२०८१ बैशाख ७

चितवन-३ का ‘बागी’ दिनेश कोइरालाले भने- प्रजातन्त्र सीमित गिरोहको कब्जामा गयो




काठमाडौं । चितवन–३ मा स्वतन्त्र उमेदवारी दिएका कांग्रेस नेता दिनेश कोइरालाले प्रजातन्त्र सीमित गिरोहको कब्जामा परेको बताएका छन् । 



Advertisement



आफ्नो उमेदवारीको औचित्य प्रष्ट पार्न पत्रकार सम्मेलन गरी सबैले लडेर ल्याएको लोकतन्त्र सीमित गिरोहका कब्जामा गएको भन्दै त्यसबाट मुक्त गर्न साझ प्रयत्व आवश्यक परेको बताए । उनले त्यही प्रयासका रुपमा आफूले स्वतन्त्र उमेदवारी दिएर सबै राजनीतिक दललाई सहयोगका लागि आह्वान गरेको बताए ।



“यो देश अब परम्परागत ढंगबाट चल्न सक्दैन । परम्परागत ढंगले चल्न दिइँदैन । नेपालमा हामीले प्रजातन्त्र ल्यायौँ, लोकतन्त्र ल्यायौँ । दलीय व्यवस्था ल्यायौँ । अहिले आएर देशलाई दलहरुले होइन गिरोहहरुले चलाउने अवस्था आयो । अब यो देश गिरोहहरुलाई चलाउन दिइँदैन,” कोइरालले भने, “अब यो देशमा पारिवारिक शासन चल्न दिइँदैन । देशमा अहिले अंश, वंश र अर्थको आधारमा राजनीति चलिरहेको छ । अंश, वंश र अर्थको पिँजडामा लोकतन्त्र कैद भएको छ । अब यसरी अंश, वंश र अर्थको आधारमा राजनीति चल्न दिइँदैन । यो हाम्रो खुल्ला चुनौती हो ।”

Copy link
Powered by Social Snap