२०८१ बैशाख ८

ओनसरी भन्छिन्– मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि




काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिबाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन् । 



Advertisement



उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामको पनि जिम्मेवारी लिने बताइन् । “हामी आज तपाईंहरूको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकास बाहेक अरु छैन,” उनले भनिन्, “हामीले भनेको जस्तो देश भएको छ्रैन होला । तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौँ ।”



सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सवै पेसा, व्यवसायका मानिसको हक अधिकारको सुनिश्चित हुनेगरी कानुन बनाउने बताइन् । 

Copy link
Powered by Social Snap