दुबईमा चोरी भएको म्याराडोनाको घडी असममा बरामद
अर्जेन्टिनी फुटबलर डिएगो म्यारोडोनाको दुबईमा हराएको घडी भारतको असाममा फेला परेको छ। करिब १३ हजार २ सय डलर मुल्य बराबरको हबलट घडी दुबईबाट हराएको थियो।
प्रहरीले म्याराडोनाको घडी शनिबार बिहान असमको शिवसागरमा फेला पारेको हो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३७ वर्षीय वाजिद हुसेनलाई पक्राउ गरेको छ।
Advertisement
घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालैमात्र दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिएका छन् ।
‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ। दोषीमाथि कानुनी कारबाही अगाडि बढाइएको छ,’ शर्माले भनेका छन् ।
https://twitter.com/himantabiswa/status/1469519162938519552?ref_src=...









