२०८१ बैशाख १५

कांग्रेसको घोषणापत्रमा आर्थिक, समन्यायिक समाज र सार्वभौमिक समानता समेटिन्छ : स्वर्णिम वाग्ले 




काठमाडौं । नेपाली कांग्रेसको घोषणपत्र मस्यौदा समितिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिलाई मस्यौदा हस्तान्तरण गरेको छ । अर्थविद डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको घोषणापत्र मस्यौदा हस्तान्तरण गरेको हो । समितिले हस्तान्तरण गरेको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय कार्यसम्पादन समितिले गरिसकेको छ । 



Advertisement



घोषणापत्रको मस्यौदा हस्तान्तरणपछि डा. वाग्लेले घोषणपत्रमा मुख्यः सात एजेण्डा समेटिएको उल्लेख गरेका छन् । घोषणपत्रमा के छ भन्ने सञ्चारकर्मीको प्रश्नमा डा. वाग्लेले त्यसमा फराकिला अर्थतन्त्रका खाका, समन्यायिक समाज र सार्वभौमिक समानतासहितको विदेशनीतिका एजेण्डा समेटिएको बताए । 



“सुरुवातमा राजनीतिक टिप्पणी हुन्छ । त्यसपछि मुख्यतः लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको विषय रहन्छ । फराकिलो आर्थिक अवस्था, नेपालको समन्यायिक समाज र सांस्कृतिक विकासको एजेन्डा रहन्छ,” वाग्ले भने, “जलवायु परिवर्तन, वन तथा विपत्को कुरा रहन्छ । सावभैमिक समानतालगायत परराष्ट्र«सम्बन्धी कुरा रहन्छन् ।” 

उनले नयाँ सम्भावनाका क्षेत्रको खोजी गर्ने विषय पनि घोषणपत्रमा समेटिने बताए । “नयाँ सम्भावनाका क्षेत्र र प्रविधिक विकासका कुरा रहन्छन्,” डा. वाग्लेले भने, “केही कुरा अनुसूचीमा समेटिनेछन् ।”

Copy link
Powered by Social Snap