२०८३ असार २२

राजनीति

युनिफिकेसन चर्चसँग जोडिएका जापानी मन्त्रीले दिए राजीनामा

युनिफिकेसन चर्चसँग जोडिएका जापानी मन्त्रीले दिए राजीनामा

राजनीति
युनिफिकेसन चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेपछि जापानका एक जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आर्थिक पुनरूत्थान मन्त्री दाइसिरो यामागिवाले सोमबार राजीनामा दिएका हुन्। प्रधानमन्त्री फुमिओ किसिदाले उनको राजीनामा स्वीकार गरेका छन्। यसअघि गत साता प्रधानमन्त्री किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए।  पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि किसिदाले अनुसन्धान गर्न निर्देशन दिएका हुन्। गत जुलाई ८ मा चुनावी अभियानमा रहेका बेला आबेलाई गोली हानिएको थियो। आबेलाई गोली हान्ने व्यक्तिले आफ्नी आमाले थुप्रै पैसा चर्चलाई दान दिएको र त्यसैका कारण टाट पल्टिएको बताएका छन्। आबेले त्यही चर्चलाई प्रवर्द्धन गरेको भन्दै उनीमाथि गोली हानेको उनले प्रहरीलाई बताएका थिए। त्यसपछि उक्त चर्चसँग र...
ईश्वर पोखरेलकाे आरोप– गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने

ईश्वर पोखरेलकाे आरोप– गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने

राजनीति
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् । मंगलबार काठमाडौंमा हिमालयन न्युज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रित रहेको बताए ।  एमालेको उद्देश्य राजनीतिक स्थायित्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । नीतिहीन, सिद्धान्तहीन र अस्थिरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए ।  पोखरेलले तिहारलगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए । घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरु तालिकाबद्ध रुपमा आउने उनले बताए ।  अहिले पनि मुलुकको राजनीतिलाई प्रदूषित गर्ने अपराधिक ...
चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै विवेकशील साझा

चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै विवेकशील साझा

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले प्रतिवद्धता सार्वजनिक गर्न लागेको हो ।  पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले पार्टी मुख्य कार्यालय बखुन्डोलमा प्रतिवद्धता सार्वजनिक गरिने जानकारी दिए । कार्यक्रम दिउँसो १ बजेका लागि राखिएको छ ।  परियारका अनुसार कार्यक्रमका अवसरमा उमेदवारहरुसँग अन्तरक्रिया पनि हुनेछ । ...
ऋषि सुनकलाई प्रधानमन्त्री देउवाले दिए बधाई

ऋषि सुनकलाई प्रधानमन्त्री देउवाले दिए बधाई

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् । बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुन् । उनीहरु पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन् । ...
सप्तरी-२ का उमेदवार ठाकुरद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

सप्तरी-२ का उमेदवार ठाकुरद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

राजनीति
सप्तरी । सप्तरी क्षेत्र नम्बर-२ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेदवार जयप्रकाश ठाकुरले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । राजविराजमा आइतबार पत्रकार सम्मेलन गरी उनले २६ बुँदे प्रतिबद्धतापत्र जारी गरेका हुन् । सञ्चारकर्मीहरू माझ ठाकुरले प्रतिबद्धतापत्र वाचन गर्दे वैदेशिक रोजगारलाई निरुत्साहित गरी निर्वाचन क्षेत्रमा सीपमूलक तालिमहरू सञ्चालन गरी रोजगारको अवसर सिर्जना गर्ने बताए । यसका लागि निजीतर्फबाट एक हजार जनाका लागि विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याइने उनले भने । ठाकुरले शिक्षा, स्वास्थ्य र रोगजारलाई प्राथमिकतामा राखेरका छन् । प्रतिबद्धतापत्रमा स्थानीय स्तरको महत्वकांक्षी योजनाहरूमाथि जोड दिइएको छ । चुनाव जित्ने आधारकाे बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा ठाकुरले भने, "म गठबन्धनको साझा उमेदवार हुँ, स्थानीय तहको चुनावक...
बाबुरामको पार्टीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख, दुई कार्यकाल मात्र हुन पाइने

बाबुरामको पार्टीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख, दुई कार्यकाल मात्र हुन पाइने

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।  घोषणपत्रमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ भने संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपिल गरिएको भट्टराईले बताए । घोषणापत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ भने राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख गरिएको छ । भट्टराईले मुलुकको आर्थिक विकासका लागि समतामूलक समृद्धिको अवधारणा अगाडि स...
कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक भोलि मात्र 

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक भोलि मात्र 

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्र सोमबार (भोलि) मात्र सार्वजनिक गरिने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको घोषणापत्र लेखन समितिले आज बेलुका ५ बजे भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो । तर, अन्तिम समयमा सो कार्यक्रम स्थगन गरियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरी आजको कार्यक्रम स्थगन गरिएको र सोमबार बिहान १०ः३० बजे मात्र घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए । घोषणापत्र लेखन समितिका सदस्य जीवन परियारले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको कार्यक्रमका क्रममा काठमाडौंबाहिर रहेको र इन्टरनेटमा जोडिन समस्या भएकाले उक्त कार्यक्रम रोक्नुपरेको जानकारी दिए । ...
गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन आवश्यक : देउवा

गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन आवश्यक : देउवा

राजनीति
धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, गणतन्त्रको रक्षाका लागि आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउन आवश्यक रहेको बताएका छन् । आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताए । उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उमेदवारहरूलाई जिताउन आग्रह समेत गरे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको मुख्य मुद्दा भनेकै संविधानको रक्षा भएको बताए । प्रतिगामीहरूलाई परास्त गर्नका लागि गठबन्धन गरिएको उनले उल्लेख गरे । “हामी संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि एक ठाउँमा छौँ,” प्रचण्डले भने, “अर्को थरीले रछ्यानमा मिल्काएको राजतन्त्र फर्काउनका लागि गठबन्धन गरेका छन् ।” नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न निर्वाचनमार्फ...
आयोगलाई माधव नेपालको स्पष्टीकरण– मैले कसैलाई आर्थिक प्रलोभन देखाएको छैन

आयोगलाई माधव नेपालको स्पष्टीकरण– मैले कसैलाई आर्थिक प्रलोभन देखाएको छैन

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारको क्रममा आफूले मतदातालाई प्रलोभन देखाउनेगरी अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।  आइतबार निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । चार बुँदामा स्पष्टीकरण दिँदै उनले भनेका छन्, "पत्रमा भनिएजस्ता निर्वाचनको सिलसिलामा मैले कुनै उमेदवार वा मतदाता वा निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन । मैले कसैलाई कुनै किसिमको लोभलालच वा आर्थिक प्रलोभन देखाउन कुनै कामकारबाही गरको छैन । अतः उक्त पत्रमा भनिएजस्तो अभिव्यक्ति मैले दिएको छैन ।" आयोगले निर्वाचन प्रचारको क्रममा नेपालले आचारसंहिता उल्लंघन हुनेगरी म...
आयोगलाई प्रचण्डको जवाफ– बाजा बजाउने योजना थिएन, कहाँ बज्यो थाहा भएन 

आयोगलाई प्रचण्डको जवाफ– बाजा बजाउने योजना थिएन, कहाँ बज्यो थाहा भएन 

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेदवारी मनोनयन दर्ताका क्रममा बाजागाजा बजाउने पार्टीको निर्णय नभएको स्पष्ट पारेका छन् । निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले कताबाट बाजा बज्यो भन्ने समेत आफूलाई थाहा नभएको उल्लेख गरेका छन् । उनी आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार हुन् । “हामीले आचारसंहिता पालना गरेका छौँ । बाजागाजा कताबाट बजाएर आए, त्यो कुरा हामीलाई जानकारी हुने कुरा भएन । बाजा बजाउने पार्टीको योजना थिएन,” प्रचण्डले दिएको स्पष्टीकरणको जवाफ उद्धृत गर्दै आयोग स्रोतले भन्यो । आयोगले निर्वाचन आचारसंहिताविपरीत उमेदवारी मनोनयन दर्ताका क्रममा बाजागाजा किन बजाएको बारेमा स्पष्टीकरण सोधेको थियो । ...