२०८२ मंसिर २८

खेलकुद

म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा

म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा

खेलकुद
म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले स्वीनडन टाउनलाई ४–१ को फराकिलो अन्तरमा हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो। Advertisement म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भा, गाब्रिएल जिसस, इल्केइ गुण्डोगान र पाल्मेरले गोल गरे। स्वीनडनका लागि म्याककिर्डीले सान्तवान गोल फर्काए।  खेलको १४ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २८ औं मिनेटमा गाब्रिएल जिससले गोल गर्दै पहिलो हाफमा सिटीको अग्रता दोब्बर पारे। एक पक्षीय खेलको ५९ औं मिनेटमा इल्केइ गुण्डोगानले गोल गर्दै सिटीलाई ३-० गोल अन्तरमा अगाडि बढाए। त्यसपछि खेलको ७८ औं मिनेटमा स्वीनडनका लागि म्याककिर्डीले गोल फर्काए। तर ८२ औं मिनेटमा पाल्मेरले गोल गर्दै सिटीको जित निश्चित गरे। जितपछि म्यानचेस्टर सिटी चौ...
एपिएफको चौथो बराबरी

एपिएफको चौथो बराबरी

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चौथो बराबरी खेलेको छ। Advertisement शुक्रबार दशरथ रंगशालामा भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबसँग बराबरी खेलेको हो। खेल गोलरहित बराबरीमा सकिएको हो। बराबरीसँगै अंक तालिकाको दशौं स्थानको एपिएफले ८ खेलबाट ७ अंक जोडेको छ। रेलिगेसनबाट बच्न संघर्षरत एपिएफले सिजनमा चार खेलमा बराबरी खेलिसकेको छ। एक खेलमा जित हात पारेको एपिएफ ३ खेलमा पराजित भएको छ। यता नवौं स्थानको जावलाखेलको ८ खेलबाट ८ अंक भएको छ। जवालाखेलले २ जित निकाल्दा २ बराबरी खेलेको छ। जावलाखेल ४ खेलमा पराजित भएको छ। ...
१० किलोमिटरको केटीएम रन हुने

१० किलोमिटरको केटीएम रन हुने

खेलकुद
केटीएम रन माघ १५ गते आयोजना हुने भएको छ। शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केटीएम रन टेन केको मिति सार्वजनीक गरेको हो। रन हरेक अंग्रेजी नयाँ वर्षको अन्तिम शनिबार आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको हो। Advertisement महिला र पुरुष गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सातौंदेखि दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ। सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहित आवश्यक सामाग्री उपलब्ध गराउने बताईएको छ। खेलाडी दर्ता पुस २९...
शक्ति गौचनले क्रिकेट संघ रूपन्देही अध्यक्षमा उम्मेदवारी दिने

शक्ति गौचनले क्रिकेट संघ रूपन्देही अध्यक्षमा उम्मेदवारी दिने

खेलकुद
नेपाली राष्ट्रिय टिमका पूर्व स्पिनर शक्ति गौचनले रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल रूपेन्देहीमा स्टार क्रिकेट एकेडेमी संचालन गरिरहेका गौचनले माघ ५ गते हुने जिल्ला क्रिकेट संघको अधिवेसनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। Advertisement गौचनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै सम्बन्धित व्यक्तिबाट सहयोगको आसा गरेका छन्।  ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेटको विकासका निमित्त, नयाँ सोच लिएर रूपन्देही जिल्लालाई देशकै उत्कृष्ट जिल्ला बनाउने उद्देश्यका यसपटक जिल्ला क्रिकेट संघको चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्न गइरहेको छु। सम्बन्धित व्यक्ति र पदाधिकारीबाट सहयोग र शुभेच्छाको आसा गरेको छु,’ उनले भने।  नेपाल क्रिकेट संघ (क्यान) ले चार वर्षे कार्यकाल सकिएका जिल्लाहरूमा निर्वा...
प्रधानमन्त्री कप टी-२० फर्म्याटमा,आर्मी र पुलिस एउटै समूहमा

प्रधानमन्त्री कप टी-२० फर्म्याटमा,आर्मी र पुलिस एउटै समूहमा

खेलकुद
आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि प्रधानमन्त्री कपलाई टी-२० फर्म्याटमा खेलाइने भएको छ। Advertisement यसअघि एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रतियोगिता यसपटक भने टी-२० फर्म्याटमा हुने भएको हो। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार विश्वकप छनोटको तयारीका लागि प्रधानमन्त्री कपलाई टी-२० फर्म्याटमा झारिएको हो।  प्रतियोगितमा १० टिमबीच प्रतिस्पर्धा हुँदैछ।  समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ परेका छन्।  यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश २,  बागमति प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।  खेलहरू त्रिवि मैदान कीर्तिपुर र मूलपानी ...
ढाका म्याराथनमा नेपालका तीन धावकले प्रतिस्पर्धा गर्ने

ढाका म्याराथनमा नेपालका तीन धावकले प्रतिस्पर्धा गर्ने

खेलकुद
बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ। Advertisement जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन्। पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए। त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए। नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। प्रशिक्षकमा मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतले बुधबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच बिही...
दक्षिण अफ्रिका भारतविरुद्ध बलियो अवस्थामा

दक्षिण अफ्रिका भारतविरुद्ध बलियो अवस्थामा

खेलकुद
भारतविरूद्धको दोस्रो टेस्टमा घरेलु टोली दक्षिण अफ्रिका जित नजिक पुगेको छ। २ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवस्थामा छ। दक्षिण अफ्रिकालाई अब जितको लागि १ सय २२ रन आवश्यक छ। Advertisement दक्षिण अफ्रिका कप्तान डिन एल्गर ४६ रनमा अविजित रहँदा रास्सी भान डर डुसेस ११ रन बनाएर खेलिरहेका छन्। यसअघि ओपनर एडेन मारक्रमले ३१ रन बनाएर आउट भए भने किगन पिटरसनले २८ रन जोडे। भारतका लागि तीव्र गतिका बलर शार्दुल ठाकुर र रविचन्द्रन आश्विनले १-१ विकेट लिए। त्यसअघि तेस्रो दिन नै भारत दोस्रो इनिङमा २ सय ६६ रनमा अल आउट भयो। भारतका लागि अजिक्या रहाणेले सर्वाधिक ५८ रन बनाए। चेतेश्वर पुजाराले ५३ रन जोडेका थिए। तेस्रो विकेटका लागि रहाणे र पुजाराले १ सय ११ रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको सम्भावना ...
सन्दीपले लिए २ विकेट

सन्दीपले लिए २ विकेट

खेलकुद
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बुधबार अस्ट्रेलियाको बिग ब्यास लिगमा दुई विकेट लिएका छन्।   बुधबार एडिलेड स्ट्राइकर्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले दुई विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिए। ८ बल डट फ्याँकेका सन्दीपले १ चौका मात्र दिए। Advertisement सन्दीपले एडिलेडका हेनरी हन्टलाई १८ रन र माट रेनशलाई १९ रनमा आउट गरे। https://twitter.com/BBL/status/1478673562869243905?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1478673562869243905%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2F खेलमा सन्दीप आबद्ध हरिकेन्स ७ विकेट पराजित भयो। पहिले ब्याटिङ गरेको हरिकेन्सले १ बल बाँकी छदा  १२६ रनमा आउट भए।  १२७ रनको लक्ष्य एडिलेडले १५.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। जारी ...
दक्षिण अफ्रिकाविरूद्ध भारतलाई अग्रता

दक्षिण अफ्रिकाविरूद्ध भारतलाई अग्रता

खेलकुद
भारतले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा अग्रता लिएको छ। दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २० ओभरमा ८५–२ को अवस्थामा छ। पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा ५८ रनको अग्रता लिएको हो। Advertisement भारतका चेतेश्वर पुजारा ३५ र अजिक्या रहाणे ११ रनमा अविजित छन्। यसअघि ओपनर मयंक अग्रवाल २३ र लोकेश राहुल ८ रन बनाएर आउट भएका थिए।  दक्षिण अफ्रिका मार्को ज्यानसन र डुआने ओलिवियरले १–१ विकेट लिएका थिए। दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय २९ रनमा अल आउट भयो। समग्रमा भारतले २७ रनको अग्रता लिएको थियो। दक्षिण अफ्रिका किगन पिटरसनले सर्वाधिक ६२ रन बनाए। टेम्बा बभुमाले ५१ रन बनाएर आउट भए।  अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। कप्तान डिएन एल्गरले २८ रन बनाउँदा मार्को ज्यानसन, केशव महाराज र विके...
नेपालले बंगलादेशको कराते च्याम्पियनसिपमा जित्यो चार स्वर्ण

नेपालले बंगलादेशको कराते च्याम्पियनसिपमा जित्यो चार स्वर्ण

खेलकुद
बंगलादेशमा सम्पन्न बि–जी कराते च्यामिपयनसिप २०२१ मा नेपाल सितेरियो करातेले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ। Advertisement मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन्। लामाले कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरेकी हुन्। यस्तै पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम ब्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए। श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छिन्। उनले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण प्राप्त गरेकी छिन्। नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जोडेको छ। पासाङ्ग तामाङ्ग  ७० केजी  र राजदेव बमजन ६५ केजी रहेका छन्। दुवैले कुमितेतर्फ रजत प्राप्त ग...