२०८० चैत्र १५

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनलाई हराउँदै हरिबहादुर थापा प्यानलसहित निर्वाचित

रूपन्देही क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन्।


Advertisement


भैरहवामा बुधबार सम्पन्न संघको चौथो अधिवेशनबाट क्रिकेटर शक्ति गौचनलाई २४ मतले हराउँदै व्यवसायी थापा विजयी भएका हुन्। थापाले ६४ मत प्राप्त गर्दा  उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका थिए।

थापा र गौचन प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए। पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन्।

उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री विजयी भए। उनका प्रतिद्वन्द्वी राजु खड्काले ४४ मत मात्र पाए। यस्तै सचिवमा ६५ मतसहित सञ्जय गुरूङ निर्वाचित भए। उनका प्रतिद्वन्द्वी दिपक शर्मा भुर्तेलले ३९ मत मात्र पाएका थिए। यस्तै कोषाध्यक्षमा ५ मतले हराउँदै निरजप्रताप खाँण निर्वाचित भएका छन्। खाँडले ५३ मत पाउँदा दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका थिए।

संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचित भएकी छन् ।

अन्य सदस्यहरूमा भरत थापा, विजयसिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदयकुमार मल्लिक र श्रीराम नेपाली निर्वाचित भएको निर्वाचन अधिकृत शारदा मल्लले जानकारी दिइन्।

Copy link
Powered by Social Snap