२०८१ बैशाख १४

हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ।

आइतबार भएको खेलमा शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ गोलले पराजित गर्दै सिजनमा पहिलो जित हात पारेको हो।


Advertisement


खेलको चौथो मिनेटमै शेर्पाले अग्रत लिएको थियो। उसका लागि मुस्ताबाले हेडमार्फत गोल गरे।

५३ मिनेटमा ब्रिगेडले बराबरी गोल फर्काए। ब्रिगेडका लागि भुवन बस्नेतले उत्कृष्ट फिनिसिङ गरेका थिए।

शेर्पाका लागि ७४ मिनेटमा सुरेश कुमालले दोस्रो गोल गरे।  यस्तै दोस्रो हाफको इन्जुरी समयमा शेर्पाका लागि मनिष थापाले तेस्रो गोल गरेका  थिए।

जितसँगै शेर्पाले ५ खेलबाट ५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ। ब्रिगेडको पनि ५ अंक छ भने अंक तालिकामा नवौं स्थानमा छ।

लिगमा सोमबार पाँचौ  चरणको अन्तिम खेल हुँदैछ। अन्तिम खेलमा पुछारको नेपाल एपिएफ क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।

Copy link
Powered by Social Snap