कार्यकारी राष्ट्रपतिकाे अवधारणा अघि सार्दै यादवले भने- संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन सकेन
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिबार काठमाडौंमा जनता समाजवादी पार्टी नेपालको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादव । तस्बिर स्राेत : रासस
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन् ।
आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै यादवले यस्ताे बताएका हुन् ।
जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतीय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धारणा अघि सारेको छ ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताए ।
उनले तीव्र रूपले देशलाई आर...









