२०८३ असार २१

राजनीति

सेलिब्रिटीमात्रै विकल्प होइनन्, हामीले दिन्छौँ निकास : बञ्जाडे

सेलिब्रिटीमात्रै विकल्प होइनन्, हामीले दिन्छौँ निकास : बञ्जाडे

राजनीति
काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सरगर्मी देशभर लागिसकेको छ ।  अधिकांश पार्टीहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन् । र अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।  यो पालिको चुनावमा जित्ने आशामा आजभोलि घरदैलो कार्यक्रममा व्यस्त छन् युवा उद्यमी एवम् राजनीतिकर्मी शंकर बञ्जाडे ।  विवेकशील साझाका उमेदवार बञ्जाडे काठमाडौं  क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा छन् । पेशाले व्यवसायी भए पनि उनी लामो समयदेखि चुनावको तयारीमा थिए । भन्छन्, “राजनीति बुझेर गर्नुपर्छ भनेरै यसमा स्नातकोत्तर गरेँ । राज्य कसरी सञ्चालन हुन्छ, त्यो कुरा बुझेको छु । पछिल्लो चुनावदेखि नै मैले तयारी सुरु गरेको थिए ।”  काठमाडौं क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहले पुनः उमेदवारी दिएका छन् ।  २०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएक...
आचारसंहिता उल्लंघनविरुद्ध एकै दिन नौ स्पष्टीकरण

आचारसंहिता उल्लंघनविरुद्ध एकै दिन नौ स्पष्टीकरण

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेका उजुरीका आधारमा मंगलबार एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ । आयोगले लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्लाबेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लंघनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार...
राजनीतिक दलको निर्वाचन खर्च सीमा ५ करोड ५० लाख

राजनीतिक दलको निर्वाचन खर्च सीमा ५ करोड ५० लाख

राजनीति
काठमाडौँ — निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलका लागिखर्च सीमा ५ करोड ५० लाख रुपैयाँ निर्धारण गरेको छ । दलहरुले समानुपातिकतर्फको बन्दसूचीको आधारमा आयोगले खर्चसीमा निर्धारण गरेको हो । कुनै एक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ एउटा उम्मेदवार बराबर २ लाख र प्रदेश समानुपातिकतर्फ १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छ । यसअनुसार प्रतिनिधिसभातर्फ १ सय १० जना समानुपातिक उम्मेदवारको सूची बुझाउने दलले २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने छ । प्रदेश समानुपातिकतर्फ दलहरूले अधिकतम २२० जनासम्मको नाम बुझाएका छन् । त्यस आधारमा कुनै एक दलले ३ करोड ३० लाख रुपैयाँ प्रदेश समानुपातिकतर्फ खर्च गर्न पाउनेछ । यसअघि प्रत्यक्षतर्फका उम्मेदवारको खर्च सीमा तोकिसकेको छ । २५ देखि ३३ लाख प्रतिनिधसभातर्फ र प्रदेशसभाका प्रत्य...
गृहजिल्ला जान देउवाले आयोगसँग लिए अनुमति

गृहजिल्ला जान देउवाले आयोगसँग लिए अनुमति

राजनीति
काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरास्थित आफ्नै निर्वाचन क्षेत्रमा जानका लागि निर्वाचन आयोगसँग अनुमति लिएका छन् । मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले गृहजिल्लामा जानका लागि अनुमति लिएका हुन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि अनुमति मागेका हुन् । उनी गृहजिल्ला जाँदा कुन साधन प्रयोग गर्ने भन्नेबारे भने अझै खुलाइएको छैन । उनको उम्मेदवारी दर्ता गर्न उनकी पत्नी आरजु राणा देउवा डडेलधुरा गएकी थिइन् । यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् । ...
ओलीले राजा फर्काउन खोजेपछि पाँच दलीय गठबन्धन : नेता शर्मा 

ओलीले राजा फर्काउन खोजेपछि पाँच दलीय गठबन्धन : नेता शर्मा 

राजनीति
पूर्वी नवलपरासी — माओवादी केन्द्रका नेता दीनानाथ शर्माले राजेन्द्र लिङ्देन र कमल थापाहरुसँग मिलेर एमाले अध्यक्ष केपी ओलीले राजा फर्काउन खोजेकाले आफूहरुले पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको दाबी गरेका छन् ।   'राजतन्त्रको एजेन्डा लिएर निर्वाचनमा गएको राप्रपासँग ओलीले गठबन्धन गर्नु भनेको राजतन्त्र स्वीकारेको हो । यसको दूरगामी महत्व छ,' पूर्वी नवलपरासीको दलदलेमा पाँच दलीय गठबन्धनले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता शर्माले भने, '०६२/६३ सालको उपलब्धिबाट ल्याइएको संविधान च्यात्ने (दुई/दुई पटक संसद् विघटन) र राजावादीको एजेन्डा स्वीकारेपछि हामीले देश र संविधान जोगाउन गठबन्धन गर्न परेको हो ।' शर्माले १२ बुँदे समझदारीबाटै कांग्रेस र माओवादी एक भइसकेको दाबी गर्दै त्यसैको निरन्तरता अहिलेको गठबन्धन भएको चर्चा गरे । पाँच दलीय गठबन्धन अग्रगमन भएको ...
सशस्त्र प्रहरीका दुई सई निलम्बित

सशस्त्र प्रहरीका दुई सई निलम्बित

राजनीति
काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले दुई जना नायव निरीक्षक (सई)लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) छिन्नमस्ता सप्तरीका कमान्डर कृष्णबहादुर मगर र सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी निलम्बनमा परेका हुन् । असोज २० मा छिन्नमस्ता बीओपीका सहायक निरीक्षक (असई) सत्यनारायण यादव भारतीय भूमिमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्यु शंकास्पद देखिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा बीओपीकै जवान होमबहादुर खत्री पक्राउ परेका थिए । स्रोतका अनुसार खत्रीले नेपालतर्फ हत्या गरेर भारतीय भूमिमा लगेर शव मिल्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । खत्री हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय सूचना शाखाका प्रमुख डीएसपी शैलेन्द्र थापाका अनुसार घटनाको प्रारम्भिक छानबिनका क्रम...
एमाले घोषणापत्रमा फेरि पानीजहाज र पूर्व-पश्चिम विद्युतीय रेल !

एमाले घोषणापत्रमा फेरि पानीजहाज र पूर्व-पश्चिम विद्युतीय रेल !

राजनीति
काठमाडौँ — नेकपा (एमाले) ले नेपालको राष्ट्रिय झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ । त्यस्तै, एमालेले पूर्व-पश्चिम राजमार्गसँग समानान्तर हुनेगरी विद्युतीय रेलमार्ग पनि सञ्चालन गर्ने बताएको छ । काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै केपी शर्मा ओलीले नेपालको विकासका लागि त्यसको आवश्यकता रहेको पनि बताएका छन् । 'छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने छ,' एमालेको यसपटकको घोषणापत्रमा उल्लेख छ, 'निर्माणाधीन पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माणकार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ, निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइनेछ, बाँकी भागको जग्गा अधिग्रहण कार्य ...
एमाले शासकीय स्वरुप पुनर्विचार गर्ने पक्षमा छैनः विष्णु पौडेल

एमाले शासकीय स्वरुप पुनर्विचार गर्ने पक्षमा छैनः विष्णु पौडेल

राजनीति
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै सिर्जना गरेको बताए ।  सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरूलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ छ ।  रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उमेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकिर गरे । उनले ...
ओनसरी भन्छिन्– मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि

ओनसरी भन्छिन्– मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिबाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन् ।  उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामको पनि जिम्मेवारी लिने बताइन् । “हामी आज तपाईंहरूको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकास बाहेक अरु छैन,” उनले भनिन्, “हामीले भनेको जस्तो देश भएको छ्रैन होला । तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौँ ।” सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको...
निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचनका लागि सबै प्रवन्ध सकियो : प्रधानमन्त्री

निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचनका लागि सबै प्रवन्ध सकियो : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति जिम्मेवार भएर काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  प्रधानमन्त्री देउवाले नेपालमा अझै पनि गरिबीको रेखामुनी रहेका विपन्न नागरिकको ठूलो संख्या रहेको बताए । उनले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए ।  उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर...