२०८१ बैशाख १३

एमालेको सरकार आएपछि कलंकीदेखि धोबीखोलासम्म ६ लेन सडक बन्छ : ईश्वर पोखरेल




काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् । 



Advertisement



काठमाडौं क्षेत्र नम्बर ५ मा आज आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए ।



सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने बताए । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए । 

Copy link
Powered by Social Snap