२०८३ असार १५

खेलकुद

पपुवा न्युगिनीले नेपाललाई दियो २०५ रनको लक्ष्य

पपुवा न्युगिनीले नेपाललाई दियो २०५ रनको लक्ष्य

खेलकुद
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। युएई, पपुवा न्युगिनी र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २०४ रन जोड्यो। Advertisement शारजाहमा भएको खेलमा पपुवा न्युगिनीका लागि चर्ल्स अमिनीले सबैभन्दा बढी ५९ रन जोडे। सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले ८२ बलमा ७ चौका हिर्काए।  नेपालका लागि सोमपाल कामीले तीन  विकेट लिए। उनले १० ओभरमा ४८ रन दिए। आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक-एक विकेट लिए। नेपालले पपुवा न्युगिनीका दुई ब्याट्सम्यानलाई रनआउट गर्‍यो। आरिफले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई २७ रनमा आउट गरे। अर्का ओपनर लेगा सिएकालाई सन्दीपले २५ रनमा बोल्ड गरे।  पपुवा न्युगिनीका कप्तान असद...
शेन वार्नको सम्मानमा भैरहवामा प्रो-क्लब च्याम्पियनसिप हुने

शेन वार्नको सम्मानमा भैरहवामा प्रो-क्लब च्याम्पियनसिप हुने

खेलकुद
अस्ट्रेलियाका सर्वकालिन महान् लेगस्पिनर शेन वार्नको सम्मानमा भैरहवामा टी-२० क्लब क्रिकेट प्रतियोगिता हुने भएको छ। Advertisement जोरा इन्टरनेसनलको आयोजनामा हुने प्रतियोगिताको नाम प्रो क्लब च्याम्पियनसिप राखिएको छ।  प्रतियोगिता ८ अप्रिलमा सुरु भएर १६ अप्रिलमा सकिनेछ। प्रतियोगितामा ८ टिमले भाग लिनेछन्। आयोजकका अनुसार नेपाल, भारत र बंगलादेशका क्लबले प्रतियोगितामा भाग लिनेछन्। भाग लिने क्लबहरूको नाम पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।  प्रतियोगितामा १७ खेल हुनेछन्। नेपालले काठमाडौंमा एकदिवसीय  र टी-२० सिरिज खेले लगत्तै प्रतियोगिता हुनेछ।  गत फागुन २० मा निधन भएका शेन वार्नलाई प्रतियोगिता समर्पण गरिने जोरा इन्टरनेसनलका एमडी आमिर अख्तरले बताए।  जोराले यो प्रतियोगितालाई नेपाल क्रिकेट संघ क्यानले आयोजनाको अनुमति दिएको प...
झापा एफसीलाई नेको इन्स्योरेन्सको साथ, खेलाडीको १० लाखको स्वास्थ्य बिमा

झापा एफसीलाई नेको इन्स्योरेन्सको साथ, खेलाडीको १० लाखको स्वास्थ्य बिमा

खेलकुद
नेपाल सुपर लिग (एनएसएल) को नवआगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्ससँग बिमा पार्टनरका रुपमा सम्झौता गरेको छ। Advertisement झापाले सोमबार नेकोसँग सम्झौता समेत गर्‍यो। कार्यक्रमका क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत तथा नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार सुपर लिगमा झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा हुने पक्का भएको छ । सम्झौतापछि उपाध्यक्ष बस्नेतले भने “नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाउँदा हामी खुशी छौं। यो सहकार्यका लागि हामी नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिन चाहन्छौं।” नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्का भने “झापा एफसीको फुटबल र खेलाडीप्रतिको भिजनबाट हामी प्रभावित भयौं। त्यसैले पनि यो सहकार्य गर्न हामीले अबेर गरेनौं। सुपर लिगमा क्लबसँगको ...
भारतद्वारा श्रीलंकाविरूद्धको सिरिज ‘क्लिन स्विप’

भारतद्वारा श्रीलंकाविरूद्धको सिरिज ‘क्लिन स्विप’

खेलकुद
घरेलु टिम भारतले श्रीलंकाविरूद्धको टेस्ट सिरिज २-० ले जित्दै सिरिज ‘क्लिन स्विप’ गरेको छ। सोमबार सकिएको दोस्रो टेस्टमा भारतले श्रीलंकालाई  २३८ रनले पराजित गर्दै सिरिज सहजै आफ्नो पक्षमा परेको हो। यसअघि पहिलो टेस्टमा भारत इनिङ्ग्स र २२२ रनले विजयी भएको थियो।  Advertisement दोस्रो टेस्टमा भारतले दिएको  ४४७ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका दोस्रो इनिङ्ग्समा  २०८ रनमै अलआउट भयो। श्रीलंका लागि कप्तान दिमुख करुणारत्नेले १०७ रन जोडे। बलिङमा भारतका रविचन्द्रन आस्विनले ४ विकेट लिँदा जसप्रित बुमराहले ३ विकेट हात पारे।  पहिलो इनिङ्ग्समा भारत २५२ रन जोड्दा श्रीलंका १०९ रनमै अलआउट भएको थियो। पहिलो इनिङ्ग्समा भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ९२ रन जोडेका थिए भने श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले ४३ रन जोडेका थिए। श्रीलंका...
घरेलु टिमलाई हराउँदै आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

घरेलु टिमलाई हराउँदै आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

खेलकुद
पाँचौ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ। डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा घरेलु टिम झापा ११ लाई स्तब्ध पार्दै आर्मी च्याम्पियन बनेको हो। तीन पटक फाइनलमा पुगेर पनि उपविजेतामा सीमित झापा ११ ले यसपटक उपाधि जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो।  Advertisement चौथो पटकको फाइनलमा आर्मीसँगको उपाधि भिडेको झापा-११ ले  २–१ गोलको हार बेहोर्‍यो।  आर्मीका लागि टेकबहादुर बुढाथोकी र कप्तान जर्ज प्रिन्स कार्कीले गोल गरे। झापाका लागि एक गोल विमल घर्ति मगरले फर्काएका थिए।   उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापाले ६ लाख पाँच हजार रुपैयाँ नगद पाए। फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए। उनले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए।  प्रतियोगित...
श्रीलंकन पुलिसविरूद्ध नेपालका चार खेलाडीको अर्धशतक 

श्रीलंकन पुलिसविरूद्ध नेपालका चार खेलाडीको अर्धशतक 

खेलकुद
नेपालका लागि सर्वाधिक रन बनाएका रोहित पौडेल। फाइल तस्बिर। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीबिरुद्धको तयारीका लागिन नेपाली क्रिकेट टिम अहिले श्रीलंकामा छ। नेपालले अहिले तेस्रो अभ्यास खेलमा श्रीलंकन पुलिससँग प्रतिस्पर्धा गरिरहेको छ। पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ३३१ रन जोडेको छ। नेपालका लागि चार जना ब्याट्सम्यानले अर्धशतक बनाउन सफल भएका छन्। Advertisement ओपनरद्वय कुशल भुर्तेलले ५७ रन र र आसिफ शेखले ५२ रन जोडेका छन्। यस्तै रोहितकुमार पौडेलले ७२ रन बटुल्दा करण केसीले नटआउट ५३ रन बनाएका छन्। आरिफ शेखले ३५ रन जोडे भने विनोद भन्डारी ३ रन, भीम सार्की २ रन र पवन सर्राफ ३ रनमा आउट भए। कमलसिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गर्ने क्रममा नटआउट ४५ रन जोडे। यसअघि नेपालले श्रीलंका नेभीबिरुद्धका दुवै अभ्यास खेलमा जित ...
झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

खेलकुद
संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे। खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो। Advertisement पहिलो हाफ १-० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे। थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन। खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन। खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए। खेलको ३६ औँ मिनेटमा संकटाका सुवास ...
अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टेस्ट बराबरी

अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टेस्ट बराबरी

खेलकुद
पाकिस्तान र अस्ट्रेलियाबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ। अस्ट्रेलिया २४ वर्षपछि पाकिस्तान भ्रमणमा आएको हो।  पहिलो इनिङ्ग्समा पाकिस्तानले ४ विकेटको क्षतिमा ४७६ जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। पाकिस्तानका लागि इमाम उलहकले १५७ रन र अजर अलीले १८५ रन जोडेका थिए।  Advertisement त्यसपछि ब्याटिङ थालेको अस्ट्रेलियाले पाँचौ दिनसम्म ब्याटिङ गरेको थियो। अस्ट्रेलिया पहिलो इनिङ्ग्समा ४५९ रनमा अलआउट भयो। उसका लागि उस्मान खवाजाले ९७ रन र मार्नस लबुसेनले ९० रन जोडेका थिए।  पाँचौ दिन दोस्रो इनिङ्ग्स ब्याटिङ सुरू गरेको पाकिस्तानले बिनाविकेटको क्षतिमा २५२ रन जोड्दा दिनको पाँचौ दिनको खेल सकियो। दिनको खेल सकिदासम्म अस्ट्रेलियाले दोस्रो इनिङ्ग्स ब्याटिङ गर्न बाँकी रहेकाले खेल बराबरीमा सकियो। पाकिस्तानका लागि दोस्रो इनिङ्ग्समा दुवै ओपनरले...
टी-२० विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

टी-२० विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

खेलकुद
आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरिएको हो।  Advertisement टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन्। टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।  समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्। समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टि...
खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न गरी कार्ययोजना बनाउँदै

खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न गरी कार्ययोजना बनाउँदै

खेलकुद
युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ। Advertisement नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको छ। मन्त्रालयका सचिव दामोदर रेग्मीले कुन खेलबाट कहिलेसम्म पदक हासिल गर्न सकिन्छ त्यसको स्तरण निर्धारणसहित आवधिक कार्ययोजना ल्याइने बताए। नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएको लगभग ६ दशक भइसकेको छ। नेपालले सन् १९५१ देखि एशियाली, सन् १९६४ देखि ओलम्पिक र सन् १९८४ देखि दक्षिण एशियाली खेलकुद प्रतियोगितामा भाग लिँदै आएको छ। अन्तर्राष्टिय प्रतियोगितामा नेपालले आजसम्म ओलम्पिक प्रतियोगितामा १३, एशियाली खेलकुदमा १८ र दक्षिण एशियाली खेलकुद (साग) मा...