मोरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार प्रशिक्षणरत राष्ट्रिय फुटबल टोलीका खेलाडी । यही माघ १५ र १८ गते दशरथ रंगशालामा मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय खेलका लागि नेपाली टोलीका खेलाडी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा व्यस्त छन् ।
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बुधबार नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई फरक खेलका लागि दुई अलगै टिम बनाएका छन् । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने पहिलो खेल शनिबार हुनेछ ।
Advertisement
दोस्रो खेल मंगलबार हुनेछ । मैत्रीपूर्ण खेललाई लिएर प्रशिक्षक अल्मुताइरीले भनेका छन्, ‘म खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव दिन चाहन्छु । यसले भविष्यमा थप बलियो टिम बनाउन मद्दत गर्नेछ । यस्तै ...









