२०८० चैत्र १४

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने




काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।



Advertisement



निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्नेछ ।



आयोगले प्राप्त भएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको छ । उनीहरूलाई प्रशंसापत्र समेत प्रदान गरिने बताइएको छ ।

Copy link
Powered by Social Snap