२०८१ बैशाख ६

मोरङका एमाले उमेदवार भन्छन्– जनताको भविष्यका लागि फेरि एमाले नेतृत्वको सरकार आवश्यक




विराटनगर । मोरङमा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य पदका उमेदवारहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । पेसागत महासंघ नेपाल मोरङ र बुद्धिजीवी परिषद् मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा एमालेका उमेदवारहरूले समृद्धि र सुशासनका लागि एमालेको जित आवश्यक रहेको बताए । 



Advertisement



एमाले स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उमेदवार लालबाबु पण्डितले अब फेरि एमालेको सरकार आवश्यक भएको बताए । उनले भने, “नेपाली जनताको भविष्य, समाजको उत्थान तथा विकास, समृद्धि र सुशासनको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको छ ।”

मोरङ ६ मा आफ्नो सहभागितामा बुढीखोला नियन्त्रण, खनार नेताचौक मुल नहरको सडकमा कालोपत्रेलगायतका काम गरेको भन्दै उनले विकास निमार्णका अधुरा कामहरू पूरा गर्न आफू फेरि उमेदवार बनेको बताए । 

एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उमेदवार विनोद ढकालले जनताले रुचाएको पार्टी भनेकै एमाले भएको दाबी गरे । 



एमालेका केन्द्रीय सदस्य तथा प्रदेशतर्फ ४ ‘ख’ का उमेदवार जीवन घिमिरेले सरकारमा एमालेको नेतृत्व हुदाँ भए गरेका कामलाई जनतासामु बुझाउने काम बुद्धिजीवीहरूले गर्नुपर्ने बताए ।

प्रदेशतर्फ ६ ‘ख’का उमेदवार पर्शुराम बस्नेतले क्षेत्रका जनताको अपेक्षाअनुसार नै आफू उमेदवार बनेको सुनाए । 

६ ‘क’ की उमेदवार रीता न्यौपानेले आफुले जिते युवा तथा महिला सशक्तीकरण, रोजगारीलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने बताइन् । 

यसैगरी ४ ‘क’ का उमेदवार जयप्रकाश चौधरीले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी नै यस क्षेत्रको आवश्यकता रहेको भन्दै त्यसलाई प्राथमिकता दिइने बताए । 

Copy link
Powered by Social Snap