


केलिएन एम्बाप्पेले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिग वानमा मोनाकोलाई हसजै हराएको छ।
आइतबार राति भएको खेलमा पिएसजीले मोनाकोमाथि २-० ले जित निकालेको हो।
Advertisement



घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले दुवै गोल पहिलो हाफमा गरेका थिए।
खेलको १२औं मिनेटमा गोल गर्दै सुरूआती अग्रता दिलाएका उनले इन्जुरी समयमा दोस्रो गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे। उनले लिओनल मेसीको पासमा दोस्रो गोल गरेका थिए। पहिलो गोल एमबाप्पेले पेनाल्टीमार्फत गरेका थिए।
प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोलका अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा एमबाप्पेको पहिलो हाफको दुई गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

योसँगै एम्बाप्पेले फ्रेन्च लिग वानमा पीएसजीका लागि आफ्नो एक सयौं गोल पूरा गरेका छन् ।
जितपछि लिग लिडर पीएसजीको १८ खेलबाट ४५ अंक जोडेको छ। जुन दोस्रो स्थानको मार्सेभन्दा १३ अंकले बढी हो। पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


