२०८२ मंसिर २३

खेलकुद

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

खेलकुद
याउेन्डे — सेनेगलले बुधबार बुर्किनो फासोलाई ३–१ ले हराएर अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । सेनेगल फाइनल पुगेको यो तेस्रो पल्ट हो । खेलका चारै गोल दोस्रो हाफमा भएको थियो । Advertisement सेनेगेलले अबडोउ डिआलो र इड्रिस गुयेको गोलले सुरुमा दुई गोलको अग्रता लिएपछि बलाटी टुरेले बुर्किनो फासोका लागि एक गोल फर्काए । त्यसपछि साडियो मानेले सेनेगलका लागि तेस्रो गोल गरे । सेनेगलका लागि यो उनको व्यक्तिगत २९ औं गोल हो । अब सेनेगलले आइतबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । त्यस सेमिफाइनलमा आयोजक क्यामरुन र इजिप्ट भिड्दै छन् । ...
सन्दीप लामिछाने आईपीएलको मेगा अक्सनमा

सन्दीप लामिछाने आईपीएलको मेगा अक्सनमा

खेलकुद
काठमाडौँ — नेपालका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा छानिने एक्लो नेपाली खेलाडी भएका छन् । आईपीएलले फेब्रुअरी १२ र १३ मा भारतको बेंग्लोरमा आयोजना गर्न लागेको मेगा अक्सनका लागि मंगलबार खेलाडी सूची सार्वजनिक गरेको छ ।  Advertisement नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराए पनि अन्तिम सूचीमा २१ वर्षे सन्दीपमात्र समेटिएका हुन् । दुई दिने मेगा अक्सनका लागि ५ सय ९० खेलाडी अन्तिम सूचीमा परेका छन् । त्यसमध्ये २ सय १५ विदेशी खेलाडी छन् । सन्दीप एसोसिएट खेलाडीको सूचीमा छन् । उनीसहित यो सूचीमा नामिबियाका डेविड वाइज, अमेरिकाका अली खानलगायत खेलाडी छन् । दर्ता नभएका ४४ खेलाडीले अक्सनमा प्रवेश पाएका छन् । फ्रेन्चाइज टोलीहरूले दर्ता नभएका खेलाडीलाई पनि आफ्नो अनुरोधमा अक्सनमा समावेश गराउन पाउने प्रावधान छ । सन् २०१८ मा सन्...
तनावपूर्ण खेलमा नेपालको जित

तनावपूर्ण खेलमा नेपालको जित

खेलकुद
काठमाडौं । चार रातो कार्ड देखाइएको खेलमा नेपालले मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ ।  ७०औँ मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरले रातो कार्ड देखाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यस्तै रेफ्री महर्जनले नेपालका गोल किपिङ प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्डको दर्शन गराउँदै स्ट्यान्डको बाटो देखाएका थिए ।  Advertisement त्यसको ७९औँ मिनेटमा मोरिससका बैकल्पिक खेलाडी इमानुएल फुलचुन्डले रातो कार्डको सामना गरेपछि मोरिसस ९ खेलाडीमा सीमित भएको थियो ।  त्यसअघि नेपालले सुजल श्रेष्ठको गोलबाट १०औँ मिनेटमा अग्रता लिएको थियो । नवीन गुरुङको कर्नरमा मोरिससले खेलाडीले राम्रोसँग क्लिय...
नेपाल टी-२० विश्वकपमा छनोट हुने आत्मविश्वास छ : प्रशिक्षक पुबुदु

नेपाल टी-२० विश्वकपमा छनोट हुने आत्मविश्वास छ : प्रशिक्षक पुबुदु

खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले नेपाल यो वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्। तर उनले प्रतियोगितामा छनोट हुन सजिलो भने नभएको बताए।  सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा पुबुदुले चार टिमको समूहबाट विश्वकपमा छनोट हुनका लागि हरेक खेल राम्रो खेल्नु पर्ने बताए। Advertisement आगामी महिना ओमानमा हुने विश्वकप छनोटमा नेपालले सुरुमा चार टिम सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ। चार टिमसँग खेल्दा सधैं गाह्रो हुने उनले बताए। त्यसैले नेपालले विश्वकप छनोटमा हरेक खेलमा राम्रो खेल्नु पर्ने पुबुदुको भनाइ छ। विश्वकपमा छनोट भएमा एकदिवसीय प्रतियोगिताका लागि पनि फाइदा हुने उनले बताए। ‘विश्वकपमा प्रतिस्पर्धा गर्दा हामीले बढि अभ्यास ग...
लाम्पार्ड एभर्टनको प्रशिक्षक

लाम्पार्ड एभर्टनको प्रशिक्षक

खेलकुद
काठमाडौं । इङ्ल्यान्डका पूर्व मिडफिल्डर फ्रांक लाम्पार्ड इङलिस प्रीमियर लिगको क्लब एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।  Advertisement एभर्टनले लाम्पार्डलाई साढे दुई वर्षका लागि अनुबन्ध गरेको बीबीसीले जनाएको छ । ४३ वर्षीय लाम्पार्डले एभर्टनमा राफेल बेनिटेजलाई प्रतिस्थापन गरेका हुन् । एभर्टनले जनवरीको सुरुमा बेनेटेजलाई बर्खास्त गरेको थियो । बेनिटेजको प्रशिक्षणमा एभर्टनले १३ खेलमा एक खेलमात्र जितेको थियो । लाम्पार्ड एक वर्षअघि चेल्सीबाट बर्खास्तमा भएपछि क्लबविहीन बनेका थिए । लाम्पार्ड बर्खास्त भए पछि थोमस टुचेलले चेल्सीको प्रशिक्षण सम्हालेका थिए ।  "एभर्टन जस्तो क्लबको प्रशिक्षण सम्हाल्न पाउँनु मेरो लागि गर्वको कुरा हो," लाम्पार्डले भने, "यहाँ काम सुरु गर्न म आतुर छु ।" एभर्टनले लाम्पार्डको प्रशिक्षणमा एफए कपमा ब्रेन्टफोर...
एन्फा अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिँदै उपाध्यक्ष खड्का

एन्फा अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिँदै उपाध्यक्ष खड्का

खेलकुद
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको बयान लिने भएका छन् ।  Advertisement उपाध्यक्ष खड्काले हवाई टिकट ‘इडिट’ गरी रकम हिनामिना गरेको भन्दै वित्तLय निर्देशक निरञ्जन शाह, लेखा अधिकृत सञ्जिव पाण्डेसँग अध्यक्ष शेर्पा र महासचिव तुलाधरको बयान लिन लागेका हुन् । “माघ १८ गते मैले अध्यक्ष शेर्पा लगायतका पदाधिकारीलाई बयानका लागि एन्फा मुख्यालयमा बोलाएको छु,” उपाध्यक्ष खड्काले भने, “बयान लिइसकेपछि अब बस्ने कार्यसमितिको बैठकमा प्रतिवेदन पेस गर्नेछु ।” गत पुस २२ गते सम्पन्न एन्फा कार्यसमिति बैठकले पेस्की फर्छ्यौटको विषयमा छानबिन गर्न खड्काको संयोजकत्वमा समिति गठन गरेको थियो । ...
एडमा ट्राओरे फर्किए बार्सिलोना

एडमा ट्राओरे फर्किए बार्सिलोना

खेलकुद
स्पेनिस बार्सिलोनाले विंगर एडमा ट्राओरेलाई इंग्लिस क्लब वल्भ्सबाट लोनमा आबद्ध गरेको छ। ट्राओरे बार्सिलोनाकै एकेडेमीका हुर्किएका खेलाडी हुन्। Advertisement अब बार्सिलोनाले २६ वर्षीय स्पेनिस विंगर ट्राओरेलाई तलब दिनेछ भने आगामी सिजन क्लब आबद्ध गर्न सक्ने विकल्प पनि राखिएको छ।  वुल्भ्स र ट्राओरेबीच १८ महिनाको सम्झौता बाँकी नै छ।  सन् २०१५ मा बार्सिलोना छाडेर उनी एस्टन भिल्लामा आबद्ध भएका थिए। त्यसपछ दुई वर्ष मिडल्सब्रीमा खेलेका उनी सन् २०१८ मा वुल्भ्समा १८ मिलिउन पाउन्डमा आबद्ध भएका थिए।  वुल्भ्सबाट १५४ खेल खेल्दा उनले ११ गोल गरेका थिए। सन् २०२० मा स्पेनिस राष्ट्रिय टिममा डेब्यू गरेका उनले ८ खेल खेलेका छन्। ...
मोइन अलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

मोइन अलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

खेलकुद
वेस्ट इन्डिजविरूद्धको चौथो टी-२० खेलमा इंग्ल्यान्ड विजयी भएको छ। वेस्ट इन्डिजमाथि इंग्ल्यान्डले ३४ रनको जित निकालेसँगै पाँच खेलको सिरिज २-२ को बराबरीको स्थितिमा पुगेको छ। Advertisement ब्रिजटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा १९३ रन जोड्यो। उसका लागि जासन रोएले ५२ रन र मोइन अलीले ६३ रन जोडे।  बलिङमा वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए।  १९४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन मात्र जोड्न सक्यो। उसका लागि केल मयार्सले सबैभन्दा बढी ४० रन जोडे।  बलिङमा इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए। ...
सुदीप र आकाशको राष्ट्रिय टोलीमा डेब्यु

सुदीप र आकाशको राष्ट्रिय टोलीमा डेब्यु

खेलकुद
काठमाडौं । सातदोबाटो युथ क्लबका मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । Advertisement शनिबार नेपाल र मोरिससबीचको मैत्रीपूर्ण फुटबल खेलमा सुदीप ८५औँ मिनेटमा सुरजज्यू ठकुरीको स्थानमा मैदानमा छिरेका थिए । सातदोबाटो युथबाट जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुदीप पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए । पहिलोपटक नै उनी राष्ट्रिय टोलीमा डेब्यु गर्न सफल भए । एन्फा एकेडेमीका आकाश थापामगरले पनि पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए । पहिलोपटक नवप्रवेशी सातदोबाटो युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका आकाश प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेका हुन् । नेपालको यू–१५, यू–१८, यू–१९ टोलीबाट खेलिसकेका आकाशले एन्फा एकेडेमीपछि यू–१८ ललित स्मृति भने एपीएफ क्लबबाट खेलेका थि...
११ वर्षपछि तोडिएला मैत्रीपूर्ण खेलमा नेपालको जितको खडेरी?

११ वर्षपछि तोडिएला मैत्रीपूर्ण खेलमा नेपालको जितको खडेरी?

खेलकुद
नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागिसकेको छ।  पछिल्लो पटक नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरूद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो।  भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन। भलै मैत्रीपूर्ण खेललाई जितभन्दा पनि सिक्ने अवसरको रूपमा लिने गरिन्छ। तर समर्थक र टिमले हरेक खेलमा जितको अपेक्षा गरेका हुन्छन्। सन् २०११ मा भुटानलाई हराएपछि नेपालले त्यही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो। Advertisement भुटानलाई हराएपछि नेपालले २१ वटा आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा १५ खेलमा हार बेहोरेको छ भने ६ खेल बराबरीमा रोकिएक...