२०८१ जेष्ठ ५

क्रिकइन्फो अवार्ड : सन्दीप एसोसिएट बलरको मनोनयनमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई क्रिकेटको चर्चित पोर्टल क्रिकइन्फोले एसोसिएट बलरको अवार्डका लागि मनोनयन गरेको छ।


Advertisement


इएसपिएन क्रिकइन्फो अवार्ड २०२१ का लागि एसोसिएट बलर अवार्डमा सन्दीपसहित पाँच बलर छन्। जसमा नामिबियाका तीन बलरहरू जान फ्राइलिङ्क, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ र नाइजेरियाका पिटर अहो रहेका छन्।

सन्दीपलाई पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलका आधारमा अवार्डको मनोनयनमा राखिएको हो। उनले गत सेप्टेम्बर १० मा पिएनजीविरुद्धको एकदिवसीय खेलमा ६ विकेट लिँदा ११ रन खर्चिएका थिए। यो सन्दीपको एकदिवसीय खेलको उत्कृष्ट प्रदर्शन हो। 

फ्राइलिङकले युएईविरुद्ध ६ विकेट लिँदा २४ रन दिएको प्रदर्शनको आधारमा मनोनयनमा राखिएको छ। यस्तै रुबेनले स्कटल्यान्डविरुद्ध टी-२० विश्वकपमा ३ विकेट लिँदा १७ रन खर्चिएका थिए। 

जेजे स्मिथले ओमानविरुद्ध ५ विकेट लिँदा २६ रन दिएका थिए भने पिटरले सिएरा लिओनविरुद्ध ६ विकेट लिँदा ५ रन मात्र दिएका थिए।

अवार्ड १२ विधामा प्रदान गरिनेछ। जसमा टेस्ट, एकदिवसीय, टी-२०, महिला र एसोसिएटको उत्कृष्ट ब्याट्सम्यान र बलर छन्। यस्तै डेब्यू खेलाडी र  उत्कृष्ट कप्तानलाई पनि अवार्ड दिइनेछ।

Copy link
Powered by Social Snap