२०८२ पुष १

खेलकुद

लेस्टरलाई हराउँदै नेपोली नकआउट चरणमा

लेस्टरलाई हराउँदै नेपोली नकआउट चरणमा

खेलकुद
इंग्लिस क्लब लेस्टर सिटीलाई हराउँदै इटालियन क्लब नेपोली युरोपा लिगको नकआउट चरणमा पुगेको छ। समूह चरण पार गर्न जित्नैपर्ने खेलमा नेपोलीले घरेलु मैदानमा लेस्टरमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। Advertisement डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलको चौथो मिनेटमै एडाम ओउनासको गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २४औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे। त्यसको ३ मिनेटपछि जोनी इभान्सले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। ३३ औं मिनेटमा काइरनान डिउसवुरी हलले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।  पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपोलीले बाजी मार्‍यो। खेलको ५३ औं मिनेटमा इल्जिफ इल्मासले गोल गर्दै...
खेलकुद परिषद्‌का समस्या र प्रगति बुझ्दै नवनियुक्त सदस्यसचिव घिसिङ

खेलकुद परिषद्‌का समस्या र प्रगति बुझ्दै नवनियुक्त सदस्यसचिव घिसिङ

खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसँग बुधबार छलफल गरेका छन्। सदस्यसचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो। Advertisement बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाका बारेमा जानकारी गराएका थिए। प्रशासनिक र  प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयम...
पाँचौ जित निकाल्दै लुम्बिनी फाइनलमा, दोस्रो स्थानको सुदूपश्चिमले प्रदेश एकलाई हरायो

पाँचौ जित निकाल्दै लुम्बिनी फाइनलमा, दोस्रो स्थानको सुदूपश्चिमले प्रदेश एकलाई हरायो

खेलकुद
वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पाँचौ जित हात पारेको छ। बुधबार कीर्तिपुरमा भएको खेलमा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो। जितसँगै लुम्बिनी फाइनलमा पुगेको छ। लुम्बिनीले १६९ रनको लक्ष्य १ विकेटको क्षतिमा २६.५ ओभरमा पूरा गर्‍यो। लुम्बिनीका लागि कप्तान देव खनालले नटआउट ६२ रन र प्रज्वल थापाले नटआउट १३ रन जोडे। त्यसअघि ओपनर आकाश त्रिपाठी ५७ रन जोडेर आउट भए। Advertisement त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ अलआउट हुने क्रममा ३९.५ ओभरमा १६८ रनमा समेटियो। प्रदेश २ का लागि ओपनर सन्तोष कार्कीले ८२ रनको योगदान गरे। गुल्शन झाले ३२ रन र अदिल अन्सारीले नटआउट २२ रन जोडे। बलिङमा लुम्बिनीका वासिर अहमेदले ५ विकेट लिए। विशालविक्रम केसीले ३ विकेट र राहुल चौधरीले २ विकेट हात पारे।  यता सुदूरपश्चिमले तेस्रो जित हात...
महिला विश्वकप छनोटः लात्भियाको पोष्टमा इङ्ल्याण्डको २० गोल

महिला विश्वकप छनोटः लात्भियाको पोष्टमा इङ्ल्याण्डको २० गोल

खेलकुद
महिला विश्वकप फुटबल छनोटमा इंग्ल्याण्डले हालसम्मकै फराकिलो गोलअन्तरको जित निकालेको छ। गएराति भएको युरोपियन छनोट अन्तर्गत समूह डीमा रहेकोइंग्ल्याण्डले लात्भियालाई २०–० गोल अन्तरमा हरायो। Advertisement इंग्ल्याण्डको जितमा लौरेन हेम्पले ४ गोल गर्दा इलन ह्वाइट, बेथ मिड र आलेसिया रूसोले ह्याट्रिक गरे। इंग्ल्याण्डका लागि १० जना खेलाडीले गोल गरेका थिए।  यो सँगै इङ्ल्याण्डले समूहमा ६ खेलबाट शतप्रतिशत जित निकालेको छ। विश्वकप महिला फुटबलको युरो छनोटका अन्य खेलमा खेलमा स्पेनले स्कटल्याण्डलाई ८–० ले हराउँदा फ्रान्सले वेल्समाथि २–० को जित निकाल्यो । यसैगरी रिपब्लीक अफ आयरल्याण्डले जर्जीयालाई ११–० ले हराउँदा स्विट्जरल्याण्डले लिथुआनियालाई ७–० ले, क्रोएसियाले मल्दोभालाई ४–० ले, सर्वियाले बुल्गेरियालाई ४–१ ले तथा टर्कीले इजरेललाई ३–२ ले हराएका छन् ।...
खेलकुद परिषद्‌का नवनियुक्त सदस्यसचिव घिसिङ भन्छन्- राष्ट्रिय टोलीको सुधार गर्नुपर्छ

खेलकुद परिषद्‌का नवनियुक्त सदस्यसचिव घिसिङ भन्छन्- राष्ट्रिय टोलीको सुधार गर्नुपर्छ

खेलकुद
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले मंगलबार पदवहाली गरेका  छन्। त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए। घिसिङलाई सोमबारको मन्त्री परिषद् बैठकले राखेपको सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। Advertisement त्यसअघि मंगलबारै सदस्य–सचिव घिसिङले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरे। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवनियुक्त सदस्य–सचिव घिसिङलाई नियुक्ती पत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले काम काज सहि र सरल ढंगले अगा...
मेसीले जिते सातौं पटक बालोन डी-ओर अवार्ड, रोनाल्डो छैठौं स्थानमा

मेसीले जिते सातौं पटक बालोन डी-ओर अवार्ड, रोनाल्डो छैठौं स्थानमा

खेलकुद
पीएसजीका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले सातौं पटक बालोन डी-ओर अवार्ड जितेका छन्।  बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै सन् मंगलबार बिहान उनले सन् २०२१ को बालोन डी-ओर अवार्ड हात पारेका हुन्। https://twitter.com/PSG_inside/status/1465443918393364484?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1465443918393364484%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका मेसी यसै वर्ष बार्सिलोनाबाट पिएसजी पुगेका हुन्।  यस्तै लेवान्डोस्कीले गएको वर्ष च्याम्पियन्स लिग उपाधि जितेका थिए। तर क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका लेवान्डोस्की र जोर्गिन्होलाई पछि पार्दै मेसीले उपाधि हात पारेका हुन्। लेवान्डोस्की दोस्रो र जोर्गिन्हो तेस्रो स्थानमा रहे । मेसीले यसअघि सन् २...
टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्‌को सदस्यसचिव नियुक्त

टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्‌को सदस्यसचिव नियुक्त

खेलकुद
राष्ट्रिय खेलकुद परिषद्‌को सदस्यसचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्। Advertisement सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले घिसिङलाई सदस्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आइतबार युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छनोट समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठलाई सदस्यसचिव नियुक्त गर्न सिफारिस गरेको थियो। माओवादी केन्द्रको बागमति प्रदेश कमिटीका सदस्य समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन्। रामेछापका घिसिङ एसियाली रग्बिको कार्यकारी बोर्ड सदस्य तथा एसिया रग्बीको‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुख हुन्। उनलाई सदस्यसचिव नियुक्त गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकअघि प्रचण्डले घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्रीलाई भनेका थिए। ...
पिएसजीको उत्कृष्ट पुनरागमन जित, शीर्ष स्थानमा १२ अंकको अग्रता

पिएसजीको उत्कृष्ट पुनरागमन जित, शीर्ष स्थानमा १२ अंकको अग्रता

खेलकुद
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले १२ अंकको अग्रता बनाएको छ। Advertisement लिग अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा पिएसजीले सेन्ट–एतिएनीलाई ३–१ ले हराउँदै १५ खेलबाट १३औं जित निकालेको हो। लिगमा १ खेल हार व्यहोरेको पिएसजीले ४० जोड्दा दोस्रो स्थानमा रहेको रेनेशले २८ अंक जोडेको छ। गएराति खेलको २३ औं मिनेटमा बोएन्गाको गोलबाट घरेलु टोलीले सुरूआती अग्रता लिएको थियो। तर ४५ औं मिनेटमा कोलोड्जिएक्जाक सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । त्यसको प्रत्यक्ष फाइदा पिएसजीले उठायो। मार्क्वीनहोसले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।  खेलको ७९ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै २-१ को अग्रता दिलाए। त्यसपछि खेलको अन्त्यमा दोस्रो ह...
निर्णायक खेलमा पराजित हुँदा नेपाल टी-२० विश्वकपको विश्व छनोटमा पुग्न असफल

निर्णायक खेलमा पराजित हुँदा नेपाल टी-२० विश्वकपको विश्व छनोटमा पुग्न असफल

खेलकुद
निर्णायक खेलमा युएईसँग पराजित हुँदा नेपाल आइसिसी टी-२० विश्वकपको विश्व छनोट प्रतियोगितामा पुग्न असफल भएको छ। टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आइतबार घरेलु टिम युएईसँग ४८ रनले पराजित भएको हो। युएईलाई हराएको अवस्थामा मात्र नेपाल पहिलो पटक विश्व छनोटमा पुग्ने थियो। जुन नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक उपलब्धि हुन्थ्यो। Advertisement नेपाललाई पराजित गरेसँगै युएई भने एसिया छनोटबाट विश्व छनोटमा पुगेको छ। एसिया छनोटबाट एक टिम मात्र विश्वकपमा छनोट हुने प्रावधानअनुसार युएईले खेलेका पाँच खेलमा नै जित निकाल्यो।  हङकङ र युएईसँग पराजित नेपालले भुटान,  कुवेत र मलेसियालाई हरायो। आइतबार दुबईमा भएको खेलमा घरेलु टिम युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा ७९ रनमै अलआउट भयो। नेपालकी ओप...
नेपाली महिला क्रिकेट टिमलाई इतिहास रच्ने अवसर

नेपाली महिला क्रिकेट टिमलाई इतिहास रच्ने अवसर

खेलकुद
मलेसियाविरुद्ध जित हात पारेपछि सेल्फी खिँच्दै नेपाली महिला टिम। नेपाली राष्ट्रिय महिला टिमले आइतबार महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ। आइसिसी महिला टी-२० विश्वकपअन्तर्गत दुबईमा भइरहेको एसिया छनोटमा नेपालले घरेलु टिम युएईसँग खेल्दैछ। Advertisement दुबईमा सवा ११ बजे सुरु हुने खेलमा जित हात पार्न सके नेपालले पहिलो पटक विश्व छनोट खेल्ने अवसर पाउनेछ। जारी प्रतियोगितामा आइतबार अन्तिम खेलहरू हुँदैछन्। अन्तिम दिन नेपाल र युएई, भुटान र मलेसिया तथा कुवेत र हङकङबीच खेल हुनेछ। खेलपछि विश्व छनोटमा पुग्ने एक टिमको टुंगो लाग्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहेको युएई र नेपालको विश्व छनोटमा पुग्ने सम्भावना छ। युएई यसअघि खेलेका चारै खेलमा जित हात पार्दै ८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको ६ अंक छ। नेपालले पहिलो खेलमा हङकङसँ...