२०८२ मंसिर २८

खेलकुद

साफ उपविजेता फुटबलरले पाए पूर्वघोषित ५ लाख

साफ उपविजेता फुटबलरले पाए पूर्वघोषित ५ लाख

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमलाई सरकारले नगद पुरस्कार प्रदान गरेको छ। Advertisement यसअघि सरकारले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार खेलाडीहरू नगद पुरस्कार हस्तान्तरण गरे।  खेलाडीहरूलाई नगद ५ लाख रूपैयाँ प्रदान गरिदाँ प्रशिक्षकहरूलाई जनही ३ लाख रूपैयाँ प्रदान गरियो।  अक्टोबरमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। फाइनलमा भारतसँग पराजित हुँदा नेपालले च्याम्पियन बन्ने अवसर भने गुमाएको थियो। ...
क्यानले सार्‍यो नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण

क्यानले सार्‍यो नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण

खेलकुद
आजदेखि पोखरामा सञ्चालन गर्ने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण नेपाल क्रिकेट संघ (क्यान) ले स्थगित गरेको छ। गत बुधबार क्यानको बोर्ड बैठकले आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि आजदेखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। Advertisement बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो भने मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको थियो। जसका कारण क्यान र खेलाडीबीच विवाद चर्चिएको छ। मिडियामा आफ्ना असन्तुष्टि राखेकै भरमा कारबाही गरिएको भन्दै खेलाडीले पुर्नविचार गर्न क्यानलाई आग्रह गरेका छन्। विवादको विषयमा क्यानले खेलाडीसँग वार्ता गर्न पहल गरिरहेको छ। यही कारबाहीका कारण राष्ट्रिय टिमको प्रशिक्षण प...
दुधे बालक च्यापेर मैदानमा

दुधे बालक च्यापेर मैदानमा

SYM शुद्ध सकारात्मकता, खेलकुद
लुम्बिनी — राति चार/पाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ । दिसा–पिसाब गरे/नगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् ।  प्रशिक्षण सुरु भएपछि छोरालाई मैदानबाहिर सुताएर खेल्न थालिन् । बेलाबेला रोए/नरोएको हेर्ने र दूध चुसाउने कार्य निरन्तर चलिरह्यो । दुधे बालक स्याहार्दै खेल्दै गरिरहेकी अनिता एक वर्षको अन्तरालपछि क्रिकेट मैदान फर्किएकी हुन् । त्यसैले उनलाई अभ्यास थाल्न सहज भने भएन । ‘हात र ढाड दुखेर सुरुका दिन केही अप्ठ्यारो भयो,’ उनले सुनाइन्, ‘तर प्रशिक्षणले पुनः लयमा फर्किएँ ।’ Advertisement उनी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि लुम्बिनीस्तरीय छनोट खेल्न भैरहवामा आइपुगेकी हुन् । २४ वर्षीया अनिताको ‘कमब्याक’ को यो पहिलो प्रतियोग...
हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

खेलकुद
हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। आइतबार भएको खेलमा शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ गोलले पराजित गर्दै सिजनमा पहिलो जित हात पारेको हो। Advertisement खेलको चौथो मिनेटमै शेर्पाले अग्रत लिएको थियो। उसका लागि मुस्ताबाले हेडमार्फत गोल गरे। ५३ मिनेटमा ब्रिगेडले बराबरी गोल फर्काए। ब्रिगेडका लागि भुवन बस्नेतले उत्कृष्ट फिनिसिङ गरेका थिए। शेर्पाका लागि ७४ मिनेटमा सुरेश कुमालले दोस्रो गोल गरे।  यस्तै दोस्रो हाफको इन्जुरी समयमा शेर्पाका लागि मनिष थापाले तेस्रो गोल गरेका  थिए। जितसँगै शेर्पाले ५ खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ। ब्रिगेडको पनि ५ अंक छ भने अंक तालिकामा नवौं स्थानमा छ। लिगमा सोमबार पाँचौ  चरणको अन्तिम खेल हुँदैछ। अन्तिम खेलमा पुछारको नेपाल एपिएफ क्लब र पुछारबाट द...
भारतसँग पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना गणितीय मात्र

भारतसँग पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना गणितीय मात्र

खेलकुद
साफ यू-१९ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ। आइतबार बंगालदेशको राजधानीमा ढाकामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गर्‍यो। Advertisement पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ। समूह चरणमा शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान अनुसार भारत भने फाइनलमा पुगेको छ। भारत चार खेलबाट ९ अंक जोड्दै फाइनल पुगेको हो। यता अंक तालिकाको दोस्रो स्थानमा झरेको नेपालको चार खेलबाट ७ अंक छ। तेस्रो स्थानको बंगलादेशको ३ खेलबाट ७ अंक नै छ। आज साँझ बंगलादेशले श्रीलंकासँग खेल्दैछ। तुलनात्मक रूपमा कमजोर देखिएको श्रीलंकासँग बंगलादेश पराजित भए मात्र नेपाल फाइनल पुग्नेछ। बंगलादेशलाई भने फाइनलमा पुग्न बराबरी खेले पुग्छ। जित निकाले बंगलादेश समूह विजेता बन्नेछ। अघिल्ला तीनै खेलमा पराजित श्रीलंकाले १६ गोल खाँदा ...
ए डिभिजन लिग : थ्री स्टार र एनआरटी बराबरीमा

ए डिभिजन लिग : थ्री स्टार र एनआरटी बराबरीमा

खेलकुद
काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७८ को दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई घाटा हुनेछ, तर सबैभन्दा बढी चोट थ्री स्टारलाई परेको छ । Advertisement थ्री स्टारको यो लगातार तेस्रो बराबरी हो, त्यसमध्ये यो लगातार दोस्रो गोलरहित बराबरी रहेको छ । प्रतियोगिता अगाडि उपाधिको प्रत्यासी मानिएको थ्री स्टार छ अंकमा पाँचौं स्थानमा छ र शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दीभन्दा सात अंकले पछाडि परिसकेको छ । एनआरटी पनि छ अंकमै रह्यो र सातौं स्थानमा उक्लिन सफल रह्यो । एनआरटी भने उद्घाटन खेलमा पराजित भएयता त्यसपछाडिका चार खेलमा अपराजित छ । ...
जावलाखेलको पहिलो जित

जावलाखेलको पहिलो जित

खेलकुद
काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७८ मा जावलाखेलले शनिबार पहिलो जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले च्यासललाई १–० ले हराएको हो । Advertisement यसका लागि भारतीय खेलाडी निकोलस फर्नान्डेजले ३६ औं मिनेटमा निर्णायक गोल गरे । ओनगुन एनकेन्गुको पासमा उनले सजिलै गोल गरे । जारी लिगमा जावलाखेलको यो पहिलो गोल पनि हो । जावलाखेलले पाँचौं चरणमा आएर गोल र जित दुवै निकालेको हो । यो जितपछि भने जावलाखेलको चार अंक भएको छ र रेलिगेसन क्षेत्र छाडेर दसौं स्थानमा उक्लिएको छ । जावलाखेल यसअघि लगातार चार चरणसम्मको खेलमा रेलिगेसन क्षेत्रमा रहेको थियो । हारपछि च्यासल भने चार अंकमै सीमित रहेर ११ औं स्थानमा झरेको छ । जावलाखेलले लिगमा समग्रमा छैटौं खेलमा आएर गोल गरेको हो । यससँगै जावलाखेलले ५ सय ८ मिनेटको गोल खडेरी तोडेको छ । जावलाखेलले...
राष्ट्रिय महिला क्रिकेट आजदेखि

राष्ट्रिय महिला क्रिकेट आजदेखि

खेलकुद
काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता शनिबार धनगढीमा सुरु हुँदै छ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा एपीएफ क्लबसहित सातै प्रदेशका टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको समन्वयमा गर्दै छ । Advertisement लिगकम नकआउटमा हुने प्रतियोगिता पुस ११ सम्म चल्नेछ । सुदूरपश्चिम क्रिकेट संघका अध्यक्ष हरि रेग्मीका अनुसार ८ टिमलाई दुई समूहमा राखेर प्रतिस्पर्धा गराइने छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी, वाग्मती र कर्णाली छन् भने समूह ‘बी’ मा एपीएफ, सुदूरपश्चिम, गण्डकी र प्रदेश २ छन् । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ द सिरिजलाई २५ हजार र हरेक प्लेयर अफ द म्याचले २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । शनिबार...
सातदोबाटोसँग बराबरीमा रोकिँदा आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमायो

सातदोबाटोसँग बराबरीमा रोकिँदा आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमायो

खेलकुद
सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएपछि त्रिभुवन आर्मी क्लबले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। Advertisement शुक्रबार दशरथ रंगशालामा भएको खेलमा आर्मीलाई सातदोबाटो युथ क्लबले १-१ गोलको बराबरीमा रोकेको हो। खेलको १० मिनेटमा आर्मीले अग्रता लिएको थियो। आर्मीका लागि दिनेश हेन्जनले गोल गरे। टेकबहादुर बुढाथोकीको क्रसमा दिनेशले डिबक्सभित्रबाट गोल गरेका थिए। सातदोबाटोले ६ मिनेटपछि बराबरी गोल फर्काएको थियो। सातदोबाटोका लागि अजयी मार्टिन्सले बराबरी गोल गर्न सफल भए। उनले गोलकिपरको लामो प्रहारमा आर्मीका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए। बराबरीसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको आर्मीले ५ खेलबाट ९ अंक जोडेको छ। चौथो स्थानको सातदोबाटोको ८ अंक छ। शीर्ष स्थानको  मछिन्द्र क्लब र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबले ४-४ खेल खेल्दै समा...
सिलवाललाई पदमै राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सिलवाललाई पदमै राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

खेलकुद
काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमै राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भनेर पुस १२ गते दुवै पक्षलाई सर्वोच्चले झिकाएको छ ।  Advertisement सिलवाल र सरकारी पक्षको बहस सुनेपछि सर्वोच्चले सिलवाललाई पदमा निरन्तरता दिने वा बर्खास्ती गर्ने सरकारको निर्णयलाई मान्यता दिने भन्ने विषयमा निर्णय गर्ने सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्रराज ढकालले जानकारी दिए ।उनका अनुसार अन्तरिम आदेश निरन्तरता पाएमा मुद्दाको अन्तिम सुनुवाइसम्म सिलवाल पदमा रहन पाउनेछन् । बर्खास्तीको निर्णयलाई सदन गरेमा उनले काममा फर्कन पाउने छैनन् । ...