२०८० चैत्र १५

विष्णु पौडेल भन्छन्– देशलाई संकटको भुमरीबाट जोगाउन ओली नेतृत्वको सरकार अनिवार्य




काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उमेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले देशलाई संकटको भुमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने बताए । 



Advertisement



बिहीबार रूपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए ।



“देशलाई संकटको भुमरीमा जानबाट जोगाउनका लागि, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले)को जित अपरिहार्य छ । एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका छौँ । कमरेड केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गरेर अगाडि बढनुको कुनै विकल्प हामीसँग छैन,” उनले भने ।

उपाध्यक्ष पौडेलले निर्वाचनमा उमेदवारी दिने बेलामा माथिबाट केही गल्ती भएको हुन सक्ने भन्दै त्यसमा चित्त नदुखाउन पनि पार्टीका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे ।

Copy link
Powered by Social Snap