२०८२ मंसिर २३

खेलकुद

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

खेलकुद
संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे। खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो। Advertisement पहिलो हाफ १-० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे। थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन। खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन। खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए। खेलको ३६ औँ मिनेटमा संकटाका सुवास ...
अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टेस्ट बराबरी

अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टेस्ट बराबरी

खेलकुद
पाकिस्तान र अस्ट्रेलियाबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ। अस्ट्रेलिया २४ वर्षपछि पाकिस्तान भ्रमणमा आएको हो।  पहिलो इनिङ्ग्समा पाकिस्तानले ४ विकेटको क्षतिमा ४७६ जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। पाकिस्तानका लागि इमाम उलहकले १५७ रन र अजर अलीले १८५ रन जोडेका थिए।  Advertisement त्यसपछि ब्याटिङ थालेको अस्ट्रेलियाले पाँचौ दिनसम्म ब्याटिङ गरेको थियो। अस्ट्रेलिया पहिलो इनिङ्ग्समा ४५९ रनमा अलआउट भयो। उसका लागि उस्मान खवाजाले ९७ रन र मार्नस लबुसेनले ९० रन जोडेका थिए।  पाँचौ दिन दोस्रो इनिङ्ग्स ब्याटिङ सुरू गरेको पाकिस्तानले बिनाविकेटको क्षतिमा २५२ रन जोड्दा दिनको पाँचौ दिनको खेल सकियो। दिनको खेल सकिदासम्म अस्ट्रेलियाले दोस्रो इनिङ्ग्स ब्याटिङ गर्न बाँकी रहेकाले खेल बराबरीमा सकियो। पाकिस्तानका लागि दोस्रो इनिङ्ग्समा दुवै ओपनरले...
टी-२० विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

टी-२० विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

खेलकुद
आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरिएको हो।  Advertisement टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन्। टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।  समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्। समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टि...
खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न गरी कार्ययोजना बनाउँदै

खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न गरी कार्ययोजना बनाउँदै

खेलकुद
युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ। Advertisement नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा सम्भावित खेल विधाबाट कहिलेसम्म पदक प्राप्त गर्ने ठोस लक्ष्य निर्धारणसहित मन्त्रालयले कार्ययोजनाको तयारी गरेको छ। मन्त्रालयका सचिव दामोदर रेग्मीले कुन खेलबाट कहिलेसम्म पदक हासिल गर्न सकिन्छ त्यसको स्तरण निर्धारणसहित आवधिक कार्ययोजना ल्याइने बताए। नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएको लगभग ६ दशक भइसकेको छ। नेपालले सन् १९५१ देखि एशियाली, सन् १९६४ देखि ओलम्पिक र सन् १९८४ देखि दक्षिण एशियाली खेलकुद प्रतियोगितामा भाग लिँदै आएको छ। अन्तर्राष्टिय प्रतियोगितामा नेपालले आजसम्म ओलम्पिक प्रतियोगितामा १३, एशियाली खेलकुदमा १८ र दक्षिण एशियाली खेलकुद (साग) मा...
दिनको दोस्रो खेलमा पनि भएन गोल, सकिए दशौं चरणका खेल

दिनको दोस्रो खेलमा पनि भएन गोल, सकिए दशौं चरणका खेल

खेलकुद
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको दोस्रो खेल पनि बराबरीमा सकिएको छ।  आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।  Advertisement यसअघि दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका थिए। यससँगै जारी लिगको दशौं चरणका खेल सकिएका छन्। दशौं चरणसम्ममा संकटा १५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ। संकटाले ३ जित निकाल्दा ६ खेलमा बराबरी खेलेको छ। १ खेलमा भने संकटा पराजित भएको छ। यता एपिएफ अंक तालिकाको नवौं स्थानमा छ। एपिएफको १० खेलबाट ११ अंक छ।  साविक विजेता मछिन्द्र एफसी २६ अंकसहित शीर्ष स्थानमा छ। मछिन्द्रले अब बाँकी रहेका तीन मध्ये दुई खेलमा जित हात पारे लिगको उपाधि रक्षा गर्नेछ।  दोस्रो स्थानको म...
भारतले यू-१९ विश्वकप जित्दा कप्तानी गरेका यश धुल दिल्लीमा आबद्ध

भारतले यू-१९ विश्वकप जित्दा कप्तानी गरेका यश धुल दिल्लीमा आबद्ध

खेलकुद
भारतलेआइसिसी यू-१९ विश्वकप २०२२ को उपाधि जित्दा कप्तानी गरेका यश धुललाई आइपिएल २०२२ का लागि दिल्ली क्यापिटल्सले आबद्ध गरेको छ।  २० लाख भारू न्यूनतम मूल्य रहेका धुललाई आइतबारको अक्सनमार्फत दिल्लीले ५० लाख भारूमा टिममा भित्र्याएको हो। धुललाई भित्र्याउन सुरूमा दिल्ली र पञ्जाब किंग्सले बोली लगाएका थिए। त्यसपछि दिल्लीले ५० लाखको बोली लगाउँदै धुललाई भित्र्याएको हो। Advertisement दुई साताअघि भएको आइसिसी यू-१९ विश्वकपमा उनले सेमिफाइनलमा अस्ट्रेलियाविरूद्ध शतक हानेका थिए। भारतले पाँचौ पटक  यू-१९ विश्वकप जित्ने क्रममा फाइनल भिडन्तमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो। उपाधिसँगै भारतका लागि युवा विश्वकप जित्ने यश धुल पाँचौ भारतीय कप्तान बनेका थिए। यश धुलसँगै विराट कोहली,  मोहमद कैफ, उन्मुक्त चन्द र पृथ्बी शाले भारतले यू-१९...
चेल्सीले जित्यो क्लब वर्ल्डकप

चेल्सीले जित्यो क्लब वर्ल्डकप

खेलकुद
आबुधाबी — चेल्सीले ब्राजिलको पाल्मेरियासलाई अतिरिक्त समयमा पराजित गर्दै शनिबार पहिलो पल्ट क्लब वर्ल्डकप जितेको छ । काइ हाभरटेजले १ सय १७ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले चेल्सी २–१ ले विजयी रह्यो । Advertisement रुसी धनाद्य रोमन अब्रामोभिचले क्लबको स्वामित्व किनेयता चेल्सीले क्लब वल्र्डकप जितेको यो पहिलो पल्ट हो । हाभरटेजले पेनाल्टीबाट गोल गरेका हुन् । चेल्सीले रोमेलु लुकाकुको गोलले अग्रता लिएको थियो । तर, पाल्मेरियासका लागि राफेल भिएगाले पेनाल्टीबाट नै बराबरी गोल फर्काए । खेलको अन्त्यमा पाल्मेरियास १० खेलाडीमा सीमित भएको थियो । उसका डिफेन्ड लुआन गार्सियालाई रातो कार्ड देखाइएको थियो । ...
आइपिएलको मेगा अक्सनमा आज लाग्नेछ १६१ खेलाडीमा बोली, सन्दीपको सम्भावना कस्तो छ?

आइपिएलको मेगा अक्सनमा आज लाग्नेछ १६१ खेलाडीमा बोली, सन्दीपको सम्भावना कस्तो छ?

खेलकुद
१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज मेगा अक्सन हुँदैछ। सन् २००८ देखि सुरु भएको आइपिएलको १५ औं सिजनका लागि आज र भोलि विभिन्न १० टिमले विभिन्न खेलाडीमाथि बोली लगाउनेछन्। आज ११ बजेबाट बैंलुरूमा हुने अक्सनमा ५९० खेलाडीमध्ये १६१ खेलाडीमाथि बोली लाग्नेछ। बाँकी खेलाडीको बोली भोलि आइतबार लाग्नेछ। Advertisement १० टिमले बढीमा २५ जना र कम्तिमा १८ जना खेलाडी राख्न पाउनेछन्। जसका लागि ९० करोड भारतीय रूपैयाँ खर्चना पाउनेछन्। खेलाडीहरूले आफ्नो आधार मूल्य २० लाख, ३० लाख, ४० लाख, ५० लाख, ७५ लाख, १ करोड, १.५ करोड र २ करोड राखेका छन्। ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडीसहित ५ सय ९० खेलाडीबाट १० फ्रेन्चाइज टोलीले आफ्नो पूर्ण टोली निर्माण गर्नेछन्। ५९० खेलाडी मध्ये २२८ क्याप्ड, ३५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन्।  आइपिएल...
नेपाल टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा युएईसँग भिड्दै

नेपाल टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा युएईसँग भिड्दै

खेलकुद
ओमान भ्रमणमा रहेको नेपालले चार देशीय टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएईविरुद्ध खेल्दैछ।  Advertisement नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि अल अमेरात क्रिकेट मैदानमा सुरू हुनेछ।  यसअघि आफ्नो पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको नेपाली टोली उच्च आत्मविश्वासका साथ विजयी यात्रालाई निरन्तरता दिने योजनामा छ। घरेलु टोलीमाथि ओडिआई सिरिज जितेर लयमा रहेको युएई पनि आफ्नोउत्कृष्ट लय कायम राख्ने सोचमा हुनेछ।  युएईविरूद्ध नेपालले प्लेइङ-११ केही परिवर्तन हुने सम्भावना छ। प्रदीप ऐरी र सागर ढकाललाई विश्राम दिएर कुशल भुर्तेल र करण केसी वा लोकेश बमलाई मौका दिने सम्भावना छ।  पछिल्लो तीन खेलको आँकडा हेर्दा युएईविरूद्ध नेपाल हाबी देखिन्छ। तीन खेलमध्ये नेपालले दुई खेल जितेको छ। यी दुई टिमले अन्तिमपटक एकअर्काविरद्ध सन...
एनएनआईपीए अवार्ड फागुन १७ मा हुने

एनएनआईपीए अवार्ड फागुन १७ मा हुने

खेलकुद
काठमाडौँ — राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७८’ फागुन १७ मा गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर परिसरमा आयोजना गर्ने जनाएको छ । Advertisement संघका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अफिसियल प्रतियोगिताहरू नभएकाले यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता पाएका २७ खेललाई आधार मानी विगत केही वर्षदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका खेलाडीलाई सम्बन्धित संघको सिफारिसअनुसार सम्मान गर्नेछौं ।’ त्यसैले, २७ संघका २७ खेलाडीले जनही १० हजारसहित अवार्ड हात पार्नेछन् । उत्कृष्टमध्येका खेलाडीहरूबाट एक पुरुष र महिलालाई सर्वोत्कृष्ट खेलाडीको १–१ लाख पुरस्कार दिइने पनि संघले जनाएको छ । प्रतिभाशाली खेलाडी तथा उदीयमान खेलाडीका रूप...