२०८१ बैशाख १३

तुलसीपुरमा कांग्रेस नेता खुमबहादुरको स्मृतिमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

दाङको तुलसीपुरमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगितामा सुरू भएको छ।

दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा सुरू भएको हो।
 
नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा ‘युथ अफ तुलसीपुर’को आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो।


Advertisement



प्रतियोगिताको उद्घाटनका क्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल र नेता खुमबहादुरका छोरा अनुराग खड्काले खेल खेलेर उद्घाटन गरेका हुन्।  

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए।  

कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको हमालले तर्क गरे। 
 
मन्त्री हमालले खेलकुदको विकास र प्रवर्द्धनमा स्वर्गीय नेता खड्काको महत्वपूर्ण भूमिका रहेको चर्चा पनि गरे। खेलकुदले मेलमिलापको सन्देश दिने उनको भनाइ छ। 



टेबलटेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको बताए। 

प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता छ।  जसको पुरस्कारको राशी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा मेन्स टिम र वुमेन्स टिमको प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार, तृतीय पुरस्कार नगद ५/५ हजार र सान्त्वनाले पनि ५/५ हजार प्राप्त गर्नेछन्।
 
त्यस्तै, मेन्स र वुमेन्स सिंगलतर्फ नगद ४०/४० हजार, द्वितीय पुरस्कार २०/२० हजार, तृतीय र सान्त्वना पुरस्कार ५/५ हजार रहेको आयोजकले जनाएको छ।

त्यस्तै, मेन्स र वुमेन्सको जुनियरतर्फ प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार र तृतीय र सान्तोना नगद ५/५ हजार पुरस्कार राशी रहेको छ।

प्रतियोगिता  १८ गतेसम्म संचालन हुने आयोजक संस्थाले जाकारी दिएको छ।

Copy link
Powered by Social Snap