२०८१ बैशाख १५

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

याउेन्डे — सेनेगलले बुधबार बुर्किनो फासोलाई ३–१ ले हराएर अफ्रिका कप अफ नेसन्सको फाइनल यात्रा तय गरेको छ । सेनेगल फाइनल पुगेको यो तेस्रो पल्ट हो । खेलका चारै गोल दोस्रो हाफमा भएको थियो ।


Advertisement


सेनेगेलले अबडोउ डिआलो र इड्रिस गुयेको गोलले सुरुमा दुई गोलको अग्रता लिएपछि बलाटी टुरेले बुर्किनो फासोका लागि एक गोल फर्काए । त्यसपछि साडियो मानेले सेनेगलका लागि तेस्रो गोल गरे ।

सेनेगलका लागि यो उनको व्यक्तिगत २९ औं गोल हो । अब सेनेगलले आइतबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । त्यस सेमिफाइनलमा आयोजक क्यामरुन र इजिप्ट भिड्दै छन् ।

Copy link
Powered by Social Snap