२०८३ आश्विन १६

खेलकुद

लाम्पार्ड एभर्टनको प्रशिक्षक

लाम्पार्ड एभर्टनको प्रशिक्षक

खेलकुद
काठमाडौं । इङ्ल्यान्डका पूर्व मिडफिल्डर फ्रांक लाम्पार्ड इङलिस प्रीमियर लिगको क्लब एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।  Advertisement एभर्टनले लाम्पार्डलाई साढे दुई वर्षका लागि अनुबन्ध गरेको बीबीसीले जनाएको छ । ४३ वर्षीय लाम्पार्डले एभर्टनमा राफेल बेनिटेजलाई प्रतिस्थापन गरेका हुन् । एभर्टनले जनवरीको सुरुमा बेनेटेजलाई बर्खास्त गरेको थियो । बेनिटेजको प्रशिक्षणमा एभर्टनले १३ खेलमा एक खेलमात्र जितेको थियो । लाम्पार्ड एक वर्षअघि चेल्सीबाट बर्खास्तमा भएपछि क्लबविहीन बनेका थिए । लाम्पार्ड बर्खास्त भए पछि थोमस टुचेलले चेल्सीको प्रशिक्षण सम्हालेका थिए ।  "एभर्टन जस्तो क्लबको प्रशिक्षण सम्हाल्न पाउँनु मेरो लागि गर्वको कुरा हो," लाम्पार्डले भने, "यहाँ काम सुरु गर्न म आतुर छु ।" एभर्टनले लाम्पार्डको प्रशिक्षणमा एफए कपमा ब्रेन्टफोर...
एन्फा अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिँदै उपाध्यक्ष खड्का

एन्फा अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिँदै उपाध्यक्ष खड्का

खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको बयान लिने भएका छन् ।  Advertisement उपाध्यक्ष खड्काले हवाई टिकट ‘इडिट’ गरी रकम हिनामिना गरेको भन्दै वित्तLय निर्देशक निरञ्जन शाह, लेखा अधिकृत सञ्जिव पाण्डेसँग अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिन लागेका हुन् । “माघ १८ गते मैले अध्यक्ष शेर्पा लगायतका पदाधिकारीलाई बयानका लागि एन्फा मुख्यालयमा बोलाएको छु,” उपाध्यक्ष खड्काले भने, “बयान लिइसकेपछि अब बस्ने कार्यसमितिको बैठकमा प्रतिवेदन पेस गर्नेछु ।” गत पुस २२ गते सम्पन्न एन्फा कार्यसमिति बैठकले पेस्की फर्छ्यौटको विषयमा छानबिन गर्न खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो । ...
एडमा ट्राओरे फर्किए बार्सिलोना

एडमा ट्राओरे फर्किए बार्सिलोना

खेलकुद
स्पेनिस बार्सिलोनाले विंगर एडमा ट्राओरेलाई इंग्लिस क्लब वल्भ्सबाट लोनमा आबद्ध गरेको छ। ट्राओरे बार्सिलोनाकै एकेडेमीका हुर्किएका खेलाडी हुन्। Advertisement अब बार्सिलोनाले २६ वर्षीय स्पेनिस विंगर ट्राओरेलाई तलब दिनेछ भने आगामी सिजन क्लब आबद्ध गर्न सक्ने विकल्प पनि राखिएको छ।  वुल्भ्स र ट्राओरेबीच १८ महिनाको सम्झौता बाँकी नै छ।  सन् २०१५ मा बार्सिलोना छाडेर उनी एस्टन भिल्लामा आबद्ध भएका थिए। त्यसपछ दुई वर्ष मिडल्सब्रीमा खेलेका उनी सन् २०१८ मा वुल्भ्समा १८ मिलिउन पाउन्डमा आबद्ध भएका थिए।  वुल्भ्सबाट १५४ खेल खेल्दा उनले ११ गोल गरेका थिए। सन् २०२० मा स्पेनिस राष्ट्रिय टिममा डेब्यू गरेका उनले ८ खेल खेलेका छन्। ...
मोइन अलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

मोइन अलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

खेलकुद
वेस्ट इन्डिजविरूद्धको चौथो टी-२० खेलमा इंग्ल्यान्ड विजयी भएको छ। वेस्ट इन्डिजमाथि इंग्ल्यान्डले ३४ रनको जित निकालेसँगै पाँच खेलको सिरिज २-२ को बराबरीको स्थितिमा पुगेको छ। Advertisement ब्रिजटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा १९३ रन जोड्यो। उसका लागि जासन रोएले ५२ रन र मोइन अलीले ६३ रन जोडे।  बलिङमा वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए।  १९४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन मात्र जोड्न सक्यो। उसका लागि केल मयार्सले सबैभन्दा बढी ४० रन जोडे।  बलिङमा इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए। ...
सुदीप र आकाशको राष्ट्रिय टोलीमा डेब्यु

सुदीप र आकाशको राष्ट्रिय टोलीमा डेब्यु

खेलकुद
काठमाडौं । सातदोबाटो युथ क्लबका मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । Advertisement शनिबार नेपाल र मोरिससबीचको मैत्रीपूर्ण फुटबल खेलमा सुदीप ८५औँ मिनेटमा सुरजज्यू ठकुरीको स्थानमा मैदानमा छिरेका थिए । सातदोबाटो युथबाट जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुदीप पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । पहिलोपटक नै उनी राष्ट्रिय टोलीमा डेब्यु गर्न सफल भए । एन्फा एकेडेमीका आकाश थापामगरले पनि पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए । पहिलोपटक नवप्रवेशी सातदोबाटो युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका आकाश प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेका हुन् । नेपालको यू–१५, यू–१८, यू–१९ टोलीबाट खेलिसकेका आकाशले एन्फा एकेडेमीपछि यू–१८ ललित स्मृति भने एपीएफ क्लबबाट खेलेका थि...
११ वर्षपछि तोडिएला मैत्रीपूर्ण खेलमा नेपालको जितको खडेरी?

११ वर्षपछि तोडिएला मैत्रीपूर्ण खेलमा नेपालको जितको खडेरी?

खेलकुद
नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागिसकेको छ।  पछिल्लो पटक नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरूद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो।  भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन। भलै मैत्रीपूर्ण खेललाई जितभन्दा पनि सिक्ने अवसरको रूपमा लिने गरिन्छ। तर समर्थक र टिमले हरेक खेलमा जितको अपेक्षा गरेका हुन्छन्। सन् २०११ मा भुटानलाई हराएपछि नेपालले त्यही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो। Advertisement भुटानलाई हराएपछि नेपालले २१ वटा आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा १५ खेलमा हार बेहोरेको छ भने ६ खेल बराबरीमा रोकिएक...
टी-२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

टी-२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

खेलकुद
आइसिसी पुरूष टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ।  समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन्।  समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ।  Advertisement समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न्। समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।  नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ। नेप...
इरान लगातार तेस्रो पल्ट विश्वकपमा छनोट

इरान लगातार तेस्रो पल्ट विश्वकपमा छनोट

खेलकुद
तेहरान — इरान आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि छनोट हुने पहिलो एसियाली देश भएको छ । मेहदी तारेमीको निर्णायक गोलमा इरानले बिहीबार इराकलाई १–० ले हराएको हो । ड्राग स्कोकिचको टिमका लागि उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरे । Advertisement यसअघि प्रशिक्षकसँगको विवादका कारण उनलाई टिमबाट हटाइएको थियो । तर स्कोकिचले इराकविरुद्धको खेलका लागि उनलाई टिममा फिर्ता बोलाएका थिए । आजदी स्टेडियममा प्राप्त यस जितपछि इरान एसियाली छनोटको समूह ए को शीर्ष स्थानमा रह्यो । इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रो पल्ट हो । यसअघि उसले ब्राजिल र रुसमा भएको विश्वकपमा पनि खेलेको थियो । समग्रमा भने इरान विश्वकपमा छनोट भएको यो छैटौं पल्ट हो । यही एसियाली छनोटबाट दक्षिण कोरिया पनि विश्वकप छनोटको नजिक पुगेको छ । उसले बिहीबारकै खेलमा लेबनानला...
रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिजविरूद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा

रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिजविरूद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा

खेलकुद
आगामी फेब्रुअरी ६ बाट सुरू हुने वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि भारतले टिम घोषणा गरेको छ । Advertisement बीसीसीआईले बुधबार रोहित शर्माको कप्तानीमा सिरिजका लागि नयाँ टोली घोषणा गरेको हो। टोलीमा चोटको कारण दक्षिण अफ्रीकाविरूद्धको सिरिज गुमाएका कप्तान रोहित शर्मा र बलर कुलदीप यादव फर्किएका छन्। यस्तै दिपक होडा र रवि विश्नोई पहिलो पटक भारतको एकदिवसीय टोलीमा अटाएका छन्। सिरिजमा तिब्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद शामीलाई आराम दिइएको छ। घरेलु मैदान भारतले वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय समान टी-ट्वान्टी सिरिज खेल्नेछ। पहिलो एकदिवसीय आगामी फेब्रुअरी ६ मा अहमदावादमा हुनेछ। एकदिवसीयपछिस भारतले फेब्रुअरी १६ बाट टी-ट्वान्टी सिरिज कोलकत्तामा खेल्नेछ। यसअघि भारतले दक्षिण अफ्रिका विरूद्धको ओडिआई सिरिज ग...
आहा–रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

आहा–रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

खेलकुद
पोखरा — ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लबलाई हराउँदै एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा बुधबार मछिन्द्र ३–१ ले स्तब्ध हुँदा एपीएफले २० औं आहा–रारा गोल्डकपको फाइनल उडान भरेको हो ।  Advertisement यसअघि २०६४ मा एपीएफ अर्को विभागीय टोली पुलिस क्लबसँग २–० ले फाइनलमा पराजित भएको थियो । एपीएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले गोल गरे । सुरुआतदेखि नै आक्रामक खेलेको एपीएफले २५ औं मिनेटमा अग्रता लिन सकेको थियो । मणि लामाको फ्रिकिकमा सनिसले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएका थिए । ४० औं मिनेटमा मछिन्द्रका आमोलजा नुरेन करिमले गोल गर्दै बराबरी बनाए । प्रदीपले ६८ औं मिनेटमा गोल गरेर २–१ को स्थिति बनाए । गोलकर्ता करिमले रेफ्रीसँग विवाद गरेपछि ७१ औं मिनेटमा दोहोरो पहेँल...