२०८१ बैशाख ७

ओलीले राजा फर्काउन खोजेपछि पाँच दलीय गठबन्धन : नेता शर्मा 




पूर्वी नवलपरासी — माओवादी केन्द्रका नेता दीनानाथ शर्माले राजेन्द्र लिङ्देन र कमल थापाहरुसँग मिलेर एमाले अध्यक्ष केपी ओलीले राजा फर्काउन खोजेकाले आफूहरुले पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको दाबी गरेका छन् ।  



Advertisement



‘राजतन्त्रको एजेन्डा लिएर निर्वाचनमा गएको राप्रपासँग ओलीले गठबन्धन गर्नु भनेको राजतन्त्र स्वीकारेको हो । यसको दूरगामी महत्व छ,’ पूर्वी नवलपरासीको दलदलेमा पाँच दलीय गठबन्धनले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता शर्माले भने, ‘०६२/६३ सालको उपलब्धिबाट ल्याइएको संविधान च्यात्ने (दुई/दुई पटक संसद् विघटन) र राजावादीको एजेन्डा स्वीकारेपछि हामीले देश र संविधान जोगाउन गठबन्धन गर्न परेको हो ।’



शर्माले १२ बुँदे समझदारीबाटै कांग्रेस र माओवादी एक भइसकेको दाबी गर्दै त्यसैको निरन्तरता अहिलेको गठबन्धन भएको चर्चा गरे । पाँच दलीय गठबन्धन अग्रगमन भएको र ओलीको गठबन्धन पश्चगमन भएकाले मंसिर ४ गते यी दुई बीचको निर्वाचन भइरहेको उनको भनाइ थियो ।

पाँच दलीय गठबन्धनमा आबद्ध दलहरुको एजेन्डा देश र संविधान जोगाउने भएकाले निर्धक्कसँग यी ५ दलका चुनाव चिह्नमा मत दिन उनले आह्वान गरे ।

Copy link
Powered by Social Snap