२०८१ बैशाख ११

गृहजिल्ला जान देउवाले आयोगसँग लिए अनुमति




काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरास्थित आफ्नै निर्वाचन क्षेत्रमा जानका लागि निर्वाचन आयोगसँग अनुमति लिएका छन् । मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले गृहजिल्लामा जानका लागि अनुमति लिएका हुन् ।



Advertisement



आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि अनुमति मागेका हुन् । उनी गृहजिल्ला जाँदा कुन साधन प्रयोग गर्ने भन्नेबारे भने अझै खुलाइएको छैन ।



उनको उम्मेदवारी दर्ता गर्न उनकी पत्नी आरजु राणा देउवा डडेलधुरा गएकी थिइन् । यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् ।

Copy link
Powered by Social Snap