२०८१ बैशाख ४

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

राजधानीमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन्। 


Advertisement


मंगलबार भएको सेमिफाइल खेलमा एपीएफले अर्को विभागिय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पन्छाउँदै  उपाधि नजिक पुगेको हो।

एपीएफ र पुलिसले त्यसअघि समूह चरणमा आफ्ना सबै खेल जितेका थिए। 

प्रतियोगितामा ७ वटा प्रदेश तीन विभागीय टिम गरी कुल १० टीमलाई दुई वटा समूहमा बाँडेर खेलाइएको थियो।

पुस २६ देखि सुरु भएको खेलको फाइनल आज बिहान १० बजे त्रिवि मैदान कीर्तिपुरमा सुरू हुनेछ।

प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ३० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २०-२० हजार प्राप्त गर्नेछन्। 

सेमिफाइनलबाट बाहिरिने आर्मी र बागमतीले समान ५०–५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। क्यानले यस पटक खेलाडीलाई म्याच फि १५ सयका दरले दिने जनाई सकेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आइसिसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ।

Copy link
Powered by Social Snap