२०८१ बैशाख ८

हरिकेन्सले जित निकालेको खेलमा सन्दीपको दुई विकेट

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार अस्ट्रेलियाको बिग ब्यास लिगमा दुई विकेट लिएका छन्।


Advertisement


बिहीबार मेलवर्न रेनेगड्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले दुई विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दा २७ रन खर्चिए। १३ बल डट फ्याँकेका सन्दीपले ३ चौका र १ छक्का दिए।

खेलमा सन्दीप आबद्ध हरिकेन्स ६ रनले विजयी भयो। पहिले ब्याटिङ गरेको हरिकेन्सले ५ विकेटको क्षतिमा १८२ रन जोड्यो। 

हरिकेन्सका लागि कप्तान मेथ्यु वेडले ४८ रन र टिम डभिडले नटआउट ४६ रन जोडे।

१८३ रनको लक्ष्य पछ्याएको मेलवर्नले २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन जोड्यो। मेलवर्नका लागि आरोन फिन्चले ७५ रन र साउन मार्सले ५१ रन जोडे।

सन्दीपले मेलवर्नका मार्सलाई र उन्मुक्त चन्दलाई ६ रनमा आउट गरे।

जारी लिगमा हरिकेन्स १२ खेलमा २७ अंक जोडेर पाँचौ स्थानमा छ। अन्तिम खेलमा जित हात पारे हरिकेन्स प्लेअफमा पुग्नेछ।

सन्दीपले १३ खेल नै खेल्दा १४ विकेट लिएका छन्। सन्दीप १३ मध्ये पाँच खेलमा विकेटविहीन बनेका छन्।

Copy link
Powered by Social Snap