२०८० चैत्र १६

अष्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपको खेल तालिका सार्वजनिक, यस्तो छ नेपालको सम्भावना

अष्ट्रेलियामा हुने आईसीसी पुरूष टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंकाले नामिवियाको सामना गर्ने भएको छ । 

पहिलो चरण अन्तर्गत श्रीलंका र नामिवियाबीचको खेल अक्टोबर १६ मा अष्ट्रेलियाको गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ।


Advertisement


आइसिसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार अक्टुबर १६ देखि समूह चरणका खेल हुनेछन्। 

पहिलो चरणको समूह ‘ए’ अन्तर्गत नामिविया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन्।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्टइन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन्।

ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ। यी दुई प्रतियोगिताबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन्। 

प्रतियोगिताको सुपर १२ को खेलहरू अक्टोबर २२ बाट सुरू हुनेछन्। सुपर १२ को पहिलो खेलमा आयोजक अष्ट्रेलियाले न्यूजिल्यान्डको सामना गर्नेछ।

सिड्नी क्रिकेट ग्राउण्डमा हुने पहिलो सुपर १२ को खेल स्थानीय समय अनुसार १२:४५ बजेबाट सुरू हुनेछ। 

सुपर १२ अन्तर्गत भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। 

भारत, पाकिस्तान, बंगालदेश, दक्षिण अफ्रिका र पहिलो समूहबाट आउने दुई टोली समूह २ मा हुनेछन्। 

समूह दुई अन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच मेलवर्न क्रिकेट ग्राउन्डमा अक्टुबर २३ तारिखमा हुनेछ । 

यस्तै  समूह एकमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्यूजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन्।

प्रतियोगिताको पहिलो सेमिफाइनल सिड्नी क्रिकेट ग्राउन्डमा नोभेम्बर ९ मा हुनेछ।

यस्तै एडिलेड ओभलमा नोभेम्बर १० तारिखमा दोस्रो सेमिफाइनल हुनेछ। 

नोभेम्बर १३ मा मेलवर्न क्रिकेट ग्राउन्डमा फाइनल हुनेछ।


 

नेपालको सम्भावना 

विश्वकप ग्लोबल छनोटका लागि नेपाल समूह ए मा परेको छ। ओमानमा हुने प्रतियोगितामा नेपालले आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।

विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

१६ टिमबीच प्रतिस्पर्धा हुने टी-२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन्।

सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका थिए। अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो।

सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुई भित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ।

२०२२ विश्व छनोट

समूह ए (ओमान – १५ देखि २५ फेब्रुअरी २०२२) – नेपाल, आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई – दुई टिम विश्वकपमा पुग्ने 

समूह बी (जिम्बावे – ८ देखि १८ जुलाई २०२२) – जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका – दुई टिम विश्वकपमा पुग्ने 

आइसिसी टी-२० विश्वकप २०२१ को सुपर १२ मा पुगेका –१२ टिम (अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका,वेस्ट इन्डिज र अष्ट्रेलिया)

विश्व छनोट समूह ए – २ टिम 

विश्व छनोट समूह बी – २ टिम 

जम्मा– १६ टिम

Copy link
Powered by Social Snap