


सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको दोस्रो खेल पनि बराबरीमा सकिएको छ।
आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
Advertisement



यसअघि दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका थिए।
यससँगै जारी लिगको दशौं चरणका खेल सकिएका छन्। दशौं चरणसम्ममा संकटा १५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ। संकटाले ३ जित निकाल्दा ६ खेलमा बराबरी खेलेको छ। १ खेलमा भने संकटा पराजित भएको छ।

यता एपिएफ अंक तालिकाको नवौं स्थानमा छ। एपिएफको १० खेलबाट ११ अंक छ।
साविक विजेता मछिन्द्र एफसी २६ अंकसहित शीर्ष स्थानमा छ। मछिन्द्रले अब बाँकी रहेका तीन मध्ये दुई खेलमा जित हात पारे लिगको उपाधि रक्षा गर्नेछ।
दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको २० अंक रहेको छ।


