित निकाल्दा नेपाली युवा सन्दीप लामिछाने विकेटविहिन बनेका छन्।  सिड्नीको घरेलु मैदानमा होबार्टले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी सिक्सर्सले निर्धारित १८ ओभरमा १५१ रन मात्र बनाउन सक्यो।  Advertisement वर्षाले केही बेर खेल अवरूद्ध हुँदा सिड्नीले १८ ओभरमा १९६ रनको नयाँ लक्ष्य पाएको थियो।  सिड्नीको लागि जोश फिलिपेले सर्वाधिक ७२, मोइसेस हेनरिक्स र जेम्स भिन्सले २६ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। होबार्टका लागि जोयल पेरिसले ३ तथा नाथन इलिसले १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।  उसका लागि कप्तान तथा ओपनर म्याथु वेडले सर्वाधिक ९३ रन बनाए। सतक बनाउन ७ रनले चुकेका उनले ४६ बलम...
सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम, शीर्ष स्थानमा उक्लने मौका गुमायो

सातदोबाटोको अपराजित यात्रामा पूर्णविराम, शीर्ष स्थानमा उक्लने मौका गुमायो

खेलकुद
स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ ।  Advertisement त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि १–० को कठिन जित निकाल्दै पहिलो जित निकालेको हो। विदेशी खेलाडी मेसुके ओलोउमोउले दिएको पासलाई ४५ औं मिनेटमा समिरले सदुपयोग गर्दै पहिलो हाफमै अग्रता दिलाएका थिए। अत्यन्तै रोमाञ्चक बनेको खेलको दोस्रो हाफमा दुबै टिमले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा सातदोबाटोको अपराजित यात्रा टुंगिएको हो। पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी तालिकाको सातौं स्थानमा उक्लिएको छ। यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत  छ।  आजको पराजयसँगै सातदोबा...
इंग्ल्याण्डमाथि अष्ट्रेलियाको फराकिलो जित

इंग्ल्याण्डमाथि अष्ट्रेलियाको फराकिलो जित

खेलकुद
इंग्ल्यान्डलाई ९ विकेटले हराउँदै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिजमा विजयी सुरूवात गरेको छ। ५ खेलको सिरिजको पहिलो खेलमा प्रभावसाशी जित निकाल्ने क्रममा अष्ट्रेलिया चौथो दिन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो। जितसँगै सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता बनायो।   इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनमा ५.१ ओभरमा एक विकेट गुमाउर पुरा गर्‍यो। उसका लागि मार्कस ह्यारिस र एलेक्स क्यारीले ९/९ रन बनाए। ह्यारिस अभिजित रहे। इङ्ल्याण्डका लागि ओली रोबिन्सनले एक विकेट लिए।  Advertisement चौथो दिन इंग्ल्यान्डले अस्ट्रेलियालाई जितका लागि २० रनको लक्ष्य दिएको थियो। दोस्रो इनिङको चौंथो दिन इंग्ल्यान्ड लगालग विकेट पतनको सिकार भयो। इंग्ल्यान्ड दोस्रो इनिङमा २९७ रनमा अलआउट भयो। इंग्ल्यान्डले तेस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर २२० रन बन...
च्यासलमाथि आर्मीको जित, दोस्रो स्थानमा उक्लियो

च्यासलमाथि आर्मीको जित, दोस्रो स्थानमा उक्लियो

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिएको छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबललाई २-० गोलले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो। Advertisement आर्मीको जितमा जर्जप्रिन्स कार्की र जगजित श्रेष्ठले गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। कार्कीले खेलको १९ मिनेटमा गोल गरे। उनले टंक बस्नेतको पासमा हेडमार्फत गोल गरेका थिए। ३६ मिनेटमा जगजितले आर्मीको अग्रता दोब्बर पारेका थिए। जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको आर्मीले ४ खेलबाट ८ अंक जोडेको छ। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको १० अंक छ। तेस्रो स्थानको सातदोबाटो युथ क्लब  र चौथो स्थानको मछिन्द्र क्लबको ३ खेलबाट समान ७-७ अंक छ। यता च्यासल भने ४ खेलबाट ४ अंक जोड्दै नवौं स्थानमा छ। ...
च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनल समिकरण पूरा, को-को पुगे?

च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनल समिकरण पूरा, को-को पुगे?

खेलकुद
युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ। खराव मौसमका कारण रोकिएको भिल्लारियल र एट्लान्टाको खेल सकिएसँगै च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलको समिकरण पुरा भएको हो। Advertisement यस पटक सन् २००१ पछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सकेन। बार्सिलोना बाहिरिँदा ला लिगाबाट रियल मड्रिड, एट्लेटिको मड्रिड र भिल्लारियल अन्तिम १६ मा पुगे। नकआउट चरणमा पुग्न नसकेका बार्सिलोना र सेभियाले युरोपा लिग खेल्नुपर्ने भएको छ ।  युरोपियन च्याम्पियन र २०२० का फाइनलिस्ट चेल्सी र पीएसजीले समूह चरणमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेका छन्। अब च्याम्पियन्स लिगमा अन्तिम १६ को ड्र सोमबार स्वीट्जरल्याण्डको नियोनमा हुनेछ। जसबाट अन्तिम १६ मा कसको प्रतिद्धन्द्धी को भन्ने टुंगो लाग्नेछ।  यी हु...