२०८१ बैशाख ८

राष्ट्रिय रेस्लिङ पुस १७ मा

काठमाडौँ — नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लू विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ मा हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ ।


Advertisement


पाँचै विधामा नगद पुरस्कार राखिएको छ । हेभीवेट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडलवेट च्याम्पियनले ५० हजार, टयाग टिम च्याम्पियनले ४५ हजार र लाइटवेट च्याम्पियनले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

बूढानीलकण्ठ नपा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीय पर्यटनको प्रवर्द्धनमा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले कोभिड महामारीले थलिएको पर्यटन माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने अपेक्षा गरिन् ।

Copy link
Powered by Social Snap