२०८३ आश्विन १६

खेलकुद

आइपिएलको नयाँ टिम लखनउले भित्र्यायो राहुल, स्टोनिस र विश्वनोई

आइपिएलको नयाँ टिम लखनउले भित्र्यायो राहुल, स्टोनिस र विश्वनोई

खेलकुद
दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीको नेतृत्व गरेका केएल राहुल आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) मा लखनउ टिममा आवद्ध भएका छन्। Advertisement राहुलसँगै लखनउले अष्ट्रेलियाका अलराउण्डर मार्कस स्टोनिस र युवा लेग स्पिनर रवि विश्वनोईलाई आफ्नो टिममा राखेको छ। राहुल भित्र्याउन लखनउलले १५ करोड भारतीय रूपैयाँ खर्चिएको छ। यस्तै स्टोनिसलाई ११ करोड भारू र विश्नोईलाई चार करोड भारू खर्च गरेर टिमले भित्र्याएको हो। यो सँगै लखनउले आगामी फेब्रुअरीमा हुने मेघा अक्सनमा ६० करोड खर्च गर्न बाँकी हुनेछ। राहुललेनै लखनउको कप्तानी गर्ने सम्भावना छ। २९ वर्षिय राहुलले पछिल्लो २ सिजन पञ्जाव किङ्सको नेतृत्व गरेका थिए। सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंलोरबाट आइपिएल करियर सुरू गरेका राहुललाई सनराइज हैदारावादले १ करोड रूपैयाँमा खरिद गरेको थियो।  त्यसपछि उ...
बागमतिलाई हराउँदै नेपाल पुलिस फाइनलमा

बागमतिलाई हराउँदै नेपाल पुलिस फाइनलमा

खेलकुद
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक पुगेको छ। Advertisement मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बागमति प्रदेशलाई ५० रन हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतिमा १५५ रन जोड्यो। पुलिसका लागि ओपनर पवन सराफले ५९ रन जोडे। उनले ५४ बलमा ३ चौका र ३ छक्का हिर्काए। अनिलकुमार साहले २५ र नर दिलिप नाथले १६ बलमा नटआउट ३१ रन जोडे। बलिङमा बागमतिका नन्दन यादव र रिजन ढकालले २-२ विकेट लिए। १५६ रनको लक्ष्य पछ्याएको बागमतिले ८ विकेटको क्षतिमा १०५ रन मात्र जोड्न सक्यो। बामगतिका लागि अदिल खानले २७ रन र कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान दिए। रिजन ढकालले नटआउट १५ रन र रामनरेश गिरीले नटआउट २२ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अ...
एएसबीसी यू–२२ बक्सिङमा नेपालकी सुष्मा तामाङ भिड्ने

एएसबीसी यू–२२ बक्सिङमा नेपालकी सुष्मा तामाङ भिड्ने

खेलकुद
उज्वेकिस्तानको तास्कन्त शहरमा संचालन हुने एएसबीसी यू–२२ पुरुष-महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने भएकी छिन्।  Advertisement उनले महिला ४८ केजी मुनी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। प्रतियोगितामा भाग लिन सुष्मासहित प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकार जाँदैछन्।  तीनै जनालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सोमबार विदाई गरे। सुष्मा काठमाडौंमा सम्पन्न प्रकाश दाहाल स्मृती दोश्रो राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताका स्वर्ण पदक विजेता हुन्। उनी गत वैशाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङ्गमा क्वाटरफाइनलसम्म पुगेकी थिइन्।  विश्व युवा बक्सिङ्ग र्‍याकिङमा उनी छैटौं स्थानमा छिन्। कार्यक...
बिल्वाओलाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

बिल्वाओलाई हराउँदै रियल म्याड्रिड सुपर कप च्याम्पियन

खेलकुद
साविक विजेता एथलेटिको बिल्वाओलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ।  १० खेलाडीमा समेटिएको रियलले गए राती भएको फाइनलमा साविक विजेता एथलेटिको बिल्वाओलाई २–० ले हराउँदै उपाधि रक्षा गरेको हो। साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा रियललाई जिताउन लागि लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले एक-एक गोल गरे। Advertisement खेलको ३८औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गरेको थियो।  उसका लागि बेन्जेमाले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियलको जित पक्का गरे। बेन्जेमाकै कडा प्रहारलाई पेनाल्टी बक्समा बिल्बाओका यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायतामा रियललाई पेनाल्टी प्रदान गरेका थिए। खेलको ८७ औं मिन...
प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा, देवको अर्धशतकमा लुम्बिनीले गण्डकीलाई हरायो

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा, देवको अर्धशतकमा लुम्बिनीले गण्डकीलाई हरायो

खेलकुद
प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘ए’ को अन्तिम खेलअघि सेमिफाइल पूरा भएको हो। समूह ‘ए’ बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उपविजेताको रूपमा अन्तिम चारमा पुगेका छन्। शीर्ष स्थानको पुलिसले लगातार तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ। दोस्रो स्थानको आर्मीको ५ अंक छ। तेस्रो स्थानको सुदूरपश्चिमले ४ अंक र चौथो स्थानको कर्णालीले २ अंक जोडेका छन्। पाँचौ स्थानको प्रदेश एकको १ अंक छ। यो समूहमा पुलिस र प्रदेश एकबीचको खेल बाँकी छ। Advertisement यता समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजेता र बागमति प्रदेश उपविजेता बनेर सेमिफाइनल पुगेका छन्। एपिएफले ४ खेलबाट ८ अंक जोड्यो भने दोस्रो स्थानको बागमतिले ६ अंक बटुल्यो। लुम्बिनी प्रदेशले ४ अंक जोड्दा प्रदेश दुई र गण्डकीले २-२ अंक बट...
एन्फा कार्यसमितिको निर्वाचन जेठमा, सबै श्रेणीका क्लबलाई दिन तयारी रकम वृद्धि

एन्फा कार्यसमितिको निर्वाचन जेठमा, सबै श्रेणीका क्लबलाई दिन तयारी रकम वृद्धि

खेलकुद
आगामी जेठ १५ गते अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा हुने भएको छ। Advertisement शुक्रबार अबेर सकिएको एन्फा कार्यसमिति बैठकले  कार्यसमितिको निर्वाचन अर्को वर्ष जेठमा गर्ने निर्णय गरेको हो। देश संघीय संरचनामा गएपछि हुने चुनावी साधारण सभाअघि निर्देशिका जारी गर्न माघ २९ गते विशेष साधारण सभाको मिति पनि तय गरिएको छ । एन्फाको बिहीबारबाट सुरु भएको कार्यसमिति बैठक शुक्रबार अबेर मात्र सकिएको थियो। एन्फाको पछिल्लो निर्वाचन २०७५ को वैशाख २२ गते भएको थियो। शुक्रबार अबेर सकिएको बैठकले फागुन १५ देखि ३० गतेसम्म जिल्लाको अधिवेशन सक्ने र चैत १ गतेदेखि १० गतेसम्म प्रदेश कार्यसमितिको पनि चुनाव सम्पन्न गर्ने निर्णय गरेको छ । यस्तै एन्फाको बैठकले ए, बि, सि डिभिजनका क्लबलाई तयारी स्वरूप दिइँदै आएको रकमसमेत वृद्धि गर्ने निर्णय गरेको छ। सबै श्रेणीक...
म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा

म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा

खेलकुद
म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले स्वीनडन टाउनलाई ४–१ को फराकिलो अन्तरमा हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो। Advertisement म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भा, गाब्रिएल जिसस, इल्केइ गुण्डोगान र पाल्मेरले गोल गरे। स्वीनडनका लागि म्याककिर्डीले सान्तवान गोल फर्काए।  खेलको १४ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २८ औं मिनेटमा गाब्रिएल जिससले गोल गर्दै पहिलो हाफमा सिटीको अग्रता दोब्बर पारे। एक पक्षीय खेलको ५९ औं मिनेटमा इल्केइ गुण्डोगानले गोल गर्दै सिटीलाई ३-० गोल अन्तरमा अगाडि बढाए। त्यसपछि खेलको ७८ औं मिनेटमा स्वीनडनका लागि म्याककिर्डीले गोल फर्काए। तर ८२ औं मिनेटमा पाल्मेरले गोल गर्दै सिटीको जित निश्चित गरे। जितपछि म्यानचेस्टर सिटी चौ...
एपिएफको चौथो बराबरी

एपिएफको चौथो बराबरी

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चौथो बराबरी खेलेको छ। Advertisement शुक्रबार दशरथ रंगशालामा भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबसँग बराबरी खेलेको हो। खेल गोलरहित बराबरीमा सकिएको हो। बराबरीसँगै अंक तालिकाको दशौं स्थानको एपिएफले ८ खेलबाट ७ अंक जोडेको छ। रेलिगेसनबाट बच्न संघर्षरत एपिएफले सिजनमा चार खेलमा बराबरी खेलिसकेको छ। एक खेलमा जित हात पारेको एपिएफ ३ खेलमा पराजित भएको छ। यता नवौं स्थानको जावलाखेलको ८ खेलबाट ८ अंक भएको छ। जवालाखेलले २ जित निकाल्दा २ बराबरी खेलेको छ। जावलाखेल ४ खेलमा पराजित भएको छ। ...
१० किलोमिटरको केटीएम रन हुने

१० किलोमिटरको केटीएम रन हुने

खेलकुद
केटीएम रन माघ १५ गते आयोजना हुने भएको छ। शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केटीएम रन टेन केको मिति सार्वजनीक गरेको हो। रन हरेक अंग्रेजी नयाँ वर्षको अन्तिम शनिबार आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको हो। Advertisement महिला र पुरुष गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सातौंदेखि दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ। सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहित आवश्यक सामाग्री उपलब्ध गराउने बताईएको छ। खेलाडी दर्ता पुस २९...
शक्ति गौचनले क्रिकेट संघ रूपन्देही अध्यक्षमा उम्मेदवारी दिने

शक्ति गौचनले क्रिकेट संघ रूपन्देही अध्यक्षमा उम्मेदवारी दिने

खेलकुद
नेपाली राष्ट्रिय टिमका पूर्व स्पिनर शक्ति गौचनले रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल रूपेन्देहीमा स्टार क्रिकेट एकेडेमी संचालन गरिरहेका गौचनले माघ ५ गते हुने जिल्ला क्रिकेट संघको अधिवेसनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। Advertisement गौचनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै सम्बन्धित व्यक्तिबाट सहयोगको आसा गरेका छन्।  ‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेटको विकासका निमित्त, नयाँ सोच लिएर रूपन्देही जिल्लालाई देशकै उत्कृष्ट जिल्ला बनाउने उद्देश्यका यसपटक जिल्ला क्रिकेट संघको चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्न गइरहेको छु। सम्बन्धित व्यक्ति र पदाधिकारीबाट सहयोग र शुभेच्छाको आसा गरेको छु,’ उनले भने।  नेपाल क्रिकेट संघ (क्यान) ले चार वर्षे कार्यकाल सकिएका जिल्लाहरूमा निर्वा...