२०८१ जेष्ठ ५

निर्वाचनपछि देउवा नै प्रधानमन्त्री : महत




काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीको ‘बटमलाइन’ आसन्न निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने रहेको बताएका छन् ।



Advertisement



बुधबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले निर्वाचनमा सबैभन्दा धेरै सिट कांग्रेसले जित्ने भन्दै पार्टी सभापतिको हैसियतमा देउवालाई नै प्रधानमन्त्रीका रूपमा अगाडि सारिने बताए ।



उनले १६५ मध्ये ९१ सिटमा कांग्रेसका उमेदवार भएकाले सत्ता गठबन्धनमा आबद्ध अरू पार्टीभन्दा आफूहरूले धेरै सिट जित्ने जिकिर गरे । निर्वाचनमा गठबन्धनलाई जिताउन उनले आग्रह पनि गरे ।

Copy link
Powered by Social Snap