२०८२ मंसिर २६

खेलकुद

वेष्ट इण्डिजलाई इंग्ल्याण्डले १ रनले हरायो

वेष्ट इण्डिजलाई इंग्ल्याण्डले १ रनले हरायो

खेलकुद
वेष्ट इण्डिजविरूद्धको दोस्रो ट्वान्टी–२० खेलमा इङ्ल्याण्डले १ रनको रोमाञ्चक जित निकालेको छ। यो सँगै पाँच ट्वान्टी–२० शृंखलाका लागि वेष्टइन्डिज भ्रमणमा रहेको इङ्ल्याण्डले शृंखला १-१ को बराबरीमा पुर्‍याएको छ। इङ्ल्याण्डले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको घरेलु टोली १ सय ७० रनमा समेटिएको थियो। Advertisement निकै खराब सुरूआत गरेको वेष्टइन्डिज एक समय १५.१ ओभरमा ९८–८ को स्थितिमा थियो। हार नजिक रहेको वेष्टइन्डिजका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रोमारियो शेफर्डलाई साथ दिन दशौं नम्बरका अकिल हुसेन क्रिजमा आए। उनीहरूले २९ बलमा ७२ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए। अन्तिम ओभर बाँकी रहँदा वेष्टइण्डिज १४२ रनमा थियो। उसलाई खेल जित्नका लागि ३० रनको आवश्यकता थियो। हातमा २ विकेट थियो। इंग्ल्याण्डका बलर साकिव मोहम्मदले अन्तिम ओभर बलिङ ...
पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

खेलकुद
मनाङ मर्स्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। Advertisement आइतबार घरेलु मैदान पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोलले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो। मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ६६ मिनेटमा रूपेश केसीले गोल गर्दै मनाङलाई अग्रता दिलाए। पुलिसका डिफेन्डर अजित भण्डारीले गरेको गल्तीको फाइदा उठाउदै रुपेशले गोल गरेका थिए। अजितले क्लियर गर्न नसकेको बलमा एडिलाजाले दिएको पासमा रुपेशले गोल गरेका थिए। ८८ मिनेटमा मनाङले अग्रता दोब्बर पार्‍यो। मनाङका लागि ओलावाले अफिजले एकल प्रयासमा गोल गरेका थिए। अब मनाङले सेमिफाइनलमा माघ १३ गते थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ। यसअघि नेपाल एपिएफ क्लबले पनि अन्तिम चारमा स्थान बनाएको थि...
क्रिकइन्फो अवार्ड : सन्दीप एसोसिएट बलरको मनोनयनमा

क्रिकइन्फो अवार्ड : सन्दीप एसोसिएट बलरको मनोनयनमा

खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई क्रिकेटको चर्चित पोर्टल क्रिकइन्फोले एसोसिएट बलरको अवार्डका लागि मनोनयन गरेको छ। Advertisement इएसपिएन क्रिकइन्फो अवार्ड २०२१ का लागि एसोसिएट बलर अवार्डमा सन्दीपसहित पाँच बलर छन्। जसमा नामिबियाका तीन बलरहरू जान फ्राइलिङ्क, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ र नाइजेरियाका पिटर अहो रहेका छन्। सन्दीपलाई पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलका आधारमा अवार्डको मनोनयनमा राखिएको हो। उनले गत सेप्टेम्बर १० मा पिएनजीविरुद्धको एकदिवसीय खेलमा ६ विकेट लिँदा ११ रन खर्चिएका थिए। यो सन्दीपको एकदिवसीय खेलको उत्कृष्ट प्रदर्शन हो।  फ्राइलिङकले युएईविरुद्ध ६ विकेट लिँदा २४ रन दिएको प्रदर्शनको आधारमा मनोनयनमा राखिएको छ। यस्तै रुबेनले स्कटल्यान्डविरुद्ध टी-२० विश्वकपमा ३ विकेट लिँदा १७ रन खर्चिएका थिए...
आइपिएल २०२२ को मेघा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

आइपिएल २०२२ को मेघा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

खेलकुद
आइपिएल २०२२ को मेघा अक्सनका लागि १२ सय १४ खेलाडीले नाम दर्ता गराएका छन्। Advertisement जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन्। मेघा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा हुनेछ। मेघा अक्सनबाट १० टिमले खेलाडी छनोट गर्नेछन्। एक टिमले २५ खेलाडी टिममा राख्न पाउनेछन्। यो निमयअनुसार बढीमा २१७ खेलाडी अक्सनबाट छनोट हुनेछन्। जसमा ७० बढी विदेशी खेलाडी अक्सनबाट छनोट हुनेछन्। अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएको आइपिएलले जनाएको छ। नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको छैन। नेपाल क्रिकेट संघले पनि नाम तत्काल सार्वजनिक नहुने बताएको छ। आइपिएल अक्सनमा नेपालसहितका ८ एसोसिएट टिमका खेलाडीले नाम दर्ता गराएका छन्। नेपालसहित भुटानबाट १ जना, नामिबियाबाट ५ जना, नेदरल्यान्ड्सबाट १ जना,  युएईबाट १ जना, ओमानबाट ३ जना, स्क...
आईपीएलका १० टिममा को-को भए रिटेन, को को रिलिज

आईपीएलका १० टिममा को-को भए रिटेन, को को रिलिज

खेलकुद
१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक गरेका छन्।  पुराना ८ र नयाँ २ सहित आईपीएलमा यसपटकदेखि १० टिमले सहभागिता हुनेछ। नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन्। अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्नेछन्। दुई नयाँ टिमले अक्सन पुलबाट तीन तीन खेलाडी छनोट गर्दा पुरानाले अधिकतम् ४ खेलाडी रिटेन गरेका छन्। जसमा एक-एक जना विदेशी खेलाडी राख्नसक्ने नयाँ प्रावधान छ। Advertisement १० टिम मध्ये मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, कोलकता नाइटराइडर्स र दिल्ली क्यापिटल्सले चार चार खेलाडीलाई रिटेन गरेका छन्।  यस्तै...
हिमालय शेर्पालाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

हिमालय शेर्पालाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

खेलकुद
नेपाल पुलिस क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार पोखरामा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। Advertisement निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि ४-४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडेन डेथबाट निर्णय लिएको हो। सडेन डेथमा हिमालयन शेर्पाका पूर्णबहादुर गुरूङको प्रहार नेपाल पुलिसका गोलकिपर रोशन खड्काले बचाएका थिए। सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजेले गोल गरेका थिए भने शेर्पाका जीवन गुरूङले मात्र गोल गरेका थिए। त्यसअघि पेनाल्टी सुटआउटमा पुलिसका कपिल ढकाल र शेर्पाका अर्लि...
अष्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक, यस्तो छ नेपालको सम्भावना

अष्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक, यस्तो छ नेपालको सम्भावना

खेलकुद
अष्ट्रेलियामा हुने आईसीसी पुरूष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने भएको छ ।  पहिलो चरण अन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ मा अष्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ। Advertisement आइसिसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार अक्टुबर १६ देखि समूह चरणका खेल हुनेछन्।  पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन्। त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्टइन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन्। ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ। यी दुई प्रतियोगिताबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन्।  प्रतियोगिताको सुपर १२ को खेलहरू अक्टोबर २२ बाट सुरू हुनेछन्। सुपर १२ को पहिलो खेलमा आयोजक अष्ट्रेलि...
साविक विजेता बार्सिलोना कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

साविक विजेता बार्सिलोना कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

खेलकुद
साविक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ। गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग ३–२ गोल अन्तरमा पराजित हुँदै बार्सिलोना अन्तिम १६ बाटै घर फर्किएको हो। Advertisement सान मामेस बारिया बिल्वाओमा बिल्वाओलाई जिताउन इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गरेका थिए। बिहीबार राति खेलको दोस्रो मिनेटमै इकर मुनिएनको गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। खेलको २०औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।  पहिलो हाफसम्म बराबरी रहेको खेलको ८६ औं मिनेटमा ८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्वाओलाई जिततर्फ अग्रसर गराए। तर, इन्ज्युरी समयमा पेड्रीले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। त्यसपछि अतिरिक्त सम...
पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा परेका लोकेश र विवेक को हुन्?

पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा परेका लोकेश र विवेक को हुन्?

खेलकुद
नेपालले आगामी महिना आइसिसी टी-२० विश्वकपका लागि छनोट प्रतियोगिता खेल्दैछ। प्रतियोगिताका लागि नेपालले बिहीबार १६ सदस्यीय टिम घोषणा गरेको छ। छनोटको समूह विभाजनमा नेपाल समूह 'ए' मा छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्। विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्। विश्व छनोटका लागि घोषणा गरिएको नेपाली टिममा दुई खेलाडीले पहिलोपटक स्थान पाएका छन्। पहिलो पटक स्थान पाउने दुवै खेलाडी नेपालको यू-१९ टिमबाट खेलिसकेका खेलाडी हुन्। दुवैले बुधबार सकिएको प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल देखाएर राष्ट्रिय टिमको ढोका खोलेका हुन्। Advertisement लोकेश बम २० वर्षीय ब्याट्सम्...
राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

खेलकुद
नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। Advertisement वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। आर्मीका कमला चन्दले ४, निलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल  गरे। आर्मीकी अन्जना चन्द ‘वुमन अफ द म्याच’ घोषित भइन्। नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोश्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो। कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे। गण्डकीकी सविना पुन राना ‘वुमन अफ द म्याच’ बनिन्। विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ। अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाएका छन्। दुवै सेमिफाइनल शुक्रब...