२०८१ बैशाख ७

कांग्रेसले संशोधनसहित पारित गर्‍यो घोषणापत्र




काठमाडौं । नेपाली कांग्रेसले आगामी संसदीय चुनावका लागि तयार पारेको घोषणापत्र मस्यौदा केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ ।



Advertisement



पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समतिका प्रवक्तासमेत रहेका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 



बैठकमा लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ड्राफ्ट प्रस्तुत गरेका थिए । विज्ञहरू स्वर्णीम वाग्ले र गोविन्द पोखरेलले घोषणापत्रको व्याख्या गरेपछि नेताहरूले सुझाव राखेका थिए । 

Copy link
Powered by Social Snap