२०८३ असार १५

खेलकुद

दिनको दोस्रो खेलमा पनि भएन गोल, सकिए दशौं चरणका खेल

दिनको दोस्रो खेलमा पनि भएन गोल, सकिए दशौं चरणका खेल

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको दोस्रो खेल पनि बराबरीमा सकिएको छ।  आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।  Advertisement यसअघि दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका थिए। यससँगै जारी लिगको दशौं चरणका खेल सकिएका छन्। दशौं चरणसम्ममा संकटा १५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ। संकटाले ३ जित निकाल्दा ६ खेलमा बराबरी खेलेको छ। १ खेलमा भने संकटा पराजित भएको छ। यता एपिएफ अंक तालिकाको नवौं स्थानमा छ। एपिएफको १० खेलबाट ११ अंक छ।  साविक विजेता मछिन्द्र एफसी २६ अंकसहित शीर्ष स्थानमा छ। मछिन्द्रले अब बाँकी रहेका तीन मध्ये दुई खेलमा जित हात पारे लिगको उपाधि रक्षा गर्नेछ।  दोस्रो स्थानको म...
भारतले यू-१९ विश्वकप जित्दा कप्तानी गरेका यश धुल दिल्लीमा आबद्ध

भारतले यू-१९ विश्वकप जित्दा कप्तानी गरेका यश धुल दिल्लीमा आबद्ध

खेलकुद
भारतलेआइसिसी यू-१९ विश्वकप २०२२ को उपाधि जित्दा कप्तानी गरेका यश धुललाई आइपिएल २०२२ का लागि दिल्ली क्यापिटल्सले आबद्ध गरेको छ।  २० लाख भारू न्यूनतम मूल्य रहेका धुललाई आइतबारको अक्सनमार्फत दिल्लीले ५० लाख भारूमा टिममा भित्र्याएको हो। धुललाई भित्र्याउन सुरूमा दिल्ली र पञ्जाब किंग्सले बोली लगाएका थिए। त्यसपछि दिल्लीले ५० लाखको बोली लगाउँदै धुललाई भित्र्याएको हो। Advertisement दुई साताअघि भएको आइसिसी यू-१९ विश्वकपमा उनले सेमिफाइनलमा अस्ट्रेलियाविरूद्ध शतक हानेका थिए। भारतले पाँचौ पटक  यू-१९ विश्वकप जित्ने क्रममा फाइनल भिडन्तमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो। उपाधिसँगै भारतका लागि युवा विश्वकप जित्ने यश धुल पाँचौ भारतीय कप्तान बनेका थिए। यश धुलसँगै विराट कोहली,  मोहमद कैफ, उन्मुक्त चन्द र पृथ्बी शाले भारतले यू-१९...
चेल्सीले जित्यो क्लब वर्ल्डकप

चेल्सीले जित्यो क्लब वर्ल्डकप

खेलकुद
आबुधाबी — चेल्सीले ब्राजिलको पाल्मेरियासलाई अतिरिक्त समयमा पराजित गर्दै शनिबार पहिलो पल्ट क्लब वर्ल्डकप जितेको छ । काइ हाभरटेजले १ सय १७ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले चेल्सी २–१ ले विजयी रह्यो । Advertisement रुसी धनाद्य रोमन अब्रामोभिचले क्लबको स्वामित्व किनेयता चेल्सीले क्लब वल्र्डकप जितेको यो पहिलो पल्ट हो । हाभरटेजले पेनाल्टीबाट गोल गरेका हुन् । चेल्सीले रोमेलु लुकाकुको गोलले अग्रता लिएको थियो । तर, पाल्मेरियासका लागि राफेल भिएगाले पेनाल्टीबाट नै बराबरी गोल फर्काए । खेलको अन्त्यमा पाल्मेरियास १० खेलाडीमा सीमित भएको थियो । उसका डिफेन्ड लुआन गार्सियालाई रातो कार्ड देखाइएको थियो । ...
आइपिएलको मेगा अक्सनमा आज लाग्नेछ १६१ खेलाडीमा बोली, सन्दीपको सम्भावना कस्तो छ?

आइपिएलको मेगा अक्सनमा आज लाग्नेछ १६१ खेलाडीमा बोली, सन्दीपको सम्भावना कस्तो छ?

खेलकुद
१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मेगा अक्सन हुँदैछ। सन् २००८ देखि सुरु भएको आइपिएलको १५ औं सिजनका लागि आज र भोलि विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्। आज ११ बजेबाट बैंलुरूमा हुने अक्सनमा ५९० खेलाडीमध्ये १६१ खेलाडीमाथि बोली लाग्नेछ। बाँकी खेलाडीको बोली भोलि आइतबार लाग्नेछ। Advertisement १० टिमले बढीमा २५ जना र कम्तिमा १८ जना खेलाडी राख्न पाउनेछन्। जसका लागि ९० करोड भारतीय रूपैयाँ खर्चना पाउनेछन्। खेलाडीहरूले आफ्नो आधार मूल्य २० लाख, ३० लाख, ४० लाख, ५० लाख, ७५ लाख, १ करोड, १.५ करोड र २ करोड राखेका छन्। ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडीसहित ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्नेछन्। ५९० खेलाडी मध्ये २२८ क्याप्ड, ३५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन्।  आइपिएल...
नेपाल टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा युएईसँग भिड्दै

नेपाल टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा युएईसँग भिड्दै

खेलकुद
ओमान भ्रमणमा रहेको नेपालले चार देशीय टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएईविरुद्ध खेल्दैछ।  Advertisement नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि अल अमेरात क्रिकेट मैदानमा सुरू हुनेछ।  यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको नेपाली टोली उच्च आत्मविश्वासका साथ विजयी यात्रालाई निरन्तरता दिने योजनामा छ। घरेलु टोलीमाथि ओडिआई सिरिज जितेर लयमा रहेको युएई पनि आफ्नोउत्कृष्ट लय कायम राख्ने सोचमा हुनेछ।  युएईविरूद्ध नेपालले प्लेइङ-११ केही परिवर्तन हुने सम्भावना छ। प्रदीप ऐरी र सागर ढकाललाई विश्राम दिएर कुशल भुर्तेल र करण केसी वा लोकेश बमलाई मौका दिने सम्भावना छ।  पछिल्लो तीन खेलको आँकडा हेर्दा युएईविरूद्ध नेपाल हाबी देखिन्छ। तीन खेलमध्ये नेपालले दुई खेल जितेको छ। यी दुई टिमले अन्तिमपटक एकअर्काविरद्ध सन...
एनएनआईपीए अवार्ड फागुन १७ मा हुने

एनएनआईपीए अवार्ड फागुन १७ मा हुने

खेलकुद
काठमाडौँ — राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७८’ फागुन १७ मा गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर परिसरमा आयोजना गर्ने जनाएको छ । Advertisement संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अफिसियल प्रतियोगिताहरू नभएकाले यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता पाएका २७ खेललाई आधार मानी विगत केही वर्षदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका खेलाडीलाई सम्बन्धित संघको सिफारिसअनुसार सम्मान गर्नेछौं ।’ त्यसैले, २७ संघका २७ खेलाडीले जनही १० हजारसहित अवार्ड हात पार्नेछन् । उत्कृष्टमध्येका खेलाडीहरूबाट एक पुरुष र महिलालाई सर्वोत्कृष्ट खेलाडीको १–१ लाख पुरस्कार दिइने पनि संघले जनाएको छ । प्रतिभाशाली खेलाडी तथा उदीयमान खेलाडीका रूप...
सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

खेलकुद
याउेन्डे — सेनेगलले बुधबार बुर्किनो फासोलाई ३–१ ले हराएर अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । सेनेगल फाइनल पुगेको यो तेस्रो पल्ट हो । खेलका चारै गोल दोस्रो हाफमा भएको थियो । Advertisement सेनेगेलले अबडोउ डिआलो र इड्रिस गुयेको गोलले सुरुमा दुई गोलको अग्रता लिएपछि बलाटी टुरेले बुर्किनो फासोका लागि एक गोल फर्काए । त्यसपछि साडियो मानेले सेनेगलका लागि तेस्रो गोल गरे । सेनेगलका लागि यो उनको व्यक्तिगत २९ औं गोल हो । अब सेनेगलले आइतबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । त्यस सेमिफाइनलमा आयोजक क्यामरुन र इजिप्ट भिड्दै छन् । ...
सन्दीप लामिछाने आईपीएलको मेगा अक्सनमा

सन्दीप लामिछाने आईपीएलको मेगा अक्सनमा

खेलकुद
काठमाडौँ — नेपालका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा छानिने एक्लो नेपाली खेलाडी भएका छन् । आईपीएलले फेब्रुअरी १२ र १३ मा भारतको बेंग्लोरमा आयोजना गर्न लागेको मेगा अक्सनका लागि मंगलबार खेलाडी सूची सार्वजनिक गरेको छ ।  Advertisement नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराए पनि अन्तिम सूचीमा २१ वर्षे सन्दीपमात्र समेटिएका हुन् । दुई दिने मेगा अक्सनका लागि ५ सय ९० खेलाडी अन्तिम सूचीमा परेका छन् । त्यसमध्ये २ सय १५ विदेशी खेलाडी छन् । सन्दीप एसोसिएट खेलाडीको सूचीमा छन् । उनीसहित यो सूचीमा नामिबियाका डेविड वाइज, अमेरिकाका अली खानलगायत खेलाडी छन् । दर्ता नभएका ४४ खेलाडीले अक्सनमा प्रवेश पाएका छन् । फ्रेन्चाइज टोलीहरूले दर्ता नभएका खेलाडीलाई पनि आफ्नो अनुरोधमा अक्सनमा समावेश गराउन पाउने प्रावधान छ । सन् २०१८ मा सन्...
तनावपूर्ण खेलमा नेपालको जित

तनावपूर्ण खेलमा नेपालको जित

खेलकुद
काठमाडौं । चार रातो कार्ड देखाइएको खेलमा नेपालले मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को विजय हासिल गरेको छ ।  ७०औँ मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरले रातो कार्ड देखाएका थिए । त्यसपछि दुवै टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यस्तै रेफ्री महर्जनले नेपालका गोल किपिङ प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्डको दर्शन गराउँदै स्ट्यान्डको बाटो देखाएका थिए ।  Advertisement त्यसको ७९औँ मिनेटमा मोरिससका बैकल्पिक खेलाडी इमानुएल फुलचुन्डले रातो कार्डको सामना गरेपछि मोरिसस ९ खेलाडीमा सीमित भएको थियो ।  त्यसअघि नेपालले सुजल श्रेष्ठको गोलबाट १०औँ मिनेटमा अग्रता लिएको थियो । नवीन गुरुङको कर्नरमा मोरिससले खेलाडीले राम्रोसँग क्लिय...
नेपाल टी-२० विश्वकपमा छनोट हुने आत्मविश्वास छ : प्रशिक्षक पुबुदु

नेपाल टी-२० विश्वकपमा छनोट हुने आत्मविश्वास छ : प्रशिक्षक पुबुदु

खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले नेपाल यो वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्। तर उनले प्रतियोगितामा छनोट हुन सजिलो भने नभएको बताए।  सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा पुबुदुले चार टिमको समूहबाट विश्वकपमा छनोट हुनका लागि हरेक खेल राम्रो खेल्नु पर्ने बताए। Advertisement आगामी महिना ओमानमा हुने विश्वकप छनोटमा नेपालले सुरुमा चार टिम सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ। चार टिमसँग खेल्दा सधैं गाह्रो हुने उनले बताए। त्यसैले नेपालले विश्वकप छनोटमा हरेक खेलमा राम्रो खेल्नु पर्ने पुबुदुको भनाइ छ। विश्वकपमा छनोट भएमा एकदिवसीय प्रतियोगिताका लागि पनि फाइदा हुने उनले बताए। ‘विश्वकपमा प्रतिस्पर्धा गर्दा हामीले बढि अभ्यास ग...