२०८१ बैशाख १४

१० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोनाले बराबरी खेल्यो

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित सेभिल्लासँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो।


Advertisement


बार्सिलोनाका लागि रोनाल्ड अरौजोले गोल गर्दा सेभिल्लाका लागि पपु गोमेजले गोल गरेका थिए।

खेलको ३२ औं मिनेटमा गोल गर्दै सेभिल्लाले सुरुआती अग्रता लिएको थियो। तर अजौरोले ४५ औं मिनेटमा गोल गर्दै खेललाई पहिलो हाफमा बराबरीमा ल्याए।

अत्यन्तै प्रतिश्पर्धात्मक खेलको ६४ औं मिनेटमा जुलेस काउन्डेले रातो कार्ड खाएर मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो। तर बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन। अन्ततः खेल बराबरीमा सकियो।

यो बराबरीसँगै बार्सिलोना १८ खेलबाट २८ अंक जोड्दै सातौं स्थानमा छ। उता ३८ अंक जोडेको सेभिल्ला दोस्रो स्थानमा कायमै छ।

समान खेलबाट ४३ अंक रहेको रियल म्याड्रिड शीर्ष स्थानमा छ। बार्सिलोनासँग बराबरी खेलेसँगै सेभिल्लाले शीर्ष स्थानको दूरी छोट्याउने मौका गुमायो।

Copy link
Powered by Social Snap