२०८१ बैशाख १४

यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने

एसिसी यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। युएईमा आगामी डिसेम्बर २३ देखि हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ।


Advertisement


प्रतियोगिताका लागि अहिले २० सदस्यीय नेपाली टिम बन्द प्रशिक्षणमा छ।

नेपाल रहेको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र कुवेत छन्।

समूह ‘ए’ मा भारत, आफगानिस्तान, आयोजक युएई र पाकिस्तान छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ। फाइनल डिसेम्बर ३१ मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ।

नेपालको खेल

नेपाल भर्सेस बंगलादेश – २३ डिसेम्बर – शारजाह
श्रीलंका भर्सेस नेपाल –  २६ डिसेम्बर – शारजाह
नेपाल भर्सेस कुवेत – २८ डिसेम्बर – आइसिसी एकेडेमी दुबई

खेल तालिका

Copy link
Powered by Social Snap