२०८१ बैशाख २०

मोरिससका प्रशिक्षक भन्छन्– नेपाल बलियो टिम हो

काठमाडौं । मोरिसस फुटबल टिमका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताएका छन् । नेपालविरुद्धको दुई मैत्रीपूर्ण अन्तराष्ट्रिय खेलका लागि मोरिसस टिम सोमबार नेपाल आइपुगेको छ । अफ्रिकी मुलुक मोरिससको टोली १ः४५ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो । उनीहरुलाई एन्फा मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरेका थिए । 


Advertisement


त्रिभुवन विमानस्थलमा सञ्चारर्कीसँग कुरा गर्दै फान्कोइसले भने, “नेपालले माल्दिभ्समा सन्पन्न साफ च्याम्पियनसिपमा खेलेको भिडियो हामील हेरेका छौं । नेपाल बलियो प्रतिद्वन्द्वी हो । नेपालविरुद्धको यो मैत्रीपूर्ण खेलले हामीलाई अफ्रिकन कप अफ नेसन्स छनोट प्रतियोगिता खेल्न फाइदा पुग्ने विश्वास लिएका छौं । त्यसकारण पनि हामीलाई यो दुई खेल महत्वपूर्ण छ ।” 

मरिसस र नेपालले माघ १५ र १८ गते दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नेछ । मोसिसका प्रशिक्षक फ्रान्कोइसले आफ्नो टिमको एक महत्वपूर्ण खेलाडी कोभिड–१९ संक्रमणका कारण नेपाल आउन नपाएको बताए ।


 
फ्रान्कोइसले थपे, “कोभिड–१९ कारण एक महत्वपूर्ण खेलाडी हामीसँग छैनन् । अन्य केही खेलाडी पनि घाइते भएकाले पूर्ण फिट छैनन् ।”

मोरिससविरुद्धको खेलका लागि नेपालमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि ३४ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन् । नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । 

नेपाली टोलीका पनि नियमित फरवार्ड नवयुग श्रेष्ठ घाइते भएका छन् । त्यस्तै आयुष घलान पनि टिमबाट बाहिरिएका छन् । 

Copy link
Powered by Social Snap