२०८१ बैशाख ८

निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचनका लागि सबै प्रवन्ध सकियो : प्रधानमन्त्री




काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति जिम्मेवार भएर काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 



Advertisement



प्रधानमन्त्री देउवाले नेपालमा अझै पनि गरिबीको रेखामुनी रहेका विपन्न नागरिकको ठूलो संख्या रहेको बताए । उनले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए । 

उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्नेमा जोड दिए । 



प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रवन्ध मिलाइसकेको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका थिए । 
 

Copy link
Powered by Social Snap