२०८१ जेष्ठ २

राजेन्द्र लिङ्देनको दाबी– राप्रपाले अप्रत्याशित नजिता ल्याउँछ




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दाबी गरेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उमेवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अब कसैले रोक्न नसक्ने दाबी गरे ।



Advertisement



आगामी निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै उनले तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको चक्रव्यूहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताए ।



निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुनेगरी मतदान गर्न उनले आह्वान गरे । 

लिङ्देनले यसअघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेकाले राम्रा मान्छे पराजित भएकाले अब भने त्यस्तो अवस्था नआउने बताए ।

Copy link
Powered by Social Snap