२०७९ असार १६
Advertisement

Advertisement

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।


Advertisement


वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

आर्मीका कमला चन्दले ४, निलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल  गरे। आर्मीकी अन्जना चन्द ‘वुमन अफ द म्याच’ घोषित भइन्।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोश्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो। कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे। गण्डकीकी सविना पुन राना ‘वुमन अफ द म्याच’ बनिन्।

विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ। अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाएका छन्। दुवै सेमिफाइनल शुक्रबार हुने छ।

Copy link
Powered by Social Snap