सुर्खेतमा एमाले उमेदवारको आक्रामक प्रचार !
सुर्खेत । सुर्खेतमा आगामी मंसिर ४ को चुनावमा मुख्य प्रतिस्पर्धीका रूपमा लोकतान्त्रिक वाम गठबन्धन र नेकपा (एमाले)का उमेदवारलाई हेरिएको छ । तर, प्रचारमा भने एमालेका उमेदवार आक्रमक देखिएका छन् । चुनावी घोषणापत्र, एजेन्डा, प्रतिबद्धता सार्वजनिक गर्नेदेखि सामाजिक सञ्जालको प्रयोग, भिडियो, तस्बिर सार्वजनिक तथा घरदैलो प्रचारमा एमालेका उमेदवार आक्रमण देखिएका हुन् ।
शुक्रबार मात्रै एमालेका कर्णाली प्रदेश इन्चार्ज तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेशसभा सदस्यका उमेदवार यामलाल कँडेलले २८ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरे । एमालेको पार्टी कार्यालय वीरेन्द्रनगरमा कँडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लाहरूमा उडानका लागि आवश्यक व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरे । उनले कर्...









