२०८१ बैशाख ८

रशिला महर्जन विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौं स्थानमा

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको नयाँ विश्व वरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्।


Advertisement


जुनियर महिला एकल तर्फ १९ औं स्थानमा रहेकी रशिला बिश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन्।

विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ सातौं स्थानमा पुगेकी महर्जनले नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शानलाई उच्च राख्न सफल भएको भन्दै रशिला बिश्व ब्याडमिन्टनको सातौं स्थानमा बधाई दिएको छ।

साथै संघले आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलताका लागि शुभकामना ब्यक्त गरेको छ ।

संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी ब्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघ माथी खेलाडीहरुको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरुको स्तरलाई पनि उकास्न थप दबाव परेको र त्यसमा संघ अग्रसर रहने विज्ञप्तीमा जनाएको छ।

विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा वरियतामा अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए।

Copy link
Powered by Social Snap