२०८३ आश्विन १६

खेलकुद

तुलसीपुरमा कांग्रेस नेता खुमबहादुरको स्मृतिमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

तुलसीपुरमा कांग्रेस नेता खुमबहादुरको स्मृतिमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

खेलकुद
दाङको तुलसीपुरमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगितामा सुरू भएको छ। दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा सुरू भएको हो। नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा ‘युथ अफ तुलसीपुर’को आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो। Advertisement प्रतियोगिताको उद्घाटनका क्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल र नेता खुमबहादुरका छोरा अनुराग खड्काले खेल खेलेर उद्घाटन गरेका हुन्।   कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए।   कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको हमालले तर...
नेपाली क्रिकेटको हविगत: लक्ष्य विश्वकप, बन्द प्रशिक्षण हुनै लाग्दा पनि टिम लथालिङ्ग

नेपाली क्रिकेटको हविगत: लक्ष्य विश्वकप, बन्द प्रशिक्षण हुनै लाग्दा पनि टिम लथालिङ्ग

खेलकुद
सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा आइसिसी टी-२० विश्वकप आयोजना हुँदैछ। १६ टिमबीच प्रतिस्पर्धा हुने विश्वकपका लागि १२ टिमको टुंगो लागिसकेको छ। ४ टिमको टुंगो लाग्न बाँकी छ। टी-२० विश्वकपमा छनोट हुन बाँकी ४ टिमका लागि १६ टिमबीच विश्व छनोटमा प्रतिस्पर्धा हुँदैछ। आइसिसीले १६ टिमलाई पनि दुई समूहमा विभाजन गर्दै एक समूहमा ८ टिमलाई समावेश गरेको छ। ८ टिम सम्मिलित समूहबाट शीर्ष २-२ टिम गरी ४ टिमले १० महिनापछि अस्ट्रेलियामा हुने विश्वकपको टिकट काट्नेछन्। नेपाल आइसिसी टी-२० वरीयताको आधारमा यसअघि नै विश्व छनोटमा पुगिसकेको छ। नेपाल छनोटको समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्। Advertisement आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुने छनोटमा नेपाल शीर्ष दुईमा पर्न सके विश्वक...
राष्ट्रिय फुटबलरलाई शरीरमा ट्याटू बनाउन प्रतिबन्ध

राष्ट्रिय फुटबलरलाई शरीरमा ट्याटू बनाउन प्रतिबन्ध

खेलकुद
चीनको राष्ट्रिय फुटबल टिमबाट खेल्ने खेलाडीलाई शरीरमा ट्याटू खोप्न प्रतिबन्ध लगाइएको छ। यस्तै यसअघि खोपिएका ट्याटूलाई हटाउन पनि भनिएको छ। नयाँ नर्देशनअनुसार यो नियम लागू हुने भएको हो।  Advertisement चीनको खेलकुदको प्रशासन निकायले राष्ट्रियस्तर र युवा टोलीमा ट्याटु बनाएका नयाँ खेलाडी भर्ना गर्न "कडा प्रतिबन्ध" गरेको बताएको छ।  प्रशासनले यो कदमले "समाजको लागि राम्रो उदाहरण" बनाउन मद्दत गर्ने बताएको छ। डिफेन्डर झाङ लिनपेङसहितका स्टार खेलाडीहरु जसले पहिले नै ट्याटू खोपेका छन्, उनीहरूलाई ट्याटू छोप्न भनिएको छ।  चीनले सन् २०१८ को मध्यदेखि ट्याटू बनाउन रोक्नको लागि नियमनलाई बढाउँदै लगेको छ। केही व्यवसायिक फुटबलरहरूले आफ्नो शरीरको ट्याटू लुकाउन आफ्नो हात लामो बाहुलाले छोप्दै आएका छन्। चीनको खेलकुदको प्रशासनले जारी गरेको एक व...
राष्ट्रिय रेस्लिङ पुस १७ मा

राष्ट्रिय रेस्लिङ पुस १७ मा

खेलकुद
काठमाडौँ — नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लू विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ मा हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । Advertisement पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभीवेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडलवेट च्याम्पियनले ५० हजार, टयाग टिम च्याम्पियनले ४५ हजार र लाइटवेट च्याम्पियनले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । बूढानीलकण्ठ नपा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीय पर्यटनको प्रवर्द्धनमा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले कोभिड महामारीले थलिएको पर्यटन माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने अपेक्षा गरिन् । ...
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफको लगातार दोस्रो जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफको लगातार दोस्रो जित

खेलकुद
धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार दोस्रो जित हात पारेको छ।  बुधबार सुदूरपश्चिम प्रदेशलाई ८९ रनको फराकिलो अन्तरले हराउँदै एपिएफले लगातार दोस्रो जित निकालेको हो। Advertisement पहिले ब्याटिङ गर्दै एपिएफले दिएको १२९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो। सुदूरपश्चिमका लागि रूवी पौदार र कप्तान ऋतु कनौजियाले समान १०-१० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अतिरिक्तबाट सुदूरपश्चिमले ७ रन पाएको थियो।  सुदूरपश्चिमलाई सस्तैमा समेट्न करूणा भण्डारीले सर्वाधिक ४ विकेट लिइन्।  ४ ओभर बलिङ गरेकी भण्डारीले ७ रन खर्चिएर ४ विकेट हात पारिन्। यस्तै सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले एक-एक वि...
१० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोनाले बराबरी खेल्यो

१० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोनाले बराबरी खेल्यो

खेलकुद
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सेभिल्लासँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो। Advertisement बार्सिलोनाका लागि रोनाल्ड अरौजोले गोल गर्दा सेभिल्लाका लागि पपु गोमेजले गोल गरेका थिए। खेलको ३२ औं मिनेटमा गोल गर्दै सेभिल्लाले सुरुआती अग्रता लिएको थियो। तर अजौरोले ४५ औं मिनेटमा गोल गर्दै खेललाई पहिलो हाफमा बराबरीमा ल्याए। अत्यन्तै प्रतिश्पर्धात्मक खेलको ६४ औं मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो। तर बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। अन्ततः खेल बराबरीमा सकियो। यो बराबरीसँगै बार्सिलोना १८ खेलबाट २८ अंक जोड्दै सातौं स्थानमा छ। उता ३८ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा कायमै छ। समान खेलबाट ४३ अंक रहेको रिय...
साफ उपविजेता फुटबलरले पाए पूर्वघोषित ५ लाख

साफ उपविजेता फुटबलरले पाए पूर्वघोषित ५ लाख

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमलाई सरकारले नगद पुरस्कार प्रदान गरेको छ। Advertisement यसअघि सरकारले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार खेलाडीहरू नगद पुरस्कार हस्तान्तरण गरे।  खेलाडीहरूलाई नगद ५ लाख रूपैयाँ प्रदान गरिदाँ प्रशिक्षकहरूलाई जनही ३ लाख रूपैयाँ प्रदान गरियो।  अक्टोबरमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। फाइनलमा भारतसँग पराजित हुँदा नेपालले च्याम्पियन बन्ने अवसर भने गुमाएको थियो। ...
क्यानले सार्‍यो नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण

क्यानले सार्‍यो नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण

खेलकुद
आजदेखि पोखरामा सञ्चालन गर्ने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण नेपाल क्रिकेट संघ (क्यान) ले स्थगित गरेको छ। गत बुधबार क्यानको बोर्ड बैठकले आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि आजदेखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। Advertisement बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो भने मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको थियो। जसका कारण क्यान र खेलाडीबीच विवाद चर्चिएको छ। मिडियामा आफ्ना असन्तुष्टि राखेकै भरमा कारबाही गरिएको भन्दै खेलाडीले पुर्नविचार गर्न क्यानलाई आग्रह गरेका छन्। विवादको विषयमा क्यानले खेलाडीसँग वार्ता गर्न पहल गरिरहेको छ। यही कारबाहीका कारण राष्ट्रिय टिमको प्रशिक्षण प...
दुधे बालक च्यापेर मैदानमा

दुधे बालक च्यापेर मैदानमा

SYM शुद्ध सकारात्मकता, खेलकुद
लुम्बिनी — राति चार/पाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ । दिसा–पिसाब गरे/नगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् ।  प्रशिक्षण सुरु भएपछि छोरालाई मैदानबाहिर सुताएर खेल्न थालिन् । बेलाबेला रोए/नरोएको हेर्ने र दूध चुसाउने कार्य निरन्तर चलिरह्यो । दुधे बालक स्याहार्दै खेल्दै गरिरहेकी अनिता एक वर्षको अन्तरालपछि क्रिकेट मैदान फर्किएकी हुन् । त्यसैले उनलाई अभ्यास थाल्न सहज भने भएन । ‘हात र ढाड दुखेर सुरुका दिन केही अप्ठ्यारो भयो,’ उनले सुनाइन्, ‘तर प्रशिक्षणले पुनः लयमा फर्किएँ ।’ Advertisement उनी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि लुम्बिनीस्तरीय छनोट खेल्न भैरहवामा आइपुगेकी हुन् । २४ वर्षीया अनिताको ‘कमब्याक’ को यो पहिलो प्रतियोग...
हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

खेलकुद
हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। आइतबार भएको खेलमा शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ गोलले पराजित गर्दै सिजनमा पहिलो जित हात पारेको हो। Advertisement खेलको चौथो मिनेटमै शेर्पाले अग्रत लिएको थियो। उसका लागि मुस्ताबाले हेडमार्फत गोल गरे। ५३ मिनेटमा ब्रिगेडले बराबरी गोल फर्काए। ब्रिगेडका लागि भुवन बस्नेतले उत्कृष्ट फिनिसिङ गरेका थिए। शेर्पाका लागि ७४ मिनेटमा सुरेश कुमालले दोस्रो गोल गरे।  यस्तै दोस्रो हाफको इन्जुरी समयमा शेर्पाका लागि मनिष थापाले तेस्रो गोल गरेका  थिए। जितसँगै शेर्पाले ५ खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ। ब्रिगेडको पनि ५ अंक छ भने अंक तालिकामा नवौं स्थानमा छ। लिगमा सोमबार पाँचौ  चरणको अन्तिम खेल हुँदैछ। अन्तिम खेलमा पुछारको नेपाल एपिएफ क्लब र पुछारबाट द...