२०८१ बैशाख ८

पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिष्पर्धा गर्न सक्षम र योग्य हुन्छन् : ओनसरी घर्ती




काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छन् ।



Advertisement



 वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की उमेदवारसमेत रहेकी नेतृ घर्तीले महिलाहरू विभिन्न आन्दोलन र लडाइँका मोर्चाहरूमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व कम भएको गुनासो गरिन् ।

निर्वाचनमा पनि महिलाहरूको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढी भन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि उनले बताइन् ।



नेतृ घर्तीले महिलाहरूको प्रतिनिधित्व, पहुँच र महिलाहरूलाई प्रेरणा दिनका लागि निर्वाचनमा उमेदवारी दिएको बताइन् । उनले आगामी पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिष्पर्धा गर्न सक्षम र योग्य रहने पनि बताइन् । उनले आफूले देश र जनताको लागि काम गरेको उल्लेख गर्दै ५ वर्षपछि अन्य महिला नेतृहरू निर्वाचन र नेतृत्व सम्हाल्नका लागि सक्षम बन्ने बताइन् । 

Copy link
Powered by Social Snap