२०८२ मंसिर २५

खेलकुद

टी-२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

टी-२० विश्वकप खेल्न नेपाल विश्व छनोटको फाइनलमा पुग्न पर्ने

खेलकुद
आइसिसी पुरूष टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिता आगामी फागुन ६ गतेदेखि ओमानमा हुँदैछ।  समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम रहेका छन्।  समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ।  Advertisement समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न्। समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।  नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ। नेप...
इरान लगातार तेस्रो पल्ट विश्वकपमा छनोट

इरान लगातार तेस्रो पल्ट विश्वकपमा छनोट

खेलकुद
तेहरान — इरान आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि छनोट हुने पहिलो एसियाली देश भएको छ । मेहदी तारेमीको निर्णायक गोलमा इरानले बिहीबार इराकलाई १–० ले हराएको हो । ड्राग स्कोकिचको टिमका लागि उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरे । Advertisement यसअघि प्रशिक्षकसँगको विवादका कारण उनलाई टिमबाट हटाइएको थियो । तर स्कोकिचले इराकविरुद्धको खेलका लागि उनलाई टिममा फिर्ता बोलाएका थिए । आजदी स्टेडियममा प्राप्त यस जितपछि इरान एसियाली छनोटको समूह ए को शीर्ष स्थानमा रह्यो । इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रो पल्ट हो । यसअघि उसले ब्राजिल र रुसमा भएको विश्वकपमा पनि खेलेको थियो । समग्रमा भने इरान विश्वकपमा छनोट भएको यो छैटौं पल्ट हो । यही एसियाली छनोटबाट दक्षिण कोरिया पनि विश्वकप छनोटको नजिक पुगेको छ । उसले बिहीबारकै खेलमा लेबनानला...
रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिजविरूद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा

रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिजविरूद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा

खेलकुद
आगामी फेब्रुअरी ६ बाट सुरू हुने वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि भारतले टिम घोषणा गरेको छ । Advertisement बीसीसीआईले बुधबार रोहित शर्माको कप्तानीमा सिरिजका लागि नयाँ टोली घोषणा गरेको हो। टोलीमा चोटको कारण दक्षिण अफ्रीकाविरूद्धको सिरिज गुमाएका कप्तान रोहित शर्मा र बलर कुलदीप यादव फर्किएका छन्। यस्तै दिपक होडा र रवि विश्नोई पहिलो पटक भारतको एकदिवसीय टोलीमा अटाएका छन्। सिरिजमा तिब्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद शामीलाई आराम दिइएको छ। घरेलु मैदान भारतले वेस्ट इन्डिजविरुद्ध ३ खेलको एकदिवसीय समान टी-ट्वान्टी सिरिज खेल्नेछ। पहिलो एकदिवसीय आगामी फेब्रुअरी ६ मा अहमदावादमा हुनेछ। एकदिवसीयपछिस भारतले फेब्रुअरी १६ बाट टी-ट्वान्टी सिरिज कोलकत्तामा खेल्नेछ। यसअघि भारतले दक्षिण अफ्रिका विरूद्धको ओडिआई सिरिज ग...
आहा–रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

आहा–रारा गोल्डकप : मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा

खेलकुद
पोखरा — ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लबलाई हराउँदै एपीएफ फुटबल क्लब १४ वर्षपछि आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा बुधबार मछिन्द्र ३–१ ले स्तब्ध हुँदा एपीएफले २० औं आहा–रारा गोल्डकपको फाइनल उडान भरेको हो ।  Advertisement यसअघि २०६४ मा एपीएफ अर्को विभागीय टोली पुलिस क्लबसँग २–० ले फाइनलमा पराजित भएको थियो । एपीएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले गोल गरे । सुरुआतदेखि नै आक्रामक खेलेको एपीएफले २५ औं मिनेटमा अग्रता लिन सकेको थियो । मणि लामाको फ्रिकिकमा सनिसले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएका थिए । ४० औं मिनेटमा मछिन्द्रका आमोलजा नुरेन करिमले गोल गर्दै बराबरी बनाए । प्रदीपले ६८ औं मिनेटमा गोल गरेर २–१ को स्थिति बनाए । गोलकर्ता करिमले रेफ्रीसँग विवाद गरेपछि ७१ औं मिनेटमा दोहोरो पहेँल...
मोरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

मोरिससविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

खेलकुद
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार प्रशिक्षणरत राष्ट्रिय फुटबल टोलीका खेलाडी । यही माघ १५ र १८ गते दशरथ रंगशालामा मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय खेलका लागि नेपाली टोलीका खेलाडी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा व्यस्त छन् ।  काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोरिससविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बुधबार नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुई फरक खेलका लागि दुई अलगै टिम बनाएका छन् । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने पहिलो खेल शनिबार हुनेछ । Advertisement दोस्रो खेल मंगलबार हुनेछ । मैत्रीपूर्ण खेललाई लिएर प्रशिक्षक अल्मुताइरीले भनेका छन्, ‘म खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव दिन चाहन्छु । यसले भविष्यमा थप बलियो टिम बनाउन मद्दत गर्नेछ । यस्तै ...
रशिला महर्जन विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौं स्थानमा

रशिला महर्जन विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौं स्थानमा

खेलकुद
राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको नयाँ विश्व वरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्। Advertisement जुनियर महिला एकल तर्फ १९ औं स्थानमा रहेकी रशिला बिश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन्। विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ सातौं स्थानमा पुगेकी महर्जनले नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शानलाई उच्च राख्न सफल भएको भन्दै रशिला बिश्व ब्याडमिन्टनको सातौं स्थानमा बधाई दिएको छ। साथै संघले आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलताका लागि शुभकामना ब्यक्त गरेको छ । संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी ब्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघ माथी खेलाडीहरुको स्तरलाई कायम राख्न र अन्य खे...
आर्मीसँग थ्रीस्टार पराजित

आर्मीसँग थ्रीस्टार पराजित

खेलकुद
पोखरा — पाँचपल्टको उपाधि विजेता थ्रीस्टार क्लब २० औं आहा–रारा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको छ । पोखरा रंगशालामा मंगलबार आर्मीले थ्रीस्टारलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै सेमिफाइनलमा मनाङसँगको खेल पक्का गरेको हो । Advertisement आर्मीको जितमा वैकल्पिक फरवार्ड राजीव गुरुङले आकर्षक प्रदर्शन गरे । मिडफिल्डर टंक बस्नेतको स्थाना मैदान प्रवेश गरेको छैठौं मिनेटमै राजीव गोल गर्न सफल भएका थिए । निकै प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका राजीवले खेलको ७० औं मिनेटमा गोल गरे । आर्मीका जर्जप्रिन्स कार्कीका फ्लिक बल क्लियर गर्ने क्रममा थ्रीस्टारका डिफेन्डर जीवन गुरुङ चिप्लिन पुगे । उक्त बल राजीवले कलेक्ट गर्दै गोलरक्षक प्रिसो अघि बढ्दै गर...
नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश दिइने

खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकलाई रंगशाला प्रवेश दिने भएको छ । Advertisement एन्फाले मंगलबार दशरथ रंगशालामा एक तिहाइ दर्शकलाई प्रवेश दिने भएको हो ।  एन्फाले सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य प्रोटोकलको पालना गर्दै दर्शकलाई अनुमति दिने जनाएको छ । नेपालले दशरथ रंगशालामा मरिससविरूद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो खेल माघ १५ र दोस्रो खेल १८ गते खेल्नेछ ।  त्यसको लागि एन्फाले भीआईपीतर्फ एक हजार र सामान्यतर्फ ५०० रुपैयाँ टिकट शुल्क तोकेको छ । दुवै मैत्रीपूर्ण खेल ४:४५ बजे हुने एन्फाले जनाएको छ । मरिससको टोली सोमबार नै नेपाल आइसकेको छ । ...
संकटालाई पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा

संकटालाई पराजित गर्दै मछिन्द्र सेमिफाइनलमा

खेलकुद
मछिन्द्र फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। सोमबार पोखरा रंगशालामा भएको तेस्रो क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई ४-१ गोलले मछिन्द्र अन्तिम चारमा पुगेको हो।  Advertisement मछिन्द्रका लागि मेसौके ओलोमोउले दुई गोल गरे। उनले खेलको ४७ र ८६ मिनेटमा गरी दुई गोल गरेका थिए।  त्यसअघि खेलको १३ मिनेटमा उत्सव राईको गोलबाट मछिन्द्रले अग्रता लिउको थियो। यस्तै ८४ मिनेटमा अभिषेक गुरुङले मछिन्द्रका लागि तेस्रो गोल गरेका थिए।  संकटाका गणेश हिमालले ६३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।  अब मछिन्द्रले अन्तिम चारमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।  अर्को सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबले थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ। मनाङले आइतबार नेपाल पुलिस क्ल...
मोरिससका प्रशिक्षक भन्छन्– नेपाल बलियो टिम हो

मोरिससका प्रशिक्षक भन्छन्– नेपाल बलियो टिम हो

खेलकुद
काठमाडौं । मोरिसस फुटबल टिमका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो प्रतिद्वन्द्वी भएको बताएका छन् । नेपालविरुद्धको दुई मैत्रीपूर्ण अन्तराष्ट्रिय खेलका लागि मोरिसस टिम सोमबार नेपाल आइपुगेको छ । अफ्रिकी मुलुक मोरिससको टोली १ः४५ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो । उनीहरुलाई एन्फा मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरेका थिए ।  Advertisement त्रिभुवन विमानस्थलमा सञ्चारर्कीसँग कुरा गर्दै फान्कोइसले भने, “नेपालले माल्दिभ्समा सन्पन्न साफ च्याम्पियनसिपमा खेलेको भिडियो हामील हेरेका छौं । नेपाल बलियो प्रतिद्वन्द्वी हो । नेपालविरुद्धको यो मैत्रीपूर्ण खेलले हामीलाई अफ्रिकन कप अफ नेसन्स छनोट प्रतियोगिता खेल्न फाइदा पुग्ने विश्वास लिएका छौं । त्यसकारण पनि हामीलाई यो दुई खेल महत्वपूर्ण छ ।”  मरिसस र नेपालले माघ १५ र १८ गते दुई अन्तर्राष्ट्रिय म...