२०८२ मंसिर २६

खेलकुद

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनलाई हराउँदै हरिबहादुर थापा प्यानलसहित निर्वाचित

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनलाई हराउँदै हरिबहादुर थापा प्यानलसहित निर्वाचित

खेलकुद
रूपन्देही क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन्। Advertisement भैरहवामा बुधबार सम्पन्न संघको चौथो अधिवेशनबाट क्रिकेटर शक्ति गौचनलाई २४ मतले हराउँदै व्यवसायी थापा विजयी भएका हुन्। थापाले ६४ मत प्राप्त गर्दा  उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका थिए। थापा र गौचन प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए। पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन्। उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री विजयी भए। उनका प्रतिद्वन्द्वी राजु खड्काले ४४ मत मात्र पाए। यस्तै सचिवमा ६५ मतसहित सञ्जय गुरूङ निर्वाचित भए। उनका प्रतिद्वन्द्वी दिपक शर्मा भुर्तेलले ३९ मत मात्र पाएका थिए। यस्तै कोषाध्यक्षमा ५ मतले हराउँदै निरजप्रताप खाँण निर्वाचित भएका छन्। खाँडले ५३ मत पाउँदा दिपेन्द्र लाम्गादेले ४९ मत प...
पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

खेलकुद
सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। Advertisement १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो।  पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ३ चौका र १ छक्का प्रार गरे। खराब ओपनिङ गरेको पुलिसका ओपनरद्वय पवन सराफ गोल्डेन डकआउट हुँदा अमित श्रेष्ठ पनि ३ रनमा आउट भए। दुवैलाई किशोर महतोले आउट गरेका थिए। त्यसपछि अनिलकुमार साह १० रन र आरिफ शेख १२ रनमा आउट हुँदा पुलिस सुरुमै संकटमा परेको थियो।  तर दीपेन्द्रले दिलीप नाथसँग ५६ रनको साझेदारी गरेपछि पुलिसको ...
प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

खेलकुद
राजधानीमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन्।  Advertisement मंगलबार भएको सेमिफाइल खेलमा एपीएफले अर्को विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पन्छाउँदै  उपाधि नजिक पुगेको हो। एपीएफ र पुलिसले त्यसअघि समूह चरणमा आफ्ना सबै खेल जितेका थिए।  प्रतियोगितामा ७ वटा प्रदेश तीन विभागीय टिम गरी कुल १० टीमलाई दुई वटा समूहमा बाँडेर खेलाइएको थियो। पुस २६ देखि सुरु भएको खेलको फाइनल आज बिहान १० बजे त्रिवि मैदान कीर्तिपुरमा सुरू हुनेछ। प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिता सर्वोत्कृष्...
हरिकेन्सले जित निकालेको खेलमा सन्दीपको दुई विकेट

हरिकेन्सले जित निकालेको खेलमा सन्दीपको दुई विकेट

खेलकुद
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार अस्ट्रेलियाको बिग ब्यास लिगमा दुई विकेट लिएका छन्। Advertisement बिहीबार मेलवर्न रेनेगड्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले दुई विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दा २७ रन खर्चिए। १३ बल डट फ्याँकेका सन्दीपले ३ चौका र १ छक्का दिए। खेलमा सन्दीप आबद्ध हरिकेन्स ६ रनले विजयी भयो। पहिले ब्याटिङ गरेको हरिकेन्सले ५ विकेटको क्षतिमा १८२ रन जोड्यो।  हरिकेन्सका लागि कप्तान मेथ्यु वेडले ४८ रन र टिम डभिडले नटआउट ४६ रन जोडे। १८३ रनको लक्ष्य पछ्याएको मेलवर्नले २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन जोड्यो। मेलवर्नका लागि आरोन फिन्चले ७५ रन र साउन मार्सले ५१ रन जोडे। सन्दीपले मेलवर्नका मार्सलाई र उन्मुक्त चन्दलाई ६ रनमा आउट गरे। जारी लिगमा हरिकेन्स १२ खेलमा २७ अंक जोडेर पाँचौ स्थानमा छ। अन्...
आइपिएलको नयाँ टिम लखनउले भित्र्यायो राहुल, स्टोनिस र विश्वनोई

आइपिएलको नयाँ टिम लखनउले भित्र्यायो राहुल, स्टोनिस र विश्वनोई

खेलकुद
दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीको नेतृत्व गरेका केएल राहुल आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) मा लखनउ टिममा आवद्ध भएका छन्। Advertisement राहुलसँगै लखनउले अष्ट्रेलियाका अलराउण्डर मार्कस स्टोनिस र युवा लेग स्पिनर रवि विश्वनोईलाई आफ्नो टिममा राखेको छ। राहुल भित्र्याउन लखनउलले १५ करोड भारतीय रूपैयाँ खर्चिएको छ। यस्तै स्टोनिसलाई ११ करोड भारू र विश्नोईलाई चार करोड भारू खर्च गरेर टिमले भित्र्याएको हो। यो सँगै लखनउले आगामी फेब्रुअरीमा हुने मेघा अक्सनमा ६० करोड खर्च गर्न बाँकी हुनेछ। राहुललेनै लखनउको कप्तानी गर्ने सम्भावना छ। २९ वर्षिय राहुलले पछिल्लो २ सिजन पञ्जाव किङ्सको नेतृत्व गरेका थिए। सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंलोरबाट आइपिएल करियर सुरू गरेका राहुललाई सनराइज हैदारावादले १ करोड रूपैयाँमा खरिद गरेको थियो।  त्यसपछि उ...
बागमतिलाई हराउँदै नेपाल पुलिस फाइनलमा

बागमतिलाई हराउँदै नेपाल पुलिस फाइनलमा

खेलकुद
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक पुगेको छ। Advertisement मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बागमति प्रदेशलाई ५० रन हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतिमा १५५ रन जोड्यो। पुलिसका लागि ओपनर पवन सराफले ५९ रन जोडे। उनले ५४ बलमा ३ चौका र ३ छक्का हिर्काए। अनिलकुमार साहले २५ र नर दिलिप नाथले १६ बलमा नटआउट ३१ रन जोडे। बलिङमा बागमतिका नन्दन यादव र रिजन ढकालले २-२ विकेट लिए। १५६ रनको लक्ष्य पछ्याएको बागमतिले ८ विकेटको क्षतिमा १०५ रन मात्र जोड्न सक्यो। बामगतिका लागि अदिल खानले २७ रन र कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान दिए। रिजन ढकालले नटआउट १५ रन र रामनरेश गिरीले नटआउट २२ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अ...
एएसबीसी यू–२२ बक्सिङमा नेपालकी सुष्मा तामाङ भिड्ने

एएसबीसी यू–२२ बक्सिङमा नेपालकी सुष्मा तामाङ भिड्ने

खेलकुद
उज्वेकिस्तानको तास्कन्त शहरमा संचालन हुने एएसबीसी यू–२२ पुरुष-महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने भएकी छिन्।  Advertisement उनले महिला ४८ केजी मुनी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। प्रतियोगितामा भाग लिन सुष्मासहित प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकार जाँदैछन्।  तीनै जनालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सोमबार विदाई गरे। सुष्मा काठमाडौंमा सम्पन्न प्रकाश दाहाल स्मृती दोश्रो राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताका स्वर्ण पदक विजेता हुन्। उनी गत वैशाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङ्गमा क्वाटरफाइनलसम्म पुगेकी थिइन्।  विश्व युवा बक्सिङ्ग र्‍याकिङमा उनी छैटौं स्थानमा छिन्। कार्यक...
बिल्वाओलाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

बिल्वाओलाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

खेलकुद
साविक विजेता एथलेटिको बिल्वाओलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ।  १० खेलाडीमा समेटिएको रियलले गए राती भएको फाइनलमा साविक विजेता एथलेटिको बिल्वाओलाई २–० ले हराउँदै उपाधि रक्षा गरेको हो। साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा रियललाई जिताउन लागि लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले एक-एक गोल गरे। Advertisement खेलको ३८औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गरेको थियो।  उसका लागि बेन्जेमाले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियलको जित पक्का गरे। बेन्जेमाकै कडा प्रहारलाई पेनाल्टी बक्समा बिल्बाओका यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायतामा रियललाई पेनाल्टी प्रदान गरेका थिए। खेलको ८७ औं मिन...
प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा, देवको अर्धशतकमा लुम्बिनीले गण्डकीलाई हरायो

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा, देवको अर्धशतकमा लुम्बिनीले गण्डकीलाई हरायो

खेलकुद
प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘ए’ को अन्तिम खेलअघि सेमिफाइल पूरा भएको हो। समूह ‘ए’ बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उपविजेताको रूपमा अन्तिम चारमा पुगेका छन्। शीर्ष स्थानको पुलिसले लगातार तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ। दोस्रो स्थानको आर्मीको ५ अंक छ। तेस्रो स्थानको सुदूरपश्चिमले ४ अंक र चौथो स्थानको कर्णालीले २ अंक जोडेका छन्। पाँचौ स्थानको प्रदेश एकको १ अंक छ। यो समूहमा पुलिस र प्रदेश एकबीचको खेल बाँकी छ। Advertisement यता समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजेता र बागमति प्रदेश उपविजेता बनेर सेमिफाइनल पुगेका छन्। एपिएफले ४ खेलबाट ८ अंक जोड्यो भने दोस्रो स्थानको बागमतिले ६ अंक बटुल्यो। लुम्बिनी प्रदेशले ४ अंक जोड्दा प्रदेश दुई र गण्डकीले २-२ अंक बट...
एन्फा कार्यसमितिको निर्वाचन जेठमा, सबै श्रेणीका क्लबलाई दिन तयारी रकम वृद्धि

एन्फा कार्यसमितिको निर्वाचन जेठमा, सबै श्रेणीका क्लबलाई दिन तयारी रकम वृद्धि

खेलकुद
आगामी जेठ १५ गते अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा हुने भएको छ। Advertisement शुक्रबार अबेर सकिएको एन्फा कार्यसमिति बैठकले  कार्यसमितिको निर्वाचन अर्को वर्ष जेठमा गर्ने निर्णय गरेको हो। देश संघीय संरचनामा गएपछि हुने चुनावी साधारण सभाअघि निर्देशिका जारी गर्न माघ २९ गते विशेष साधारण सभाको मिति पनि तय गरिएको छ । एन्फाको बिहीबारबाट सुरु भएको कार्यसमिति बैठक शुक्रबार अबेर मात्र सकिएको थियो। एन्फाको पछिल्लो निर्वाचन २०७५ को वैशाख २२ गते भएको थियो। शुक्रबार अबेर सकिएको बैठकले फागुन १५ देखि ३० गतेसम्म जिल्लाको अधिवेशन सक्ने र चैत १ गतेदेखि १० गतेसम्म प्रदेश कार्यसमितिको पनि चुनाव सम्पन्न गर्ने निर्णय गरेको छ । यस्तै एन्फाको बैठकले ए, बि, सि डिभिजनका क्लबलाई तयारी स्वरूप दिइँदै आएको रकमसमेत वृद्धि गर्ने निर्णय गरेको छ। सबै श्रेणीक...