२०८२ मंसिर २८

खेलकुद

दक्षिण अफ्रिका पहिलो पारीमा २०२ रनमै समेटियो भारत

दक्षिण अफ्रिका पहिलो पारीमा २०२ रनमै समेटियो भारत

खेलकुद
दक्षिण अफ्रिकाविरूद्ध दोस्रो टेष्टको पहिलो पारीमा भारत २०२ रनमै समेटिएको छ।  Advertisement जोहान्सवर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिनको खेल नसकिँदै ६३.१ ओभरमा अलआउट भयो। उसका लागि कप्तान केएल राहुलले सर्वाधिक अर्धशतकीय पारी खेले। उनले १३३ बलमा ९ चौकासहित ५० रन जोडे। नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा दोस्रो टेष्टमा राहुलले कप्तानी गरिरहेका हुन्। त्यस्तै, रविचन्द्रन आश्विनले ४४, मयङ्क अग्रवालले २६, हनुमा बिहारीले २० र ऋषभ पन्तले १७ रनको योगदान दिए। जसप्रित बुमराहले अविजित पारी खेले । उनले ११ बलमा एक छक्का र दुई चौकासहित अविजित १४ रन जोडे।  भारतका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतलाई सस्तैमा रोक्न अफ्रिकाका मार्को जेनसनले चार विकेट लिए। यस्तै कागिसो रबाडा र दाउने ओलिभियरले समान तीन-तीन विकेट हात प...
सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

खेलकुद
सातदोबाटो युथ क्लवलाई हराउँदै हिमालयन शेर्पा क्लव राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको छ। Advertisement सोमबार दशरथ रंगशालमा भएको खेलमा हिमालयन शेर्पा क्लवले सातदोवाटो युथ क्लवमाथि १-० गोलअन्तरको कठिन जित निकालेको हो। ‍शेर्पाका कप्तान विश्वास श्रेष्ठले पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।  खेलको ४४ औं मिनेटमा पिटर सेगुनले त्रिदेव गुरूङलाई डि बक्सभित्र फल गरेपछि शेर्पाले पेनाल्टी पाएको थियो। उक्त अवसरलाई कप्तान श्रेष्ठले खेर फालेनन्।  खेलको अन्तिम समयमा विदेशी खेलाडी मार्टिन नाङ्गाले पेनाल्टीमा गोल गर्न नसक्दा सातदोबाटोले बराबरीको मौका गुमायो। यो जितसँगै सात खेलबाट ११ अंक जोडेको शेर्पा लिगको पाँचौं स्थानमा उक्लिएको छ।  समान खेलबाट ८ अंक जोडेको सातदोबाटो आठौं स्थ...
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू, २० खेलाडीले गरे रिपोर्टिङ

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू, २० खेलाडीले गरे रिपोर्टिङ

खेलकुद
आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी-२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट प्रशिक्षण सुरू गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि प्रशिक्षण सुरू भएको हो। बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन्। २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरिसकेका छन्। ९ जना खेलाडीले बेलुकासम्म क्यानलाई रिपोर्टिङ गर्ने भएका छन्। Advertisement शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो मैदानमा उपस्थित भएर अभ्यास थालिसकेका छन्। सागर ढकाल, विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरि...
कर्णाली प्रदेश खेलकुद परिषद्ले दुई महिला खेलाडीलाई नगद पुरस्कार दिने

कर्णाली प्रदेश खेलकुद परिषद्ले दुई महिला खेलाडीलाई नगद पुरस्कार दिने

खेलकुद
कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रदेशका दुई महिला खेलाडीलाई पुरस्कार घोषणा गरेको छ।  Advertisement आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा बसेको परिषद्को बैठकले जुम्लाकी सुनमाया बुढा र जाजरकोटकी कामना विष्टलाई पुरस्कार दिने घोषणा गरेको हो। परिषद्ले सुनमायालाई २ लाख र कामनालाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरुप पुरस्कार दिने निर्णय गरेको हो। जुम्लाकी सुनमाया हालै थाइल्याण्डमा भएको एसियन अल्ट्रा ट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी थिइन्। त्यस्तै उनी उक्त प्रतियोगितामा सहभागी दुई हजार प्रतियोगीमध्ये तेस्रो भएकी थिइन्।  बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगीता सहभागी जाजरकोटकी कामनाले नेपाललाई उपाधि दिलाउन आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी नेपाल प्रहरी क्लबबाट प्रतिनिधित्व गर्दै ढाकामा...
तुलसीपुरमा कांग्रेस नेता खुमबहादुरको स्मृतिमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

तुलसीपुरमा कांग्रेस नेता खुमबहादुरको स्मृतिमा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

खेलकुद
दाङको तुलसीपुरमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगितामा सुरू भएको छ। दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा सुरू भएको हो। नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा ‘युथ अफ तुलसीपुर’को आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो। Advertisement प्रतियोगिताको उद्घाटनका क्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल र नेता खुमबहादुरका छोरा अनुराग खड्काले खेल खेलेर उद्घाटन गरेका हुन्।   कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए।   कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको हमालले तर...
नेपाली क्रिकेटको हविगत: लक्ष्य विश्वकप, बन्द प्रशिक्षण हुनै लाग्दा पनि टिम लथालिङ्ग

नेपाली क्रिकेटको हविगत: लक्ष्य विश्वकप, बन्द प्रशिक्षण हुनै लाग्दा पनि टिम लथालिङ्ग

खेलकुद
सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा आइसिसी टी-२० विश्वकप आयोजना हुँदैछ। १६ टिमबीच प्रतिस्पर्धा हुने विश्वकपका लागि १२ टिमको टुंगो लागिसकेको छ। ४ टिमको टुंगो लाग्न बाँकी छ। टी-२० विश्वकपमा छनोट हुन बाँकी ४ टिमका लागि १६ टिमबीच विश्व छनोटमा प्रतिस्पर्धा हुँदैछ। आइसिसीले १६ टिमलाई पनि दुई समूहमा विभाजन गर्दै एक समूहमा ८ टिमलाई समावेश गरेको छ। ८ टिम सम्मिलित समूहबाट शीर्ष २-२ टिम गरी ४ टिमले १० महिनापछि अस्ट्रेलियामा हुने विश्वकपको टिकट काट्नेछन्। नेपाल आइसिसी टी-२० वरीयताको आधारमा यसअघि नै विश्व छनोटमा पुगिसकेको छ। नेपाल छनोटको समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्। Advertisement आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुने छनोटमा नेपाल शीर्ष दुईमा पर्न सके विश्वक...
राष्ट्रिय फुटबलरलाई शरीरमा ट्याटू बनाउन प्रतिबन्ध

राष्ट्रिय फुटबलरलाई शरीरमा ट्याटू बनाउन प्रतिबन्ध

खेलकुद
चीनको राष्ट्रिय फुटबल टिमबाट खेल्ने खेलाडीलाई शरीरमा ट्याटू खोप्न प्रतिबन्ध लगाइएको छ। यस्तै यसअघि खोपिएका ट्याटूलाई हटाउन पनि भनिएको छ। नयाँ नर्देशनअनुसार यो नियम लागू हुने भएको हो।  Advertisement चीनको खेलकुदको प्रशासन निकायले राष्ट्रियस्तर र युवा टोलीमा ट्याटु बनाएका नयाँ खेलाडी भर्ना गर्न "कडा प्रतिबन्ध" गरेको बताएको छ।  प्रशासनले यो कदमले "समाजको लागि राम्रो उदाहरण" बनाउन मद्दत गर्ने बताएको छ। डिफेन्डर झाङ लिनपेङसहितका स्टार खेलाडीहरु जसले पहिले नै ट्याटू खोपेका छन्, उनीहरूलाई ट्याटू छोप्न भनिएको छ।  चीनले सन् २०१८ को मध्यदेखि ट्याटू बनाउन रोक्नको लागि नियमनलाई बढाउँदै लगेको छ। केही व्यवसायिक फुटबलरहरूले आफ्नो शरीरको ट्याटू लुकाउन आफ्नो हात लामो बाहुलाले छोप्दै आएका छन्। चीनको खेलकुदको प्रशासनले जारी गरेको एक व...
राष्ट्रिय रेस्लिङ पुस १७ मा

राष्ट्रिय रेस्लिङ पुस १७ मा

खेलकुद
काठमाडौँ — नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लू विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ मा हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । Advertisement पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभीवेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडलवेट च्याम्पियनले ५० हजार, टयाग टिम च्याम्पियनले ४५ हजार र लाइटवेट च्याम्पियनले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । बूढानीलकण्ठ नपा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीय पर्यटनको प्रवर्द्धनमा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले कोभिड महामारीले थलिएको पर्यटन माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने अपेक्षा गरिन् । ...
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफको लगातार दोस्रो जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफको लगातार दोस्रो जित

खेलकुद
धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार दोस्रो जित हात पारेको छ।  बुधबार सुदूरपश्चिम प्रदेशलाई ८९ रनको फराकिलो अन्तरले हराउँदै एपिएफले लगातार दोस्रो जित निकालेको हो। Advertisement पहिले ब्याटिङ गर्दै एपिएफले दिएको १२९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो। सुदूरपश्चिमका लागि रूवी पौदार र कप्तान ऋतु कनौजियाले समान १०-१० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अतिरिक्तबाट सुदूरपश्चिमले ७ रन पाएको थियो।  सुदूरपश्चिमलाई सस्तैमा समेट्न करूणा भण्डारीले सर्वाधिक ४ विकेट लिइन्।  ४ ओभर बलिङ गरेकी भण्डारीले ७ रन खर्चिएर ४ विकेट हात पारिन्। यस्तै सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले एक-एक वि...
१० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोनाले बराबरी खेल्यो

१० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोनाले बराबरी खेल्यो

खेलकुद
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सेभिल्लासँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो। Advertisement बार्सिलोनाका लागि रोनाल्ड अरौजोले गोल गर्दा सेभिल्लाका लागि पपु गोमेजले गोल गरेका थिए। खेलको ३२ औं मिनेटमा गोल गर्दै सेभिल्लाले सुरुआती अग्रता लिएको थियो। तर अजौरोले ४५ औं मिनेटमा गोल गर्दै खेललाई पहिलो हाफमा बराबरीमा ल्याए। अत्यन्तै प्रतिश्पर्धात्मक खेलको ६४ औं मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो। तर बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। अन्ततः खेल बराबरीमा सकियो। यो बराबरीसँगै बार्सिलोना १८ खेलबाट २८ अंक जोड्दै सातौं स्थानमा छ। उता ३८ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा कायमै छ। समान खेलबाट ४३ अंक रहेको रिय...