२०८३ आश्विन १६

खेलकुद

आईपीएलका १० टिममा को-को भए रिटेन, को को रिलिज

आईपीएलका १० टिममा को-को भए रिटेन, को को रिलिज

खेलकुद
१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक गरेका छन्।  पुराना ८ र नयाँ २ सहित आईपीएलमा यसपटकदेखि १० टिमले सहभागिता हुनेछ। नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन्। अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्नेछन्। दुई नयाँ टिमले अक्सन पुलबाट तीन तीन खेलाडी छनोट गर्दा पुरानाले अधिकतम् ४ खेलाडी रिटेन गरेका छन्। जसमा एक-एक जना विदेशी खेलाडी राख्नसक्ने नयाँ प्रावधान छ। Advertisement १० टिम मध्ये मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, कोलकता नाइटराइडर्स र दिल्ली क्यापिटल्सले चार चार खेलाडीलाई रिटेन गरेका छन्।  यस्तै...
हिमालय शेर्पालाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

हिमालय शेर्पालाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

खेलकुद
नेपाल पुलिस क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार पोखरामा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। Advertisement निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि ४-४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडेन डेथबाट निर्णय लिएको हो। सडेन डेथमा हिमालयन शेर्पाका पूर्णबहादुर गुरूङको प्रहार नेपाल पुलिसका गोलकिपर रोशन खड्काले बचाएका थिए। सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजेले गोल गरेका थिए भने शेर्पाका जीवन गुरूङले मात्र गोल गरेका थिए। त्यसअघि पेनाल्टी सुटआउटमा पुलिसका कपिल ढकाल र शेर्पाका अर्लि...
अष्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक, यस्तो छ नेपालको सम्भावना

अष्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक, यस्तो छ नेपालको सम्भावना

खेलकुद
अष्ट्रेलियामा हुने आईसीसी पुरूष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने भएको छ ।  पहिलो चरण अन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ मा अष्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ। Advertisement आइसिसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार अक्टुबर १६ देखि समूह चरणका खेल हुनेछन्।  पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन्। त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्टइन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन्। ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ। यी दुई प्रतियोगिताबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन्।  प्रतियोगिताको सुपर १२ को खेलहरू अक्टोबर २२ बाट सुरू हुनेछन्। सुपर १२ को पहिलो खेलमा आयोजक अष्ट्रेलि...
साविक विजेता बार्सिलोना कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

साविक विजेता बार्सिलोना कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

खेलकुद
साविक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ। गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग ३–२ गोल अन्तरमा पराजित हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्किएको हो। Advertisement सान मामेस बारिया बिल्वाओमा बिल्वाओलाई जिताउन इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गरेका थिए। बिहीबार राति खेलको दोस्रो मिनेटमै इकर मुनिएनको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। खेलको २०औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।  पहिलो हाफसम्म बराबरी रहेको खेलको ८६ औं मिनेटमा ८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्वाओलाई जिततर्फ अग्रसर गराए। तर, इन्ज्युरी समयमा पेड्रीले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। त्यसपछि अतिरिक्त सम...
पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा परेका लोकेश र विवेक को हुन्?

पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा परेका लोकेश र विवेक को हुन्?

खेलकुद
नेपालले आगामी महिना आइसिसी टी-२० विश्वकपका लागि छनोट प्रतियोगिता खेल्दैछ। प्रतियोगिताका लागि नेपालले बिहीबार १६ सदस्यीय टिम घोषणा गरेको छ। छनोटको समूह विभाजनमा नेपाल समूह 'ए' मा छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्। विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्। विश्व छनोटका लागि घोषणा गरिएको नेपाली टिममा दुई खेलाडीले पहिलोपटक स्थान पाएका छन्। पहिलो पटक स्थान पाउने दुवै खेलाडी नेपालको यू-१९ टिमबाट खेलिसकेका खेलाडी हुन्। दुवैले बुधबार सकिएको प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल देखाएर राष्ट्रिय टिमको ढोका खोलेका हुन्। Advertisement लोकेश बम २० वर्षीय ब्याट्सम्...
राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

खेलकुद
नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। Advertisement वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। आर्मीका कमला चन्दले ४, निलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल  गरे। आर्मीकी अन्जना चन्द ‘वुमन अफ द म्याच’ घोषित भइन्। नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोश्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो। कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे। गण्डकीकी सविना पुन राना ‘वुमन अफ द म्याच’ बनिन्। विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ। अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाएका छन्। दुवै सेमिफाइनल शुक्रब...
रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनलाई हराउँदै हरिबहादुर थापा प्यानलसहित निर्वाचित

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनलाई हराउँदै हरिबहादुर थापा प्यानलसहित निर्वाचित

खेलकुद
रूपन्देही क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन्। Advertisement भैरहवामा बुधबार सम्पन्न संघको चौथो अधिवेशनबाट क्रिकेटर शक्ति गौचनलाई २४ मतले हराउँदै व्यवसायी थापा विजयी भएका हुन्। थापाले ६४ मत प्राप्त गर्दा  उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका थिए। थापा र गौचन प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए। पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन्। उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री विजयी भए। उनका प्रतिद्वन्द्वी राजु खड्काले ४४ मत मात्र पाए। यस्तै सचिवमा ६५ मतसहित सञ्जय गुरूङ निर्वाचित भए। उनका प्रतिद्वन्द्वी दिपक शर्मा भुर्तेलले ३९ मत मात्र पाएका थिए। यस्तै कोषाध्यक्षमा ५ मतले हराउँदै निरजप्रताप खाँण निर्वाचित भएका छन्। खाँडले ५३ मत पाउँदा दिपेन्द्र लाम्गादेले ४९ मत प...
पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

खेलकुद
सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। Advertisement १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो।  पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ३ चौका र १ छक्का प्रार गरे। खराब ओपनिङ गरेको पुलिसका ओपनरद्वय पवन सराफ गोल्डेन डकआउट हुँदा अमित श्रेष्ठ पनि ३ रनमा आउट भए। दुवैलाई किशोर महतोले आउट गरेका थिए। त्यसपछि अनिलकुमार साह १० रन र आरिफ शेख १२ रनमा आउट हुँदा पुलिस सुरुमै संकटमा परेको थियो।  तर दीपेन्द्रले दिलीप नाथसँग ५६ रनको साझेदारी गरेपछि पुलिसको ...
प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

खेलकुद
राजधानीमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन्।  Advertisement मंगलबार भएको सेमिफाइल खेलमा एपीएफले अर्को विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पन्छाउँदै  उपाधि नजिक पुगेको हो। एपीएफ र पुलिसले त्यसअघि समूह चरणमा आफ्ना सबै खेल जितेका थिए।  प्रतियोगितामा ७ वटा प्रदेश तीन विभागीय टिम गरी कुल १० टीमलाई दुई वटा समूहमा बाँडेर खेलाइएको थियो। पुस २६ देखि सुरु भएको खेलको फाइनल आज बिहान १० बजे त्रिवि मैदान कीर्तिपुरमा सुरू हुनेछ। प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिता सर्वोत्कृष्...
हरिकेन्सले जित निकालेको खेलमा सन्दीपको दुई विकेट

हरिकेन्सले जित निकालेको खेलमा सन्दीपको दुई विकेट

खेलकुद
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार अस्ट्रेलियाको बिग ब्यास लिगमा दुई विकेट लिएका छन्। Advertisement बिहीबार मेलवर्न रेनेगड्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले दुई विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दा २७ रन खर्चिए। १३ बल डट फ्याँकेका सन्दीपले ३ चौका र १ छक्का दिए। खेलमा सन्दीप आबद्ध हरिकेन्स ६ रनले विजयी भयो। पहिले ब्याटिङ गरेको हरिकेन्सले ५ विकेटको क्षतिमा १८२ रन जोड्यो।  हरिकेन्सका लागि कप्तान मेथ्यु वेडले ४८ रन र टिम डभिडले नटआउट ४६ रन जोडे। १८३ रनको लक्ष्य पछ्याएको मेलवर्नले २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन जोड्यो। मेलवर्नका लागि आरोन फिन्चले ७५ रन र साउन मार्सले ५१ रन जोडे। सन्दीपले मेलवर्नका मार्सलाई र उन्मुक्त चन्दलाई ६ रनमा आउट गरे। जारी लिगमा हरिकेन्स १२ खेलमा २७ अंक जोडेर पाँचौ स्थानमा छ। अन्...