२०८० चैत्र १६

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकलाई रंगशाला प्रवेश दिने भएको छ ।


Advertisement


एन्फाले मंगलबार दशरथ रंगशालामा एक तिहाइ दर्शकलाई प्रवेश दिने भएको हो ।  एन्फाले सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य प्रोटोकलको पालना गर्दै दर्शकलाई अनुमति दिने जनाएको छ ।

नेपालले दशरथ रंगशालामा मरिससविरूद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो खेल माघ १५ र दोस्रो खेल १८ गते खेल्नेछ । 

त्यसको लागि एन्फाले भीआईपीतर्फ एक हजार र सामान्यतर्फ ५०० रुपैयाँ टिकट शुल्क तोकेको छ ।

दुवै मैत्रीपूर्ण खेल ४:४५ बजे हुने एन्फाले जनाएको छ । मरिससको टोली सोमबार नै नेपाल आइसकेको छ ।

Copy link
Powered by Social Snap