


मछिन्द्र फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई ४-१ गोलले मछिन्द्र अन्तिम चारमा पुगेको हो।
Advertisement



मछिन्द्रका लागि मेसौके ओलोमोउले दुई गोल गरे। उनले खेलको ४७ र ८६ मिनेटमा गरी दुई गोल गरेका थिए।
त्यसअघि खेलको १३ मिनेटमा उत्सव राईको गोलबाट मछिन्द्रले अग्रता लिउको थियो। यस्तै ८४ मिनेटमा अभिषेक गुरुङले मछिन्द्रका लागि तेस्रो गोल गरेका थिए।
संकटाका गणेश हिमालले ६३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
अब मछिन्द्रले अन्तिम चारमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

अर्को सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबले थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ।
मनाङले आइतबार नेपाल पुलिस क्लबलाई हराएर अन्तिम चारमा स्थान पक्का गरेको थियो।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा भोलि थ्रीस्टार र आर्मी भिड्नेछन्।





