२०८१ बैशाख १३

यस्तो टिकटक भिडियो बनाउनोस्, ५० हजार जित्नोस् !




काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलक्षित टिकटक भिडियो बनाएर पठाउन आग्रह गरेको छ । त्यसरी पठाइएका मध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोगले जनाएको छ ।



Advertisement



आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता, निर्वाचन शिक्षाजस्ता विषयमा आधारित रही २० सेकेन्डदेखि एक मिनेटसम्मको टिकटक भिडियो बनाएर पठाउन भनिएको छ । यही कात्तिक ५ देखि कात्तिक १५ गतेभित्र आयोगको इमेल ठेगाना ([email protected])मा भिडियो पठाउनुपर्नेछ ।



टिकटक भिडियो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ । भिडियो संवादमूलक, सन्देशमूलक हुनुपर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइने आयोगले जनाएको छ ।

कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटासम्म भिडियो पठाउन सकिनेछ । दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएका पाँचवटासम्म भिडियो स्वीकार गरिने आयोगले जनाएको छ ।

भिडियोका सर्तबारे विस्तृतमा पढ्नोस्–

311526356_778145166617193_344594921395262788_n1666445154.jpg

Copy link
Powered by Social Snap