२०८३ असार २०

राजनीति

भोट माग्न जाँदा एकीकृत समाजवादीका उमेदवार विरोध खतिवडामाथि हातपात

भोट माग्न जाँदा एकीकृत समाजवादीका उमेदवार विरोध खतिवडामाथि हातपात

राजनीति
कठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उमेदवार विरोध खतिवडामाथि मंगलबार हातपात भएको छ । भोट माग्न स्थानीयको घरदैलोमा पुग्दा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मा हातपात भएको हो । खतिवडा मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् । उनलाई पुरुषोत्तम खड्काले हातपात गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनका अनुसार खड्का हेटौँडाका हुन् । “खतिवडामाथि सामान्य हातपात भएको हो । खड्कालाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको छ,” प्रजिअ पाण्डेले भने । ...
म्याग्दीमा एमाले जितको ‘ह्याक्ट्रिक’मा र प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ

म्याग्दीमा एमाले जितको ‘ह्याक्ट्रिक’मा र प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ

राजनीति
म्याग्दी । म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा (माओवादी)का गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभातर्फ विजयी भएको एमाले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ । कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको निर्वाचनमा दुईपटक पराजित गर्बुजालाई यसपालि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ । गर्बुजा र नेकपा (एमाले)का गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठबीच प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतान्तरले पराजित भएका गर्बुजा २०७४ सालमा एमालेका भूपेन्द्र थापासँग करिब दुई हजार ३०० मतान्तरल...
देउवा धनगढीमा कार्यकर्ता भेटघाटमा व्यस्त

देउवा धनगढीमा कार्यकर्ता भेटघाटमा व्यस्त

राजनीति
कैलाली । चुनावी प्रचारप्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् । आइतबारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट  टिकट वितरणपछि असन्तुष्ट भएका र निष्क्रिय रहेका नेता–कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् । कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने, “सम्पर्कमा आउने सन्तुष्ट, असन्तुष्ट नेता–कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाइबुझाइ गरिरहनुभएको छ ।” भेटघाटका क्रममा सभापति देउवाले आसन्न चुनावमा पार्टीको अवस्थाका विषयमा नेता–कार्यकर्तासँग जानकारी लिइरहेका छन् । धनगढी आएपछि देउवाको औपचारिक चुनावी कार्यक्रम भने भएको छैन । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा गृहजिल्ला डडेल...
राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान (तस्बिरहरू)

राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान (तस्बिरहरू)

राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डतर्फ प्रस्थान गरेकी छन् ।  महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्डतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ ।  राष्ट्रपति कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्किने तालिका छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैद गरेका तस्बिरहरू हेर्नुहोस् : ...
सागर ढकालको गुनासो– मलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइयो

सागर ढकालको गुनासो– मलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइयो

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरेका छन् ।  उनले चुनावी प्रचारका दौरान प्रधानमन्त्री देउवाले कानुनको उल्लंघन गर्दा प्रशासन मौन बसेको तर आफूले माइकिङ गर्दा रोक लगाइएको बताएका छन् ।  "मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ," उनले लेखेका छन्, "शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।" ...
ओली भन्छन्– कांग्रेसभन्दा अत्यधिक मतले अगाडि हुन्छौँ, एकल बहमुतको सरकार बनाउँछौँ

ओली भन्छन्– कांग्रेसभन्दा अत्यधिक मतले अगाडि हुन्छौँ, एकल बहमुतको सरकार बनाउँछौँ

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसभन्दा अत्याधिक मतले अगाडि हुने दाबी गरेका छन् । सत्तारूढ गठबन्धनको मत सर्वेक्षणले एमालेले कांग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले मत सर्वेक्षण नै गलत रहेको जिकिर गरे ।  सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरूलाई पनि सामेल गरेर सरकार बनाउने पनि दोहोर्‍याए । मुलुकलाई शान्ति, विकास, सुशासन र स्थिरताको बाटोमा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले मात्रै हुने सक्ने बताए ।  "एमाले अहिले कांग्रेसको हाराहारीमा होइन । सानो मार्जिनले होइन । अत्याधिक मार्जिनले कांग्रेस भन्दा अगाडि हुन्छ । एकल बहुमत ल्याउँ...
विनोद चौधरीलाई विजय गराउन विक्रम खनालको आह्वान 

विनोद चौधरीलाई विजय गराउन विक्रम खनालको आह्वान 

राजनीति
नवलपरासी । नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उमेदवार विनोद  चौधरीको विजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरु चुनावी मैदानमा उत्रिन आह्वान गरेका छन् । नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजित पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले यस्तो बताएका हुन् । कांग्रेसका युवा नेता समेत रहेका खनालले आजसम्म पार्टीभित्र केही समस्या रहेको भए पनि अब सबै समस्या समाधान भएकोले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिए । खनालले भने, “विनोद चौधरी पार्टीको उमेदवार  हो पार्टीको उमेदवारलाई बिजय गराउनु हाम्रो कर्तव्य हो यस पटक पार्टीलाई बिजयी गराएर कांग्रेसका सम्पुर्ण कार्यकर्ताले गैरभको अनुभुती  गर्नेछौ  ।”  ...
तस्बिरमा काठमाडाैं-१ का उमेदवार प्रकाशमान सिंहकाे घरदैलाे अभियान

तस्बिरमा काठमाडाैं-१ का उमेदवार प्रकाशमान सिंहकाे घरदैलाे अभियान

राजनीति
काठमाडाैं । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाकाे निर्वाचन नजिकिएसँगै उमेदवारहरू घरदैलाे अभियानमा व्यस्त छन् ।  काठमाडाैं क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमानसिंह साझा उमेदवार बनेका छन् । हेर्नुहाेस्, सिंहकाे घरदैलाे अभियान : ...
हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चलेर म आफैँ चढेर आएँ : ओली

हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चलेर म आफैँ चढेर आएँ : ओली

राजनीति
बलेवा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए ।  सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उनले बताए । एमालेले आगामी मंसिर ४ गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ,” अध्यक्ष ओलीले भने । उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी...
ओलीको पार्टीले जनता झुक्यायो : सञ्चारमन्त्री कार्की

ओलीको पार्टीले जनता झुक्यायो : सञ्चारमन्त्री कार्की

राजनीति
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (एमाले) पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् । शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।  मन्त्री कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको बताए । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीले संविधानले दिएको अधिकार कुण्ठित गर्ने काम गरेको बताए ।  मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनतासामु गरेका वाचा पूरा गर्न छाडेर संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए ।  “हामी जे बोल्छौँ, त्यो गर्छौँ । नेकपा (एमाले) भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन । जे गर्छ, त्यो बोल्दैन । केपी ओली ...